कनकासुन्दरीकाे संचार,स्वास्थ्य र पूर्वाधार विकासमा जाेड दिन यूवा घर्तिकाे जाेड

जुम्ला । कनकासुन्दरी गाउँपालिकाका यूवा गजेन्द्र घर्तिले नवनिर्वाचित जनप्रतिनिधिले जनताका आबश्यकता पहिचान गरि विकास गर्न सुझाव दिएका छन् ।
अध्यक्षमा निर्वाचित दामोदर आचार्य एक अब्बल तथा शसक्त यूवा हुन् । उनले भने,”राजनीतिका एवंम सामाजिक चेत भएका आर्चायले कनकासुन्दरिकाे विकासमा कुनै पूर्वाग्राहि नराख्ने आशा छ । कनकासुन्दरीका अत्याआबश्यक क्षेत्रमा विकास गर्न याेजना सहित अघि बढ्न आबश्यक छ ।”
यूवा घर्तिले कनकासुन्दरीका नवनिर्वाचित जनप्रतिनिधिले गर्नुपर्ने विकास र सुधार बारे दिएकाे सुझाव यस्ता छन् ।
१, 3G , 4G टावर जसरी नि गाउपालिका भरी सुचारु गर्नु पर्ने छ
२, गाउँ गाउका हरेक सडक लाई ६ मिटर सहितको ग्राभेल रोड बनाउने पर्ने छ ।
३, भुइसरिमा तपाईले आफ्नो कार्यकाल भित्र पक्की पुल बनाउनु पर्ने छ ।
४, हरेक बिधालयमा कम्प्युटर कलास चलाउने पर्ने छ ।
५ बिरामीका लागि निशुल्क एम्बुलेन्स तपाईले हरेक दिन उपलब्ध गराउनु पर्ने ।
६, हरेक स्वास्थ चौकीमा औषधिकाे कमि हुन दिनु हुने छैन ।
७, गाउपालिकाको भवन निर्माण गरि जनताका साँझा मुद्दा वकालत गरि बिना पूर्वाग्राहि ढंगबाट काम नगर्न सुझाव छ ।

प्रतिक्रिया दिनुहोस