महासंघका अध्यक्ष शाहीद्धारा जन्मदिनमा ११,१११ रुपैया प्रदान

जुम्ला । नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले आफ्नो जन्मदिनको अबसरमा नगद प्रदान गरेका छन् । आफ्नो ३९ औँ जन्मदिनको अबसरमा अध्यक्ष शाहीले पत्रकार महासंघलाई ११,१११ रुपैया प्रदान गरेका हुन् ।

पत्रकारहरुको लेखन बृद्धि तथा महासंघलाई योगदान पुराउने पत्रकारहरुका लागि पुरस्कार कोष स्थापना गर्न अध्यक्ष शाहीले ११,१११ रुपैयाको चेक हस्तान्तरण गरेको पत्रकार महासंघ जुम्लाका सचिव मानदत्त रावलले बताए ।

महासंघबाट रकम थप गरेर पत्रकारिता पुरस्कार कोषको स्थापना गरिने रावलको भनाई छ । महासंघका अध्यक्ष नेत्रबहादुर शाहीले जन्मदिनमा केक काट्ने,पार्टी खाने फजुल खर्च गर्नु भन्दा सामाजिक हितका लागि केहि नयाँ काम गरौ सन्देश दिउँ भन्ने मनसायले महासंघलाई सानो सहयोग गरेको बताए ।

जुम्लामा जुर्मुराउदै गरेका पत्रकारहरुलाई प्रोत्साहन गर्न तथा महासंघलाई कठिन समयमा सहयोग गर्ने पत्रकारलाई पुरुस्कृत गर्नका लागि पत्रकारिता कोषको स्थापना गर्न लागिएको हो ।

निकट भविष्यमै महासंघले पत्रकारिता पुरस्कारको घोषणा गर्ने तयारी गरिरहेको छ । उनले भने,“पत्रकारकै हित र पेशामा उत्साह थप्ने मनसायले पुरस्कार कोष घोषणाका लागि आफ्नो व्यक्तिगत सहयोग गरेको छु । पत्रकारहरुको सर्वपक्षिय हितमा काम गर्न जुटिरहेका छौ । सबैको साथ सहयोगको अपेक्षा छ ।”

प्रतिक्रिया दिनुहोस