विद्यालयमा अनिवार्य मातृभाषाको शिक्षण गरिनुपर्छ ः आयोगका अध्यक्ष अवस्थी

जुम्ला ।  जुम्ली मातृभाषा (खषभाषा) लाई कामकाजी बनाउन भाषा आयोगले जोड दिएको छ । हरेक क्षेत्र, भेग र जिल्लाको मातृभाषा लोपउन्मुख बन्दै गएपछि संरक्षणका जुम्लाको मातृभाषा(खषभाषा) लाई कामकाजी बनाउनु पर्नेमा आयोगले जोड दिएको हो । मुलुकका सबै सामुदायिक विद्यालयमा मातृभाषा शिक्षणदेखि सरकारी कार्यालयमा समेत मातृभाषालाई कामकाजी बनाउन आबश्यक रहेको भाषा आयोगका अध्यक्ष डा.लवदेव अवस्थीले बताए । कक्षा १ देखि ५ सम्मका बालवालिकालाई अनिवार्य मातृभाषामा पठनपाठन गर्ने नीति बनाईनु पर्नेमा उनको जोड छ ।

भाषा आयोगद्धारा आईतबार जुम्लामा आयोजित बहुभाषिक शिक्षा नमुना विकास प्रशिक्षण कार्यक्रममा आयोगका अध्यक्ष अवस्थीले जुम्लाको भाषा,साहित्य र सभ्यतालाई जीवन्त राख्न माृत भाषा( खषभाषा) को संरक्षण,प्रर्बद्धन तथा विद्यालयस्तरदेखि कामकाजी बनाउनु पर्ने उल्लेख गरे ।

भाषाको अस्तित्व बिना सभ्यताको महत्व हुदैन् । अध्यक्ष अवस्थीले भने,“माृतभाषाको विस्तार संरक्षण तथा कामकाजी बनाउने पहिलो माध्यमनै विद्यालय हो । त्यसैले आधाभुत तहबाटै अनिवार्य मातृभाषा पढाईलाई अघि बढाउन नीतिगत व्यवस्था गरिनुपर्छ । अन्यथा केहि वर्षपछि हरेक जात,भेग,जिल्लाका मातृभाषा संकटमा पर्ने निश्चित छ ।”

नेपालको संविधानमै अनिवार्य मातृभाषा शिक्षाको व्यवस्था गरिएकोले घरदेखि विद्यालय सम्म मातृभाषाको प्रयोगमा समेत जोड दिनुपर्ने उनको भनाई छ । जुम्लाको खषभाषालाई जोगाउन जुम्लाकै स्थानीय सक्रिया हुनु पर्छ । आयोगका सदस्य उषा हमालले भनिन,“जुम्ली खषभाषालाई कामकाजी बनाउन जिल्लाका सबै विद्यालयले आधारभुत तहमा अनिवार्य मातृभाषाको पठनपाठन शुरु गर्नु पर्छ । भने,स्थानीयतहले पाठ्यक्रम निर्माण,प्रशिक्षण,प्राविधिक सहयोग गरे मातृभाषा संरक्षण जटिल छैन् ।”

चन्दननाथ नगरपालिका मेयर राजुसिंह कठायतले मातृभाषा (खषभाषालाई) विद्यालय स्तरमा लागु गर्न शिक्षकलाई भाषाका विषयमा पोख्त बनाउनु पर्ने बताए । नेपाली भाषाको उद्गम स्थल सिंजा सम्भयातको संरक्षणमा जोड दिनु पर्ने उनको भनाई छ । जूम्ली मातृभाषा(खषभाषा) संरक्षणका लागि विशेष योजना बनाउने समेत प्रतिबद्धता गरे ।
तथ्यांकगत रुपमा जुम्ली खषभाषा बोल्ने बक्ताको संख्या एकिन नभएकोले भाषा आयोग जुम्ली खषभाषा बोल्नेको संख्या एकिन गर्नु पर्ने पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्र बहादुर शाहीको सुझाब छ । खस भाषा प्रयोग नहुँदा र औपचारिक शिक्षाको माध्यम बन्न नसक्दा समेत खषभाष लोपउन्मुख बनेको उनको भनाई छ ।

जुम्ला बहुमुखी क्याम्पसका प्रमुख ओमप्रकाश आर्चायले जुम्ली मातृभाषा(खषभाषा) लाई अहिलनै कुनैप पनि माध्यमबाट कामकाजी बनाउन नसकेको खण्डमा भोली नेपाली भाषामै विलय हुने निश्चित रहेको बताए । राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा रहेका १२५ जातीका मान्छेले १२३ भाषा बोल्छन् । समग्र रुपमा नेपाली भाषाको संरक्षण हुने गरी र मातृभाषाको अस्तित्व नमेटीने स्थानीय तहले अनूकल एने कानुन बनाई मातृभाषालाई कामकाजी बनाउनुको विकल्प नहेको जुम्ला बहुमुखी क्याम्पसका सहायक प्रध्यापक प्रकाशचन्द्र खत्रीले बताए ।

जुम्ली खषभाषा संरक्षणका लागि स्थानीयतह मात्र नभई भाषा आयोगकै विशेष ध्यान केन्द्रित हुनुपर्नेमा जोड दिए । मातृभाषा संरक्षण तथा विस्तारका लागि जुम्लाको सिंजा र तातोपानी गाउँपालिकाले खषभाषामा आधारित स्थानीय पाठ्क्रम निर्माण गरेका छन् । मातृभाषा संरक्षण गर्न अन्य स्थानीय तहले पनि आधारभुत तहको खष पाठ्यक्रम निर्माण गर्नुपर्ने सरोकारावालाको जोड छ ।

प्रतिक्रिया दिनुहोस