हल्ला फिजाए जस्तो नेपालको अर्थतन्त्र संकटमा छैन्ःमुख्यमन्त्री शाही

जुम्ला । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले हल्ला फैलाए जस्तो नेपालको अर्थतन्त्र संंकटमा नपरेको बताए । अर्थतन्त्रका अधिकांश सुचकहरु नकरात्मक हुदैँ जानु,राष्ट् बैंक र अर्थमन्त्रालय बीच बिवाद चुलिनु,गभर्नर माथि ठाडो हस्तक्षेप हुनु लगायतका केही कारणले अर्थतन्त्रबारे सवाल उठेको साँचो हो ।

मुख्यमन्त्री शाहीले भने,“देशको अर्थतन्त्र बिग्रिनै थालेपछि हो भने,सबै एकजुट भएर लाग्नु पर्ने हो । तर यो स्थिती देखिएन् । अर्थतन्त्रबारे फिजाइएका हल्ला जस्तो मुलुकको अर्थतन्त्र संकटमा छैन् । कर्णालीमा आर्थिक संकटको कुनै प्रभाव पनि छैन् ।”

कोभिडपछि आर्थिक चलायमान अपेक्षाकृत नभएको साँचो हो । तर श्रीलंकाकै स्थितीमा नेपाली अर्थतन्त्र पुगेको कुनै आधिकारी तथ्यांक छैन् । साथै कर्णालीमा आर्थिक संकट नआवस,व्ययभार कम होस भन्नका लागि आफुले सरकारी खर्चको हेलिकप्टर एक पटक पनि नचढेको,काम बाहेक सरकारी गाडी पनि प्रयोग नगरेको जानकारी दिए ।
खेलकुद पूर्वाधार निर्माणमा जोड
जुम्लामा अलपत्र रहेका खेलकुद पूर्वाधार निर्माणलाई चाडै अघि बढाईने बताउनु भएको छ । पातारासीमा रहेको हाइल्टीच्युट टेर्निङ सेन्टर,भलिबल प्याराफिट लगायत एक पालिका एक खेल मैदान लगायतका खेलकुद पूर्वाधार निर्माणलाई अघि बढाईने बताए ।

तेस्रो जुम्ला–रारा अल्ट्रा म्याराथनको उदघाटन संगै चार दिने जुम्ला भ्रमण सकेर फर्किने क्रममा पत्रकार सम्मेलनमा बोल्दै मुख्यमन्त्री शाहीले खेलकुदका माध्यमबाट कर्णालीको पर्यटन प्रर्बद्धन गर्न सकिने प्रसस्त सम्भावना रहेकोले जुम्ला–रारा अल्ट्रा म्याराथनको निरन्तरता,अलपत्र खेलकुद पूर्वाधार निर्माणको सुनिश्चिता,कर्णालीमा नियमित सेडुल फलाईट व्यवस्थापन लगायतका विषयमा परिणाममुखी पहल थाल्ने आश्वासन दिए ।

अल्ट्रा म्याराथन जस्ता साहसीक खेलहरुले कर्णालीको पर्यटन प्रर्बद्धनमा टेवा पुग्ने भएकोले नियमित अभ्यासका लागि पातारासीको हाइल्टीच्युट टेर्निङलाई तत्तकाल अघि बढाउन पहल गर्ने बताउनुभयो । हाइल्टीच्युट टेर्निङ सन्ेटरको स्थलगत अनुगमन पनि गरेको तत्काल गर्न सकिने निर्माणलाई बढाईने उनको भनाई छ ।

साथै, कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले कर्णालीको विकास खर्च ८० प्रतिशत हुने दाबी गरेका छन् । विकास निर्माणका काम सम्पन्न भएर पनि भुक्तानी लिन बाँकी रहेकोले खर्च प्रतिशत कम देखिएको भन्दै दोस्रो चौमासिक सम्म विकास खर्च झण्डै १८ प्रतिशत भएको बताए ।

उनले भने,“दोस्रो चौमासिक सम्म विकास खर्च १८ प्रतिशत भएको छ । कामरु धमाधम भईरहेका छन् । भुक्तानी नपाएर लेखाजोखा नभएको हो । मिडियामा आएको ९ प्रतिशत विकास खर्चको तथ्य गलत छ । आगामी जेठ मसान्तम सम्म कर्णालीको पुजिगत खर्च ७५ देखि ८० प्रतिशत हुन्छ ।”

प्रक्रियागत ढिलाईका कारण काम गरेर पनि भुक्तानी नपाएका कारण विकास खर्च कम देखिएको हो । हाम्रो लक्ष्य अनुसार ७५ देखि ८० प्रतिशत सम्म विकास खर्च हुने मुख्यमन्त्री शाहीको भनाई छ ।

साथै मुख्यमन्त्री समक्ष नेपाल पत्रकार महासंघ जुम्लाको टोलीले विभिन्न माग सहितको पत्र हस्तान्तरण समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस