जुम्लाको चन्दननाथमा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतको अग्रता


जुम्ला ः जुम्लाको एक मात्र चन्दननाथ नगरपालिकामा स्वतन्त्र उम्मेदवार राजुसिंह कठायतले अग्रता लिएका छन् ।
चन्दननाथ नगरपालिका – १ वडामा खसेको ९ सय ४७ मत मध्ये ७ सय ५१ मत गणना हुँदा नगर प्रमुख पदका स्वतन्त्र उम्मेदवार कठायतले ३०१ मत प्राप्त गरेका छन् भने नेपाली काँग्रेसका नगरप्रमुख पदका उम्मेदवार पदमबहादुर शाहीले १४१ मत प्राप्त गरेका छन् । यस्तै नगरप्रमुख पदकै उम्मेदवार माओवादी केन्द्रका जीवनबहादुर बुढ्थापाले १३५ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृतको कार्यालय जुम्लाले जनाएको छ । नगरप्रमुख पदका उम्मेदवार नेकपा एमालेका धर्मेन्द्र रोकायाको ८७ मत रहेको छ ।
नगर उपप्रमुखमा भने नेपाली काँग्रेसकी रामदेवि खड्का खग्रता देखिएको छ । खड्काले २४८ मत प्राप्त गरेकी छन् भने माओवादी केन्द्रकी पूर्णिमा विकले १७३ मत, एमालेकी मेनका रेग्मीले १०९ मत र समाजवादीका भीम थापाले ९८ प्राप्त गरेका गरेका छन् ।
चन्दननाथ नगरपालिका १० वडामा विभाजित छ । मत गणना कार्य नगरपालिकाको १ नम्बर वडाबाट सुरु गरिएको हो । १ नम्बर वडाको वडाध्यक्षमा नेपाली काँग्रेसका तिलकप्रसाद न्यौपालेले २३१ मत प्राप्त गरेका छन् भने माओवादी केन्द्रका राजबहादुर भक्रीले १९४ र एमालेका अमृतकृष्ण आचार्यले १८४ मत प्राप्त गरेको जनाएको छ । १९६ मत गणना गर्न बाँकी रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस