सडक अतिक्रमण हटाउन छुट्टै बजेट नहुँदा समस्या

जुम्ला । जुम्लामा पहिलो चरणको सडक अतिक्रमण हटाउने काम सकिएको सडक डिभिजन जुम्लाले जनाएको छ । पहिलो चरणमा कर्णाली राजमार्गको जुम्ला खण्डको तातोपानी र सदरमुकाम क्षेत्रमा अतिक्रमण हटाएको हो ।

जस अन्तर्गत सदरमुकाम क्षेत्रमा स्थानीयले अटेरी गरेपछि सडक डिभिजनले बल प्रयोग गरेर पक्की,कच्चि गरि २४ वटा संचरना भत्काईएको थियो । तर तातोपानी क्षेत्रमा अतिक्रमण हटाउन १५ दिने सूचना जारी गर्दा स्थानीयले आफ हटाएको सडक डिभिजन जुम्लाका प्रमुख राजिव श्रेष्ठले बताउनुभयो । सडक अतिक्रमण गरि बनाईएका तातोपानीका करिब २८ वटा संरचना स्थानिय आफै हटाएका छन् ।

प्रमुख श्रेष्ठले भने,“अतिक्रमण हटाउन छुट्टै बजेट नहुँदा समस्या भएको छ । धेरै ठाउँको अतिक्रमण हटाउन बाँकि छ । तर बजेट छैन् । संरचना भत्काउदा ईन्धन खर्च,किताकाँट गर्न नस्का हेर्न नापीका कर्मचारीको खर्च व्यवस्थापन गर्न मुस्किल छ । कार्यालयको आन्तरिक खर्चले अतिक्रमण हटाउन सम्भव छैन् ।”

दोस्रो चरणको अतिक्रमण हटाउने कार्य पनि चाडै शुरु हुने छ । समयसिमा दिएको समय भन्दा अघिपछिका कुनै पनि बाहना मान्य नमान्ने सडकको आफ्नो क्षेत्र बल प्रयोग गरेर भएपनिल खालि गराईने प्रमुख श्रेष्ठको भनाई छ ।

अतिक्रमण हटाईएको क्षेत्रमा छेउमा स्टिलको क्रसब्यारिएर राखिने छ । भने,एकतर्फि नाला तथा फुटपाथ निर्माण गरिने भएको छ । सडकलाई सुन्दर,फराकिलो बनाउन सक्ने सम्भावना भएपनि अतिक्रमण हटाउने बजेट नहुँदा समस्या छ । आन्तरिक खर्चले धान्ने अबस्था छैन् । बजेट माग गरेका छौ । तातोपानी क्षेत्रलाई पनि नाग्म बजार जस्तै चिटिक्क बनाईने योजना छ ।

 

प्रतिक्रिया दिनुहोस