पिपिएसपी कर्णालीकाे दाेस्राे क्याम्प सम्पन्न:१२ जना युवायूवती सांसदकाे ज्ञान सहायक बन्ने

जुम्ला । कर्णाली प्रदेशका १२ जना युवायुवतीहरुले प्रदेश सांसदका ज्ञान सहायक रुपमा काम गर्ने भएका छन् । नागरिककाे आबश्यक पहिचान गरि नीति बनाउन,आबश्यकमुखि विकास गर्न,शिक्षा,स्वास्थ्य पूर्वाधार विकास र पर्यटन क्षेत्रकाे न्यायाेचित विकासलाई अघि बढाउन सांसदलाई सहयाेग गर्ने उदेश्यले १२ जना युवाले ज्ञान सहायक पदका रुपमा काम गर्ने भएका हुन् । कर्णालीकाे आर्थिक विकास तथा खाेज अनुसन्धानमा ज्ञान सहायक यूवा केन्द्रित हुने छन् ।

पुर्व व्यवसायीक संसदीय सहयाेग कार्यक्रमकाे पहिलाे क्याम्पमा ५० जना सहभागी थिए । जस मध्यबाट दाेस्राे क्याम्पका लागि २५ जना छनाेट भएका थिए ।

छनाेट भएका २५ जना युवा युवतीका लागि कर्णाली प्रदेशकाे राजधानी सुर्खेतमा आयाेजित पुर्व व्यवसायीक संसदीय सहयाेग कार्यक्रमकाे ५ दिने दाेस्राे क्याम्प सम्पन्न भएकाे छ ।

यूवालाई कर्णालीकाे खाेज अनुसन्धान,आर्थिक विकास,नीति निर्माण प्रकिया,विधेयक मस्याैदा,प्रक्रिया,कानुन निर्माणमा युवा सहभागिता,राजश्व परिचालन,आधारभुत सार्वजानिक नीति,कर्णालीकाे आर्थिक अबस्था,प्रविधि प्रयाेग लगायतका विषयमा युवालाई प्रशिक्षण गराईएकाे ऋति फाउन्डेशन सुर्खेतका कार्यकारी निर्देशक दिनेश गाैतमले बताउनुभयाे ।

उहाँका अनुसार दाेस्राे क्याम्पमा सहभागी २५ जना मध्यबाट तेस्राे क्याम्प अर्थात सांसदकाे ज्ञान सहायक पदका लागि १२ जना छनाेट हुने छन् ।

आगामी एक महिना भित्र तेस्राे क्याम्प आयाेजना गरी फाईनलमा पुगेका १२ जनालाई सांसद सहायक पदका रुपमा काम गर्न प्रदेश संसदमा पठाईने कार्यकारी निर्देशक गाैतमकाे भनाई छ ।

युवामैत्री नीति निर्माण तथा सांसदहरुलाई जनता प्रति थप उत्तरदायि बनाउन सल्लाह दिन युवालाई सांसदका ज्ञान सहायक बनाउन लागिएकाे हाे ।

अमेरिकन एम्बेसीकाे सहयाेग पाेखरा रिर्सच सेन्टर र ऋति फाउन्डेसनकाे सहकार्यमा पहिलाे पटक कर्णालीमा पुर्व व्यवसायीक संसदीय सहयाेग कार्यक्रमकाे आयाेजना गरिएकाे हाे । यश अघि पाेखरा रिर्सच सेन्टरले गण्डकी प्रदेशमा पुर्व व्यवसायीक संसदीय सहयाेग कार्यक्रमक गरि १२ जना युवालाइ ज्ञान सहायकका रुपमा संसदमा काम गर्न पठाई सकेकाे छ ।

ज्ञान सहायककाे सहयाेगले प्रदेश सांसदहरुले गर्ने कामहरू दैनिक कार्य सम्पादन,नीति निर्माण लगायतका कुरामा सहज हुने कर्णाली प्रदेशका उपसभामुख पुष्षा घर्ती विष्टकाे अपेक्षा छ । यूवालाई नीति निर्माणमा सहभागी गराउन तथा नमुना प्रदेश बनाउा पुर्व व्यवसायीक संसदीय सहयाेग कार्यक्रम (पिपिएसपी) काेशेढुंगा बन्ने आशा गरिएकाे उपसभामुख घर्ती विष्टकाे भनाई छ ।

प्रतिक्रिया दिनुहोस