पत्रकार महासंघमा लगाइएको तालाबन्दी खोलियो

जुम्ला । नेपाल पत्रकार महासंघ जुम्ला शाखामा लगाइएको ताला खोलिएको छ । दुई दिन सम्म महासंघका पदाधिकारी र विरोधरथ पक्ष बीच भएको वार्ताबाट ६ बुदेँ सहमती सहित महासंघमा लगाइएको ताला बन्दी खोलिएको हो ।

आगामी दिनमा जिल्लाका सम्पुर्ण पत्रकारहरु सार्वजानिक सवालमा एकजुट भएर अघि बढ्ने, सामाजिक संजालमा व्यक्ति केन्द्रित टिकाटिप्पणी नगर्ने र आपसी सद्भाव कायम गर्ने लगायतका साँझा सहमती र प्रतिबद्धता सहित ताला खोलिएको प्रेस यूनियनका केन्द्रिय सदस्य एलपी देवकोटाले बताए ।

यता नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीले जिल्लाका पत्रकारहरु बीचमा एकता कायम गर्दै पत्रकारहरुको पेशागत सुरक्षा र समन्वय सहकार्यलाई प्रभावकारी बनाईने बताए । शनिवार भएको वार्तामा महासंघका अध्यक्ष नेत्र बहादुर शाही,प्रेस चौतारीका अध्यक्ष नौरते नेपाली,प्रेस यूनियनका केन्द्रिय सदस्य एलपी देवकोटा लगायतका महासंघका पदाधिकारी सहित जिल्लाका २० जना क्रियासिल पत्रकाहरुको साझा सहमती र प्रतिबद्धताबाट महासंघको ताला खोलिएको महासंघका सचिव मानदत्त रावलले बताए ।

संयुक्त प्रेस विज्ञप्ती यस प्रकार छ
नेपाल पत्रकार महासंघ जुम्ला शाखा र जिल्लामा क्रियाशील पत्रकारहरुबीच विभिन्न मितिमा सार्वजनिक भएका विज्ञप्तिले देखिएको मतभेद अन्त्य गर्न र उत्पन्न परिस्थितिका कारण नेपाल पत्रकार महासंघ शाखा जुम्लामा मिति २०७९ जेठ १३ गते लगाइएको तालाबन्दी खोल्न निम्नानुसारको सहमति भयो ।

१,मिति २०७९ जेठ ७ गतेका दिन चन्दननाथ नगरपालिकाकी उपमेयर रामदेवी खड्काको पत्रकार सम्मेलन स्थागित भएपछि पत्रकारको छलफलको क्रममा इश्वरी प्रसाद देवकोटाले पत्रकारको लुटको स्रोत के हो ? भनेर बोल्नु गल्ती भएको भनी उक्त शब्द फिर्ता लिनुभएको छ,भने आगामी दिनमा सार्वजनिक रुपमा अभिब्यक्ति दिदा संयमित हुने प्रतिबद्धता समेत व्यक्त गर्नुभएको छ ।

२,इश्वरी प्रसाद देवकोटाको अभिव्यक्तिलाई लिएर मिति २०७९ जेठ ९ गते उपमेयर रामदेवी खड्काले आयोजना गरेको पत्रकार सम्मेलन पत्रकार महासंघबाट संगठित रुपमा बहिस्कार भएको भन्ने भ्रम मात्रै भएको जानकारी गराउदैँ व्यक्तिगत विषयलाई आधार मानि सार्वजनिक व्यक्तिको अपमान गरिएको छैन र आगामी दिनमा गरिने पनि छैन । साथै उक्त विषय सम्मानित अदालत प्रति जोडिएकोमा यसै विज्ञप्ति मार्फत सच्याइएको छ ।

३,पत्रकार महासंघकी महिला उपाध्यक्ष दिलमाया शाही र पत्रकारहरु अमरनाथ योगी र सपना रावतबीच सामाजिक संजालमा भएको टीका टिप्पणीले निम्त्याएको व्यक्तिगत द्वन्द्व पत्रकार महासंघ र आन्दोलनरथ पत्रकारहरुको सहमतिमा सदाका लागि अन्त्य गरिएको छ । साथै यही विषयलाई लिएर आगामी दिनमा एकले अर्कोलाई हान्छु, मार्छु भनी सार्वजनिक अभिव्यक्ति दिएको खण्डमा सम्बन्धित पक्ष जिम्मेवार हुनेछन् भन्दै हालसम्मका सबै मनमुटाव अन्त्य भएको जानकारी गराइन्छ ।

४,अन्य पेसासँगै पत्रकारिता र लेखन क्षेत्रमा क्रियाशील साथीहरुको पेशा व्यवसायलाई लिएर सार्वजनिक र संगठित रुपमा कसैले अभिव्यक्ति दिन नपाइने सहमति भयो ।

५,पत्रकार महासंघ सम्पूर्ण पत्रकारहरुको हकहितका लागि अनवरत रुपमा संघर्ष गरेको गौरवशाली संगठन भएको हुनाले यसको गरिमा र मर्यादालाई उचो राख्न आजकै मितिदेखि पत्रकार महासंघको दुई पक्ष नभई एक पक्ष भएको जानकारी गराउँदछौं । साथै हालसम्म भएका कमीकमजोरीप्रति आत्मआलोचित हुँदै आफ्नो जिम्मेवारी कुशलता पूर्वक निर्वाह गर्दै नागरिकको सूचनाको हक प्रत्याभूति गराउन क्रियाशील रहने सामुहिक प्रतिबद्धता व्यक्त गर्दछौं ।

६,उल्लेखित सहमतिको सम्मान गर्दै गोपनियता भंग नगर्ने,नगराउने प्रतिबद्धता सहित यसै संयुक्त प्रेस विज्ञप्ति मार्फत नेपाल पत्रकार महासंघ शाखा जुम्लामा लगाइएको ताला खोल्ने सहमतिका साथ उपस्थित सबैले हस्ताक्षर गरेका छौं ।

१, नेत्र बहादुर शाही अध्यक्ष नेपाल पत्रकार महासंघ, जुम्ला
२, भरत बहादुर बोहरा उपाध्यक्ष नेपाल पत्रकार महासंघ, जुम्ला
३,दिलमाया शाही महिला उपाध्यक्ष,नेपाल पत्रकार महासंघ, जुम्ला
४,मानदत्त रावल सचिव,नेपाल पत्रकार महासंघ, जुम्ला
५,सागर परियार सहसचिव,नेपाल पत्रकार महासंघ, जुम्ला
६,धनलाल बस्नेत कोषाध्यक्ष,नेपाल पत्रकार महासंघ, जुम्ला
७,पूर्णप्रसाद चौलागाईं,पूर्व केन्द्रीय सदस्य, नेपाल पत्रकार महासंघ
८,एलपी देवकोटा केन्द्रीय सदस्य, नेपाल प्रेस युनियन
९,नौरते नेपाली जिल्ला अध्यक्ष, प्रेस चौतारी नेपाल
१०,कृष्ण बहादुर बोहरा,अध्यक्ष मिडिया नेपाल
११, सरोज शाही,फोटो पत्रकार,
१२, अमरनाथ योगी, संचालक नासो अनलाइन
१४,सपना रावल, नासो अनलाइन
१५, देविकृष्ण अधिकारी
१६, दिपक बुढथापा,खस रैबार
१७, सुजन सेजुवाल,नासो अनलाइन
१८,महेश नेपाली, बिएल मिडिया
१९, मयालाल देवकोटा, का. वा.अध्यक्ष, नेपाल प्रस युनियन
२०, इश्वरी प्रसाद देवकोटा

 

प्रतिक्रिया दिनुहोस