ताताेपानीका ७० जनाकाे अपांगता परिक्षण :२ काे शल्यक्रिया र १८ जनाकाे फिजिओथेरापि गरिने

जुम्ला  । ताताेपानी गाउँपालिकाका ७० जना नागरिककाे शारीरिक अपांगता परिक्षण गरिएकाे छ । अपाङ्ग बाल मैत्री अस्पताल बनेपा र तातोपानी गाउँपालिकाको साझेदारीमा पालिकामै ७० जनाकाे शारीरिक अपांगता परिक्षण गरिएकाे हाे । जसमध्य २० जना १८ वर्ष मुनिका बालबालिकाकाे शारीरिक परिक्षण गरिएकाे छ ।

शारीरिक परिक्षण गरिएका ७० जना मध्य १८ जनाकाे फिजिओथेरापी गर्नु पर्ने महिला तथा बालबालिका शाखा प्रमुख शान्ति भक्रि सेजुवालले बताईन् । उनका अनुसार अन्य २ जनाकाे शल्यक्रिया गर्नुपर्ने समस्या पत्ता लागेकाे छ । ११ जनालाई परामर्श दिईएकाे छ । भने, २८ जनालाई राेग निकाे हुने ओैषधी वितरण गरिएकाे प्रमुख सेजुवालले जानकारी दिईन् ।

पालिकाले गाउँमै परिक्षण शिविर सञ्चालन गरेपछि स्थानीयलाई राहत भएकाे छ । गाउँमै अपंगता परिक्षण गरि समस्या भएकालाई उपचारमा सहजीकरण गर्ने तथा सरकारबाट उपलब्ध हुने भत्ता दिनका लागि शिविरकाे आयाेजना गरिएकाे गाउँपालिका अध्यक्ष नवराज न्याैपानेले बताए ।

शारीरिक अपाङ्गता परिक्षण घुम्ती शिविरले अपंगता भएका व्यक्तिकाे समस्या पत्ता लगाउन तथा उचार र राहतमा सहज हुने अध्यक्ष न्याेैपानेकाे भनाई छ ।

अपांग बालमैत्री अस्पताल बनेपा संगकाे सहकार्यमा ताताेपानीले स्थानीय नागरिककाे राहतका लागि अपांगता परिक्षण शिविर संचालन गरिएकाे प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापाले बताए ।

उनले भने,”शिविरबाट परिक्षण गरिएका ३५ जनाकाे क देखि घ सम्मकाे वर्ग छुटाउन बाँकि छ । त्यसपश्चात वर्ग अनुसार अपंगता भएका व्यक्ति कार्ड बनाईने र भत्ता उपलब्ध गराउँछाै ।” गाउँमै अपांगता परिक्षण गराउन पाउँदा स्थानियबासी खुसी छन् ।

जिल्लाका आठ पालिकामध्य ताताेपानी गाउँपालिकाले पछिल्लाे समय जनमुखि कामलाइ प्रथामिकता दिएर अघि बढि रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस