एसिया बाेर्डिङ स्कुल र चन्दननाथ युवा क्बलद्दारा बजार सरसफाई

जुम्ला । एसिया ईन्टरनेस्नल बाेर्डिङ स्कुल र चन्दननाथ यूवाक्लब द्दारा जुम्ला बजार सरसरफाई गरिएकाे छ । शनिवार स्कुलका विधार्थी सहितकाे उपस्थितमा क्लबका खेलाडी,कालेखाेली टाेलका नागरिक,जनप्रतिनिधिकाे सहभागितामा शनिवार विहान सरसफाई गरिएकाे हाे ।

संघियतापछि बढ्दै गएकाे सहरीकरणले जुम्ला सदरमुकाम दुर्गन्धीतबन्दै गएकाे छ । चन्दननाथ नगरपालिकाले प्रभावकारी रुपमा नियमित फाेहाेर व्यवस्थापन गर्न सकेकाे छैन् । व्यापारी हाेटल व्यवसायी पनि फाेहाेर व्यवस्थापनमा चिन्तित देखिदैनन् । जसका कारण बजारकाे फाेहाेर व्यवस्थापनमा कहिले खेलाडी देखि नीजि विधालय सक्रिय भएका छन् ।

शनिवार एसिया बाेर्डिङ स्कुल र चन्दननाथ युवाक्लबकाे आयाेजनामा कालेखाेली लाईन,मुख्य बजार लगायतका ठाउँकाे फाेहाेर उठाईएकाे हाे ।

एसिया बाेर्डिङ स्कुलका सञ्चालक मनाेज बुढाथाेकीमगरले विधालयमा बालबालिका पढाउने मात्र नभई वाताबरणिय सरसफाईलाई पनि जाेड दिने उदेश्यले सरसफाई गरिएकाे बताए ।

उनले भने,”सुन्दर नगर बनाउन सरसफाईमा पहिलाे जाेड दिनुपर्छ । फाेहाेर व्यवस्थापनमा नगरपालिकाले अपेक्षित उपलब्धी गर्न सकेनन् । दक्ष जनशक्ति उत्पादन गर्ने विधालयले सामाजिक हितका लागि पनि काम गर्नुपर्छ भन्ने सन्देश दिन बजार सरसफाई गरेका छाै । आगामी दिनमा पनि आबश्यकता अनुसार सरसफाई गर्ने छाै ।”

विधालयका सञ्चालक मनाेज बुढाथाेकीमगरदेखि उपमेयर अप्सरादेवि न्याैपाने कुच्चाे समातेर फाेहाेर व्यवस्थापन तथा बजार सरसफाईमा जुटेका थिए ।

उपमेयर अप्सरादेवि न्याैपानले फाेहाेर व्यवस्थापनकाे दिर्घकालिन याेजना बनाईरहेकाे बताईन् । तथापी नगरपालिकाकाे नियमित सरसफाई जाेड दिईरहेकाे भन्दै फाेहाेर व्यवस्थापनमा सचेत नागरिकाे सहयाेग पाएकाेमा खुसी व्यक्त गरिन् । उनले फाेहाेर व्यवस्थापनलाइ निरन्तरता दिनुपर्नेमा जाेड दिईन् ।

सरसफाई कार्यक्रममा एसिया इन्टरनेसनल बोर्डिङ स्कुलका प्रीन्सीपल चन्द्र बहादुर महत, वडासदस्य तारा सुनार ,द ग्रेट एप्पल फिट्नेस एन्ड रेस्टुरेन्टका सम्पुर्ण टिम ,कृष्ण बहादुर सुनार, भगवती श्रेष्ठ ,सुनिता श्रेष्ठ, चन्द्र सुनार नवीन न्याैपाने ,नन्द नेपाली ,प्रशान्त श्रेष्ठ , धनराज सुनार , दिपेश कार्की , बिकास भण्डारी लगायत झण्डै ५० जना भन्दा बढी सराेकारवालाकाे सरसफाई कार्यक्रममा सहभागिता रहेकाे फाेटाे पत्रकार अमृतबुढाथाेकि मगरले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस