जुम्लामा एस पार्टी निकट कर्मचारी र शिक्षकको बृहत भेला सम्पन्नः पेशागत सुरक्षामा संगठनको जोड

जुम्ला ।  नेपाल कम्युनिष्ट पार्टी एकिकृत समाजबादी निकट शिक्षक तथा कर्मचारीहरुको बृहत्त भेला जुम्लामा भव्य रुपमा सम्पन्न भएको छ । एकिकृत सरकारी कर्मचारी संगठन र प्रगतीशिल नेपाल राष्ट्यि शिक्षक संगठन स्थापना दिवशको उपलक्ष्यमा पेशागत संगठन जुम्लाद्धारा आयोजित बृहत्त भेला सम्पन्न भएको हो ।

कार्यक्रममा संगठनका केन्द्रिय सचिवाय सदस्य देखि एस पार्टीका केन्द्रिय सदस्य,कर्णाली प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्रीको सहभागिता रहेको थियो । बृहत्त भेलालाई सम्बोधन गर्दै पेशागत संगठनका केन्द्रिय सचिवालय सदस्य रमेश भण्डारीले कर्मचारी र शिक्षकहरुको पेशागत सुरक्षा र हक अधिकार कार्यान्वयनका लागि एकिकृत समाजबादी पार्टीले परिणामुखी काम गर्नु पर्ने बताए । संघिय निजामती सेवा ऐन छिटै ल्याउन जोडदार सरकार संग माग गरिरहेको उनको भनाई छ ।

त्यस्तै एकिकृत समाजबादीका कर्णाली प्रदेश उपाध्यक्ष तथा जुम्ला जिल्ला इन्चार्ज देवीलाल थापाले पार्टीको भरोसा र आशाका रुपमा रहेका शिक्षक कर्मचारीहरुको हक हितका लागि समाजबादी पार्टीले उपलब्धीमुलक काम गर्ने विश्वास दिलाए । आगामी निर्वाचनमा जुम्ला सहित कर्णालीमा समाजबादी पार्टी पहिलो शक्ति बन्ने समेत दाबी गरे ।
त्यस्तै,एसका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेशका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदम रोकायाले शिक्षक र कर्मचारी देशका अब्बल जनशक्ति भएकोले उनिहरुको पेशागत सुरक्षा र अधिकार कार्यान्वयमा पार्टी गम्भीर हुनुपर्ने बताए । दिगो विकास सुशासन पारदर्शिताका लागि पनि नेपालमा समाजबादी पार्टिको विकल्प अरु नभएकोले एस पार्टी निटक कर्मचारी र शिक्षक संगठनले छिटै बैधानिकता पाएकोमा .शुभकामना व्यक्त गरे । केपि ओलीको तानासाह,अंहकार,व्यक्तिबादका कारण पार्टी अलग भएको उल्लेख गरे । कर्णालीमा केपीको पार्टि चोईटिएर गएको समेत उनको भनाई छ ।

उनले भने,“जुम्लामा एक्लै चुनाव लड्दा एमालले निर्वाचन क्षेत्र (ख)मा वडा सदस्य समेत ल्याउदैन् । हाम्रो नेतृत्व सक्षम छ । समाजबादीमा गुटको राजनीति छैन् । पार्टीको हैसियत अनुसारको बागबन्डा नमिलेमा चुनावीलाई गठबन्धन मान्य हुदैन् । तथापी गठबन्धनको विरोधी छैनौ ।” आफ्नो कुनै व्यक्तिगत स्वार्थ नभएकोले आफ्नो कार्यकाल सार्थक हुने पार्टीको नाम हुने गरी मन्त्रालयको जिम्मेबारी पुरा गर्ने मन्त्री रोकायाको प्रतिबद्धता छ ।

एकीकृत सरकारी कर्मचारी संगठनका पुर्वअध्यक्ष जीवन भण्डारीले समाजबादको यात्रालाई सफल बनाउन गाउँगाउँमा लोकतन्त्रको प्रत्याभुति दिलाउन समाजबादी पार्टीको अगुवाई देशमा आबश्यक रहेको बताए ।

उनले भने,“कर्मचारी शिक्षक देश विकासमा खम्बा हुन् । उनिहरुले स्वतन्त्र भएर अघि बढ्न पाउनु पर्छ । आस्थाका आधारमा दललाइ सहयोग गर्न पाउनु पर्छ । आफुले दिने सविा र शिक्षामा पनि राजनीतिकरण हुनु हुदैन् । समाजबादी पार्टीमा जनलहर बढ्दो छ । बौद्धिक नेतृत्व पनि छ । तर चुनाव नजीकीदो अबस्थामा छ । पार्टिलाई अगाडि बढाउने ब्रेन चलाउन आबश्यक देखिन्छ । पार्टीका हात खुटा् बलिया भएपनि ब्रेन कम चलेका उपलब्धी अपेक्षा अनुसार आउदैन् । त्यसैले सबैले जुट्न जरुरी छ ।” समय कम छ अब छिटै गाउँगाउँ समाजबादी मय बनाउन जुट्न समेत पार्टिलाई उहाँको अनुरोध छ ।

समाजबादीलाई गुट विहिन बनाउन हामी लागि पर्नुपर्छ । जुम्लाको पहिलो र शक्तिशाली पार्टि समाजबादि नै हो । चुनावि रणनिति अपानाएर अघि बढ्नपर्ने उनको भनाई छ । पर्छ । संख्यात्मक भन्दा गुणात्मक कार्यकर्ता बृद्धिमा समाजबादी पार्टी बढीरहेको उल्लेख गरे । शिक्षक कर्मचारी दलका कार्यकर्ता नभई सारथीका रुपमा सहयोग गर्ने भण्डारीको भनाई छ ।

एकीकृत राष्टिय सरकारी कर्मचारी संगठनका सचिवालय सदस्य प्रकाश राईले हाल देशमा कर्मचारीहरु संघिय ऐन नभएका कारण हुकुमकै भरमा चलिरहेको बताए । एकीकृत राष्टिय सरकारी कर्मचारी संगठनले संघिय निजामती सेवा ऐन ल्याउन जोडदार माग गरिरहेको उनको भनाई छ ।

उनले भने,तत्काल संघिय निजामति ऐन ल्याउन माग गरेका छौ । कर्मचारी शिक्षकको गुनासो सुनुवाई गर्ने संयन्त्रको विकास गर्न माग गरेका छौ । एस पार्टीले शिक्षक कर्मचारीको बृहत्तर हितमा सबै वकालत गर्ने छ ।

कर्मचारि र शिक्षकहरुकै सहयोग विभिन्नआन्दोलन सफल भएका छन । हामी सेवालाई पहिलो प्रथामकिता राख्न सुझाव छ । शिक्षक हक हितका लागि कर्णालिमा अझै उल्लेखिय काम गर्न दबाब मुलक कार्यक्रम गर्नुपर्ने बताए ।

एकीकृत बुद्दिजिवि परिषदका केन्द्रीय सदस्य प्रकाशचन्द्र खत्रीलेपार्टि गठन भएको एक वर्ष पनि पुगेको अबस्थामा एकीकृत समाजबादीमा बढ्दो जनलहरले पार्टिमा उत्साह थपिएको बताए । केपि ओलीको अंहकारको विरद्दमा समाजवादिको उदय भएको हो । शिक्षक,कर्मचारी देखि गाउँगाउँमा समाजबादीमा जनलहर बढिरहेको छ । जबजको सिदान्तलाई स्थापित गर्नका लागि विभिन्न भातृ संगठन जुट्नु पर्छ । हाम्रो व्यवहार आचरणमा भनाई र गराईमा फरक देखिएन भने पार्टीमा समस्या आउने खत्रीले बताए । कर्मचारी शिक्षकलाई प्रयोग गर्ने मात्र नभई पेशागत सुरक्षाका लागि अघि बढ्न समेत नेतालाई सुझाव दिए ।

शिक्षक संगठनका केन्द्रीय उपाध्यक्ष जाज्वल्यराज न्यौपाने,केन्द्रिय सदस्य मान बहादुर रोकाया, कर्मचारी संगठनका केन्द्रिय सदस्य कमला धराला,सचिवालय सदस्य प्रेमजंग शाही लगायतका बक्ताले एकिकृत सरकारी कर्मचारी संगठन र प्रगतीशिल नेपाल राष्ट्यि शिक्षक संगठन देशकै अब्बल कर्मचारी र शिक्षक गठनन भएकाले पार्टीले कर्मचारी शिक्षकको हक अधिकार कार्यान्वयनमा जोड दिन सुझाब दिए ।
कार्यक्रममा झण्डै एक हजारबढी शिक्षक कर्मचारीहरुको सहभागिता थियो ।

प्रतिक्रिया दिनुहोस