जर्मी गाउँका युवा थाले मदिरा तथा जुवाताज नियन्त्रण अभियान

सागर परियार

तातोपानी गाउँपालिका २ नम्बर वडा जर्मी गाउँका युवाहरुले गाउँमा जाड रक्सी तथा जुवाताज नियन्त्रण अभियान शुरु गरेका छन् । समृद्ध जर्मी गाउँ बनाउने योजना अनुसार सम्बेदनशिल युवा एकता तथा समाज सुधार समितिको पहलमा २ नम्बर वडा कार्यालयले मदिरा तथा जुवाताज बन्द गर्न सुचना समेत जारी गरेको छ ।

पुरुषहरुले फुर्सदको सयम मदिरा खाने तथा जुवाताज खेल्ने गरेकोले यसलाई पुर्ण रुपमा नियन्त्रण गर्न वडा कार्यालय सुचना प्रकाशन गरेको सम्बेदनशिल युवा एकता तथा समाज सुधार समितिका अध्यक्ष लाल बहादुर बुढाले बताए । उनका अनुसार, जर्मी गाउँमा रहेका होटल व्यवसायीहरुले अब मनपरि जाड रकसी विक्रि वितरण गर्ने, जुवा ताज खेलाउने लगायतका काम गर्न पाउने छैनन् ।

यदि सुचनाको बेवास्ता गर्दै जाड रुक्सी खाई हल्ला गरेमा, जुवाताज खेलाएको पाइएमा सुर्तीजन्य एैन २०६८ अनुसार कार्बाहि हुने २ नम्बर वडा अध्यक्ष कृष्ण बुढाले जानकारी दिए । उनले भने, गाउँ बनाउन युवाहरु सक्रिय भएपछि वडा पालिकालाई सहज भएको छ । युवाहरुको पहलमा जुवाताज नियन्त्रण गर्न सुचना निकालेका छौ ।

त्यसको कार्यान्वयन नगरेको भेटिए युवा समिति तथा वडा कार्यालष्यले नियमअनुसरा कार्बाहि प्रक्रिया अघि बढाउने बताइएको छ । तातोपानीमा रहेका होटल व्यवसायीहरुलाई दर्ता प्रक्रियामा गरी रातीको ९ बजे सम्म मात्रै पसल खोल्न सुझाब समेत दिइएको समितिका सल्लाहकार रुद्रसिह मल्लले जानकारीले दिए । युवाहरुको अनुरोधलाई बेवास्ता गरी ९ बजेपछि होटल खोलेर होहल्ला गरेको पाइए कार्बाहि हुने समेत बताइएको छ ।

युवाहरुले योजना बद्ध रुपमा काम गरिहरेका छन् । सुचना जारी पछिको अबस्थामा कार्यान्वयन नगरेको भेटिए युवाले तीन चरणमा कार्बाहि गर्ने उनको भनाई छ । जारी सुचनामा सार्वजानिक स्थलमा जथाभावी रुपमा जाड खाई होहल्ला गर्ने जोकोहि लाई सार्वजानिक एैन २०५६ अनुसार कार्बाहि हुने छ ।

तातोपानी धारामा बाहिरबाट जानेहरुले राती निकै हल्ला गर्ने जथाभावी बोल्ने लगायतका क्रियाकmपा गर्ने भएकाले सुरक्षामा चुनौती देखिएको छ । अब देखि त्यसरी हल्ला गरेको भेटिएमा पनि कार्बाहि हुने समितिले जनाएको छ ।

आफ्नो गाउँ आफै बनाउ भन्ने उद्देश्यले युवाहरुले गाउँमा विभिन्न रचनात्मक काम गर्दै आएको सल्लाहकार अर्जुन बुढाले बताए । जाड रक्सीले गाउँ घरमा भईरहेका घरेलु हिंसा कम भने कम हुने युवाहरुको अपेक्षा छ । जर्मी गाउँका सयौ युवाहरु हरेक दिन समाज रुपान्तरणका लागि दिलो ज्यान दिएर लागेको र यस कार्यमा सबै बुद्धिजीविहरुले साथ दिन पनि आबश्यक रहेको बुढाले बताए ।

आर्थिक समाजिक, पारर्दशितामा जुटौ सारा, जमृद्ध जर्मी गाउँ बनाउने हाम्रो अविभारा भन्ने नाराका साथ विभिन्न क्रिया कलपा भईरहेको समितिका उपाध्यक्ष लालचन्द्र चनराले बताए ।

प्रतिक्रिया दिनुहोस