भागबन्डा नमिलेपछि टुट्यो जुम्लामा गठवन्धन

बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजबादी पार्टी बीच गठवन्धन नहुने भएको छ । तीन पार्टी बीच भागवन्डा नमिलेपछि जुम्लामा गठवन्धन नहुने भएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष विरबहादुर कुवँरका अनुसार प्रदेश गठवन्धनले पाएको निर्णय अनुसार हामीले स्वागत गरेका हौँ । उनले भने प्रदेशको निर्णय समाजवादी पार्टीले अस्वीकार गरेपछि गठवन्धन टुटेको हो । काँग्रेसले पनि हामी एक्लै चुनाव लड्ने भने पछि गठवन्धन नहुने देखिएको उनले बताए । मननोयन दर्ता गर्ने समय भईसक्यो । पार्टीहरु बीच एक आपसमा नमिने कुरा आएपनि अव तीन पार्टी एकला एक्लै चुनाव लड्ने भएका हुन ।
नेकपा समाजवादी पार्टी अध्यक्ष तिर्थ बुढाका अनुसार गठवन्धनमा हाम्रो पार्टीलाई तिला र सिंजा गाउँपालिकामा अध्यक्ष लड्ने भनेपछि हामीले प्रदेशको निर्णय अस्वीकार गरेका हौँ । हामीले गुठीचौर र हिमा गाउँपालिका मागेका हौँ तर उनीहरुले दिन नमाने भएपछि गठवन्धन नहुने भएको हो ।
नेपाली काँग्रेस पार्टीका पुर्वी जिल्ला सभापति दीपबहादुर शाहीले तीन पार्टीमा भागवन्डा नमिल्दा आजदेखि गठवन्धन टुटेको बताए । उनले भने मनोनयन दर्ता गर्न बेला भईसक्यो । सयम पनि छोटो छ । अव गठवन्धन हुदैन ।
यस्तो छ २०७४ मा जुम्लामा स्थानीय तहको निर्वाचन परिणाम
चन्दनाथ नगरपालिका ः नेपाली कांग्रेसबाट चन्दनाथ नगरपालिकामा मेयरको उम्मेदवार बनेकी कान्तिका सेजुवालले दुई हजार आठ सय ६ मत प्राप्त गरी निर्वाचित भएकी थिइन्। एमालेका शान्तिलाल महतले दुई हजार ६६ र माओवादीका अशोककुमार श्रेष्ठले दुई हजार १५ मत प्राप्त गरेका थिए । उपमेयरमा माओवादी केन्द्रका अप्सरादेवी न्यौपाने (महत) दुई हजार १८ मत ल्याएर निर्वाचित भएकी थिइन्। यस्तै, नेपाली कांग्रेसका जगतबहादुर खत्रीले एक हजार सात सय ७४, एमालेका मेनुका रेग्मी (चौलागाई)ले एक हजार सात सय १०, नेमकिपाका धनञ्जय फडेराले पाँच सय ७४ मत प्राप्त गरेका थिए ।

कनकासुन्दरी गाउँपालिका ः कांग्रेसका नरवीर रावत दुई हजार एक सय १३ मतका साथ अध्यक्षमा निर्वाचित भएका थिए। माओवादीका राजजंग हमालले एक हजार आठ सय चार ४ र एमालेका गोपाल रोकायाले एक हजार तीन सय ५० मत ल्याएका थिए। उपाध्यक्षमा पनि कांग्रेसकै उर्मिला खत्रीले एक हजार नो सय ४१ मत ल्याएर निर्वाचित भएकी थिइन्। माओवादी केन्द्रकी मिमसरा रानाले एक हजार चार सय ३१ र एमालेकी सुशीला बडुवालले एक हजार सात मत ल्याएकी थिइन्।
गुठीचौर गाउँपालिका ः यस पालिकाको अध्यक्षमा माओवादीका हरिबहादुर भण्डारीले एक हजार पाँच सय ९६ मतसहित निर्वाचित हुँदा एमालेका क्षेत्रबहादुर भण्डारीले एक हजार चार सय ६७ र कांग्रेसका दानबहादुर बुढाले ६ सय ७९ मत ल्याएका थिए। उपाध्यक्षमा माओवादीकी जानदेवी ऐडीले एक हजार पाँच सय ८५ मत ल्याएर निर्वाचित हुँदा एमालेकी धनरूपा बुढाले एक हजार तीन सय ६५ र कांग्रेसकी सुमन बुढा बस्नेतले पाँच सय ३७ मत प्राप्त गरेकी थिइन्।
तातोपानी गाउँपालिका ः यो गाउँपालिकाको अध्यक्षमा माओवादीका नवराज न्यौपाने दुई हजार तीन सय ९१ मत ल्याएर निर्वाचित हुँदा एमालेका सुरतबहादुर शाहीले दुई हजार ७० मत पाएका थिए। उपाध्यक्षमा माओवादीकी गंगादेवी उपाध्यायले एक हजार नो सय ६४ मत ल्याएर निर्वाचित हुँदा एमालेकी नारायणी चौलागाईंले एक हजार नौ सय ६, कांग्रेसका कर्ण कठायतले आठ सय ८१ मत ल्याएका थिए। यो पालिकामा तत्कालीन नयाँ शक्ति पार्टी र नेमकिपाको पनि केही प्रभाव छ।
तिला गाउँपालिका ः यो गाउँपालिकाको अध्यक्षमा एमालेका रतननाथ योगी एक हजार सात सय ६८ मत ल्याएर निर्वाचित हुँदा माओवादीका जंगबहादुर बस्नेतले एक हजार सात सय ४४ र कांग्रेसका कल्से रावतले एक हजार पाँच सय ५५ मत प्राप्त गरेका थिए। उपाध्यक्षमा भने माओवादीकी विष्णुमाया बुढा एक हजार सात सय ७४ मतसहित निर्वाचित हुँदा एमालेकी विष्णुकली रावतले एक हजार ६ सय १३ र कांग्रेसकी डिल्लीकुमारी हमालले एक हजार ६ सय तीन मत ल्याएकी थिइन्। यहाँ नेमकिपा चौथो स्थानमा छ।

पातारासी गाउँपालिका ः यो पालिकाको अध्यक्षमा कांग्रेसका लक्षीमन बोहरा दुई हजार तीन सय ११ मत ल्याएर निर्वाचित हुँदा माओवादीका गौरी बुढाले एक हजार नौ सय २२ र एमालेका हंसबहादुर रोकायले पाँच सय ७० मत मात्र प्राप्त गरेका थिए। उपाध्यक्षमा पुन्नकली महतराले दुई हजार सात मत प्राप्त गरेर विजयी हुँदा माओवादी केन्द्रकी जनमाया रोकायाले एक हजार आठ सय ५५ मत र एमालेकी रम्बा भण्डारीले आठ सय ६७ मत प्राप्त गरेकी थिइन्।
सिँजा गाउँपालिका ः यो पालिकाको अध्यक्षमा कांग्रेसका देवलसिंह रावल एक हजार चार सय ३० मत ल्याएर निर्वाचित हुँदा नेमकिपाका पूर्ण धितालले एक हजार दुई सय तीन, माओवादी केन्द्रका हिम्मत खत्रीले एक हजार एक सय ६३ र एमालेका नन्दराम रोकायाले एक हजार एक सय ४० मत ल्याएका थिए। उपाध्यक्षमा एमालेकी जन्मकन्या खत्रीले एक हजार पाँच सय चार मत ल्याएर निर्वाचित हुँदा कांग्रेसकी रजकन्या शाहीले एक हजार एक सय ६५, माओवादीकी सितली रोकायाले एक हजार एक सय ४५ र नेमकिपाकी कृष्णमाया शाहीले आठ सय ७९ मत प्राप्त गरेका थिए।
हिमा गाउँपालिका ः यस गाउँपालिका अध्यक्षमा नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच कडा प्रतिस्पर्धा भएको थियो। माओवादीका रजबहादुर शाहीले तीन मतले एमालेका उम्मेदवारलाई हराएका थिए। शाहीले एक हजार तीन सय १७ मत ल्याएर निर्वाचित हुँदा एमालेका भैबहादुर रोकायाले एक हजार तीन सय १४ मत ल्याएका थिए। अध्यक्षमै कांग्रेसका लक्ष्मणबहादुर शाहीले एक हजार दुई सय २२ मत पाएका थिए। उपाध्यक्षमा पनि माओवादीकै हिमाली रोकायाले एक हजार तीन सय २७ मत ल्याएर निर्वाचित हुँदा एमालेकी चुक्की शाही एक हजार एक हजार एक सय ८५, कांग्रेसकी सुर्पना शाहीले एक हजार एक सय २५ र नेमकिपाका विर्षबहादुर रावतले दुई सय ६६ मत ल्याएका थिए।

 

प्रतिक्रिया दिनुहोस