कार्यकाल सकिन १ महिना अगाडि ताताेपानीका अध्यक्ष न्याैपानेले गरे गाडि फिर्ता

जुम्ला । जुम्लाको तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले प्रयाेग गर्दै आएकाे गाडी गाउँपालिकालाई गाडि फिर्ता गरेका छन् ।
पाँच वर्षे कार्यकाल सकिन करिब १ महिना बाँकि रहँदा अध्यक्ष न्याैपानले शुक्रबार पालिकालाई गाडी हस्तान्तरण गरेकाे ताताेपानी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापाले बताए ।
उनका अनुसार अध्यक्ष न्याैपानेले उक्त गाडि विगत दुई वर्षदेखि प्रयाेग गर्दै आएका थिए । शुक्रबार कार्यालयलाई गाडि बुझाएका हुन् ।
अबकाे एक महिना उक्त गाडि निर्वाचन प्रायाेजनका लागि पालिकामा स्थापना भएकाे निर्वाचन अधिकृतकाे कार्यालयले प्रयाेग गर्ने प्रमुख प्रशासकिय अधिकृत बुढथापाकाे भनाई छ ।

प्रमुख प्रशासकीय अधिकृत मिलन बुढ्थापाका अनुसार शुक्रवार अध्यक्ष न्यौपानेले कार्यालयमा गाडि बुझाउनु भएको र सो गाडि एक महिना निर्वाचन अधिकृतको कार्यालयमा प्रयोग हुने भएको छ ।

अध्यक्ष न्यौपानेले भने,”अव करिब एक महिना छ । कार्यालयलाई बुझाउनु नैतिक दायित्व पनि हाे । धेरै जसो सरकारि गाडिहरु निर्वाचनको मुखैमा पनि राजनितिक कार्यक्रममा प्रयोग हुने गरेको पाईन्छन । त्यसैले पनि समयमै कार्यालयलाई फिर्ता गर्दा ठिकै होला जस्तो लागेर फिर्ता गरे ।”

 

प्रतिक्रिया दिनुहोस