जुम्ला । जुम्लाका केहि व्यक्तिको मिलेमत्तोमा कुप्रचार गरी पत्रकारहरुको छाता संगठन नेपाल पत्रकार महासंघ शाखा जुम्लालाई बिवादित बनाउन र जिल्लाका पत्रकारहरुलाई विभाजित गर्न खोजिएको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र शाहीले बताए ।
मंगलबार साँझ जुम्लाका केहि पत्रकारहरुले नियोजित ढंगबाट पत्रकार महासंघ र पदाधिकारी माथि आँच आउने गरी सार्वजानिक भएको प्रेश विज्ञेप्ती प्रति गम्भीर ध्यानकर्षण भएको शाहीको भनाई छ ।
बुधबार अध्यक्ष शाही र सचिव मानदत्त रावलद्धारा हस्ताक्षेरित विज्ञप्ती जारी गर्दै पत्रकार महासंघ कर्णाली प्रदेश सदस्य, प्रेश यूनियनका अध्यक्ष र जिल्ला अदालत जुम्लाका कर्मचारी समेत रहेका इश्वरी प्रसाद देवकोटाले नियोजित रुपमा प्रेश विज्ञप्ती निकाल्न लगाई,जिल्लाका पत्रकारको मोर्चा बनाई महासंघको विरुद्धमा बिना प्रमाण हचुवाका भरमा कपोकल्पीत आरोप लगाएको भन्दै महासंघले आपत्ती जनाएको छ ।
क्रियाशिल पत्रकार भन्ने हरु लुटेरै बाचिरहेका छन् भनी गैरजिम्मेवारी पुर्ण तथा समग्र पत्रकारिता जगतलाईनै दुषित बनाउने खालको भाषा प्रयोग गरेका देवकोटाले आफ्नो गल्ती लुकाउन समेत उपमेयर रामदेवी खड्का र महासंघका उपाध्यक्षको व्यक्तिगत कुरालाई जोडेको प्रति महासंघको प्रेस विज्ञप्ती जारी आपत्ती जनाएको छ ।। साथै उपमेयर खड्का लगायत जिल्लाका सम्पुर्ण जनप्रतिनिधि प्रति महासंघ सकारात्मक रहेको र सधै साथ सहयोग तथा समन्वय गर्ने जनाएको छ ।
आम सार्वजानिक चासोका विषयमा विगत लामो समयदेखि मिलेर पत्रकारिता गरिरेहका पत्रकारलाई विभाजित गर्न तथा सूचना संचारमा प्रभावकारी समन्वय गरिरहेको महासंघलाई विबादीत बनाउने मनसायले जारी भएको विज्ञेप्तीमा महासंघलाई लगाइएको आरोपमा कुनै सत्यता नभएको समेत सचिव मानदत्त रावलले जानकारी दिए ।
पत्रकार महासंघको प्रेस विज्ञप्ती यस्तो छ
सर्वप्रथम नेपाल पत्रकार महासंघ जम्ला महासंघको विधान विधि र पद्धति अनुसार पत्रकारहरुको हक अधिकार र संरक्षणमा प्रतिवद्ध हुदै आएको छ ।
२०७९ साल जेठ ७ गते दिउसो १ बजे चन्दननाथ नगरपालिकाका नवनिर्वाचित नगरउपप्रमुख रामदेवी खड्काको पत्रकार भेटघाटमा पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाही, उपाध्यक्ष दिलमाया शाही, सहसचिव सागर परियार, जिल्ला सदस्य गोल्डेन बुढा, पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य पूर्णप्रसाद चौलागाई सहित अन्य पत्रकारहरु पत्रकार भेटघाटमा सहभागी हुन होटल मानसरोवरमा पुगेका थियौ । उपप्रमुखको पत्रकार भेटघाट सरेपछि खाजा खाने क्रममा पत्रकारहरु विच अनौपचारिक रुपमा विभिन्न विषयमा छलफल हुदै थियो । सोही क्रममा स्थानीय तहको निर्वाचनमा पत्रकार महासंघको प्रदेश सदस्य ईश्वरी प्रसाद देवकोटा निर्वाचनमा खटिएको कुरा उठ्यो ।
त्यो भन्दा पहिले पनि पत्रकार निर्वाचनमा खटिएको राम्रो वा नराम्रो नैतिकताको प्रश्न महासंघले खेपिरहनु परेको थियो । सामान्य छलफल भईरहेको समयमा पत्रकार महासंघका प्रदेश सदस्य तथा सम्मानित जिल्ला अदालत जुम्लाका कर्मचारी ईश्वरी प्रसाद देवकोटाले पत्रकारहरु जागिर खान सक्ने भए कति खान्थे, मेरो पहुँच छ, क्रियाशिल पत्रकारहरु कसरी लुटेर खान्छन ? म अदालतको कर्मचारी हु । म राजनितिक झण्डा वोकेर प्रचारमा पनि जान्छु, अस्ति निर्वाचनमा सहायक मतदान अधिकृत पनि भए, सिडियो समेतलाई सरुवा गर्ने हैसियत भएको लगायतका अभिब्यक्ति प्रति घोरभत्र्सना तथा काम गरेर खाने पत्रकारहरुका लागि आपत्तिजनक छ । महासंघको लोगो भिरेर यस्ता हर्कत गर्ने, पत्रकार जगतको धज्जी उठाउने प्रति नेपाल पत्रकार महासंघ प्रदेश कमिटि सदस्य र केन्द्रीय समितिलाई आवश्यक छानविन गरि कारवाही गर्न माग गर्दछौ । पत्रकार महासंघका प्रदेश सदस्य देवकोटा स्थानीय तहको निर्वाचन २०७९ वैशाख ३० गते कर्मचारी खटनपटन बिषयमा जारी गरेको मुख्य निर्वाचन अधिकृत जुम्लाको सूचनामा कनकासुन्दरी गाउँपालिका ज्ञानोदय आधारभुत विद्यालय रियामा सहायक मतदान अधिकृतको रुपमा खटिएका थिए ।
त्यति मात्र होईन, पत्रकार महासंघको प्रदेश सदस्य, सम्मानित अदालतको कर्मचारीले आफु छायामा बसेर केही पत्रकार र केही महासंघका साधारण सदस्यको वैठक बसाली पत्रकार महासंघलाई विभिन्न लालछना लगाउने, पत्रकारको विगतका तथा व्यक्तिगत सामाजिक संजालका बिषयलाई लिएर पत्रकारहरुलाई दुई धुर्वमा विभाजित गर्ने, महासंघको नेतृत्वलाई सूझाव नदिई धम्कि दिने काम राम्रो होईन ।
यस्ता काम महासंघकै प्रदेश सदस्य ईश्वरीप्रसाद देवकोटाले गरेकाले घटनाले फरक परिस्थिति लिएमा यसको सम्पूर्ण जिम्मेवारी पत्रकार महासंघको प्रदेश सदस्य, प्रेस यूनियनको जिल्ला अध्यक्ष तथा जिल्ला अदालत जुम्लाको कर्मचारी ईश्वरी प्रसाद देवकोटाले लिनुपर्छ । पत्रकार महासंघको लोगोमा पदीय हिसावमा बस्ने अझै नैतिकता नभई निर्वाचनमा सहायक मतदान अधिकृतको जिम्मेवारी पनि लिने, अझै पत्रकारलाई धम्कि दिने काम लज्जास्पत हो ।
जहाँसम्म पत्रकार साथीहरुले महासंघका सल्लाहकारको बिषयमा उठान गरेको बिषय महासंघ जानकार पनि छ । विधानको पूर्ण पालना समेत गर्दछ । साधारणसभाको जानकारी केन्द्रलेनै सर्कुलर गर्ने भएको र यस बर्ष नआएको जानकारी गर्दछौ । महासंघलाई भ्रष्टचार गर्यो भन्ने केही प्रश्न सवै भ्रमित, कपकल्पित, झुटा भएको समग्रलाई जानकारी गराउदछौ ।
अर्को महासंघको वैठकमा वोलाउदा पनि प्रत्यासी लक्ष्मीप्रसाद देवकोटा आउनु भएको छैन् । तर महासंघले गरेका कामहरु प्रेस परिचयपत्र वितरण, सामाजिक काममा सहभागिता समेत रहेको देखिन्छ । तथापी महासंघले गर्ने सवै आगामी वैठकमा वोलाउनेमा दुईमत छैन् ।
जिल्ला अदालत जुम्लाका कर्मचारी तथा पत्रकार महासंघ कर्णालीका सदस्य ईश्वरी प्रसाद देवकोटा, अरु विना कारण पत्रकार झगडाउने योजनाकारहरु रत्नचुडेवर मा.विका शिक्षक, जुम्ला वहुमुखी क्याम्पसका लेकचर तथा विएल मिडियाका महेश नेपाली, किर्डाक नेपालद्धारा संचालित कर्णाली एफएमका कार्यक्रम संयोजक नौरते नेपाली, कान्तिपुर दैनिकका एलपी देवकोटा, अशोक नमूना आ.वि जुम्लाका शिक्षक तथा नासो अनलाईनका संचालक अमरनाथ योगी, विविसि नेपाली सेवाकी सम्वाददाता सहितका व्यक्तिको योजनामा निकालिएको भ्रमित विज्ञप्ति तथा पत्रकार उक्साई विवाद गराउने बिषय चन्दननाथका नगरउपप्रमुख रामदेवी खड्काको कार्यक्रम सँग जोडनु कुनै तुक छैन, त्यो बिषय गलत र झुटा हो । महासंघको जनप्रतिनिधिलाई बहिस्कार गर्ने कुनै नियति पनि छैन् । हामी निति, विधि र लोकतान्त्रिक पद्धतिबाट आएका जनप्रतिनिधिको सम्मान तथा स्वागत गर्दछौ । पछिल्लो समय यो सवै परिस्थितिको जिम्मा ईश्वरी प्रसाद देवकोटा हुन् ।
पत्रकारहरुको सवालमा महासंघ पत्रकारको हक अधिकार र संरक्षणमा प्रतिवद्ध छ । जहिले पनि सम्मान गर्दछ । तर महासंघको लोगोमा बसेर तथा पत्रकारिताको नाममा चरम गुटवन्दी, राजनिति, धम्की दिने प्रति खेत प्रकट गर्दै पत्रकार माथी कुनै घटना भएमा यसको जिम्मेवारी देवकोटा सहित पत्रकारहरुलाई घटनातिर मोड्ने उक्साउने योजनाकारहरु ईश्वरी देवकोटा जिम्मेवारी हुने सम्वन्धित सरोकारवालालाई जानकारी समेत गर्दछौ ।
यसका साथै नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीको नेतृत्वको टिमलाई सामाजिक संजालमा निर्वाचन समयदेखी अपाङ्गता सँग जोडिएका तथानाम गालि देखी उपाध्यक्ष दिलमाया शाहीलाई दिएका सामाजिक सञ्जालका गालि तथा महासंघका अन्य पदाधिकारी तथा महासंघमाथी नै आच आउने बिषयमा सामाजिक गाली सवै रेकर्ड गरिएका छन् । आवश्यक परे कानूनी निकायमा जान वाध्य समेत सवैमा जानकारी गर्दछौ ।
……….. ……….
सचिव अध्यक्ष
मानदत्त रावल नेत्र बहादुर शाही