जुम्लामा समाजवादीले खाता खोल्यो, हिमा २ मा राजेन्द्र रोकाया विजयी

जुम्ला ः जुम्लाको हिमा गाउँपालिकाबाट समाजवादी पार्टीले वडाध्यक्षमा विजयी गर्दै खाता खोलेको छ । वडाध्यक्षका प्रत्यासी नेपाली काँग्रेसलाई पराजय गर्दै १६६ मत प्राप्त गरी हिमा गाउँपालिका २ को वडाध्यक्षमा नेकपा समाजवादीका राजेन्द्र रोकाया विजयी भएका छन् ।
यस्तै काँग्रेसका उम्मेदवारले १११ मत प्राप्त गरी पराजय भएका छन् भने एमालेका उम्मेदवारले १ सय मत र माओवादीका उम्मेदवारले ७९ मत प्राप्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस