जुम्लाकाे गुठिचाैरमा अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा समाजबादि विजयी

जुम्ला । जुम्लाको गुठिचौर गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दानबहादुर बुढा विजयी भएका छन् । निर्वाचित बुढाले  १७७५ मत ल्याएर विजयी भएका हुन् । उहाँका प्रत्यासी एकीकृत समाजवादीका जनक थकाली पारजित भएका छन्।  समाजवादीका थकालीले १६०४ मत ल्याउनु भएकाे थियाे ।

यस्तै, उपाध्यक्षमा भने एकीकृत समाजवादीका शान्ति कुमारी मल्ल भण्डारी विजयी हुनु भएकाे छ । । भण्डारीले १५०३ मत ल्याउँदा उहाँकी  निकटतम प्रतिस्पर्धी माओवादीकी राजकन्य बुढाले १२१४ मत ल्याउनु भएकाे निर्वाचन अधिकृतकाे कार्यालय गुठिचाैर जनाएकाे छ ।

गुठिचौरमा २०७४ सालमा नेकपा मा‌ओवादी  केन्द्रका हरिबहादुर भण्डारी अध्यक्ष र जानदेवी ऐडि उपाध्यक्षमा निर्वाचित भएका थिए । यसपटक भने माओवादी तेस्रो भएको छ ।
गुठिचौरको नतिजना आएसँगै जुम्लाका सबै पालिकाको मतगणना सकिएको छ । भने जेठ ६ गते शुक्रबार निर्वाचित ८ स्थानीय तहका प्रमुखकाे सपथ ग्रहण कार्यक्रम रहेकाे मुख्य निर्वाचन अधिकृतकाे कार्यालले जानकारी दिएकाे छ ।

प्रतिक्रिया दिनुहोस