आकांक्षी जुम्लाका जनप्रतिनिधिले दिए राजीनामा


जुम्ला ः आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा विभिन्न पदमा आकांक्षी जनप्रतिनिधिले राजीनामा दिएका छन् । स्थानीय तहको मननोयन दर्ता गर्ने दिन नजिकिदै गएपछि उनीहरुले राजीनामा दिएका हुन् ।
गुठीचौर गाउँपाकिा १ का वडाध्यक्ष गणेश ऐडीले पदबाट राजीनामा दिएका हुन् । २०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष ऐडी अहिले नेकपा समाजवादी पार्टीमा आवद्ध छन् । उनी पुन वडाध्यक्षमै लड्नका लागि पदबाट राजीनामा दिएका हुन् ।
यस्तै कार्यपालिका सदस्य जनक थकाली, वडासदस्य प्रेम लामा र पदमराज गिरीले पनि राजीनामा दिएको प्रमुख प्रशासकीय अधिकृत मदन देवकोटाले बताए । कार्यपालिका सदस्यबाट राजीनामा दिएका थकाली नेकपा समाजबादी पार्टीबाट गुठीचौर गाउँपालिका अध्यक्ष पदमा लड्ने भएका छन् । गाउँपालिका अध्यक्षका लागि वडा कमिटिबाट निर्णय भएर आएको छ, पार्टीले निर्णय गर्न बाँकी रहेको पार्टी अध्यक्ष तिर्थ बुढाले बताए ।
पातारासी गाउँपालिका २ का वडाध्यक्ष पुन्न बोहराले पनि पदबाट राजीनामा दिएको गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विष्णु धितालले बताए । पदबाट राजीनामा दिएका बोहराले पुन ः वडाध्यक्ष पदमै लड्नका लागि राजीनामा दिएको बताए । उनले अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा माओवादी केन्द्रबाट वडाध्यक्षमा निर्वाचित भएको हो ।
सिंजा गाउँपालिका – १ का वडाध्यक्ष रणबहादुर रोकायाले पदबाट राजीनामा दिएको गाउँपालिका अध्यक्ष देवलसिंह रावलले बताए । उनले भने त्यसै गरी ४ नम्बर वडाध्यक्ष धनबहादुर बुढा र वडासदस्य जक्तीराम बुढाले पदबाट राजीनामा दिएको हुन् । वडाध्यक्ष रोकाया नेमकिपा र बुढा एमालेबाट निर्वाचित भएका हुन् ।
वडाध्यक्षबाट राजीनामा दिएका रोकायाले गाउँपालिका अध्यक्षमा लड्ने पार्टीमा दावी गरेको बताए । उनले भने गाउँपालिका अध्यक्षमा दावी गर्ने मसहित ३ जना छौँ । पहिलो नम्बरमा मेरै नाम सिफारिस भएको छ ।
तातोपानी गाउँपालिका – ३ का वडाध्यक्ष डिल्ली रावल र गाउँकार्यपालिका सदस्य आदिप्रसाद न्यौपानेले पदबाट राजीनामा दिएको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले बताए । उनले भने कार्यपालिका सदस्य न्यौपानेको राजीनामा स्वीकृत भईसकेको छ वडाध्यक्ष रावलको भने स्वीकृत गर्न बाँकी रहेको छ ।
यस्तै चन्दननाथ नगरपालिका – ६ का वडाध्यक्ष अजबहादुर रावल, कार्यपालिका सदस्य चन्द्रवति उपाध्याय, वडासदस्य भिमबहादुर रावत र बलबहादुर शाहीले पदबाट राजीनामा दिएको नगरप्रमुख कान्तिका सेजुवालले बताइन् ।
वडाध्यक्षबाट राजीनामा दिएका रावलले भने पार्टीले जिम्मेवारी दिएपछि पुन ः चुनाव लड्ने अपेक्षा गरेको छु । ०७४ को स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित रावल अहिले नेकपा समाजबादी पार्टीमा आवद्ध छन् ।

प्रतिक्रिया दिनुहोस