दुबै मृगाैला फेल भएपछि आर्थिक अभावले मृत्युसंग लड्दै खत्री: सक्दाे सहयाेगकाे अपिल

                                                                              जुम्ला । ताताेपानी गाउँपालिका २ निवासी ३० वर्षिय मान बहादुर खत्री आर्थिक अभावले मृत्युसंग लडिरहेका छन् । खत्रीका दुब‌‌ै मृगाैला फेल भएपछि हाल उपचार खर्च जुटाउन नसकेर मृत्यु पर्खिरहेका छन् ।

३० वर्षकै कलिलाे उम्मेरमा दुबै मृगाैला ड्यामेज भएर मृत्युसंग लडिरहेका खत्रीले सबैकाे सानाे सानाे सहयाेग पाए आफुले पुर्नजन्म पाउने आशा व्यक्त गरेका छन् ।

घरकाे आर्थिक अबस्था कमजाेर भएकाे र दुबै मृगाैला प्रत्याराेपणका लागि लाखाै रकम आश्यक पर्ने भएकाेले सहयाेगकाे अपेक्षा गरिएकाे छ ।

उनले भने,”घरमा छ वर्षकाे एक छाेरा श्रीमती मात्रै मेराे साहारा छन् । आर्थिक अबस्था कमजाेर छ । बाच्ने दृढ ईच्चा छ । तर दैवले गरिबलाई नै पीडा दिदाे रहेछ । मेरा भगवानरुपि सम्पुर्ण देशविदेशमा रहेका,नेपाली आफन्तले मलाई बचाउने छन् भन्नेमा ढुक्क छु ।”

मृगाैला पिडित खत्रीलाई पुर्नजन्म दिन सहयाेग गर्न चाहाने महानुभावले खत्रीकाे माेबाईल नम्बर : 9749841324 वा पत्रकार सागर परियारकाे माेबाईल नम्बर 9848357359 मा सम्पर्क गर्न सक्नु हुने छ । साथै सहयाेगि महानुभावले पिडित खत्रीकाे सांग्रिला डेभलपमेन्ट बैंक जुम्ला शाखामा रहेकाे खाता नम्बर (02801200307727000001) मा सिधै रकम जम्मा समेत गर्न सक्नु हुने छ ।

तपाईं हाम्राे सानाे सहयाेगले कसैले पुर्नजन्म पाउछ भने एकदिनकाे नास्ता बापतकाे रकम दिएर पनि धर्म गर्नु हुनेमा आशा बादी छाै ।

विगतका विभिन्न कठिन अबस्थामा सहयाेग गर्नु भएका स्वदेश तथा विदेशमा रहेका मनकारी व्यक्तिले मृगाैला पिडित मान बहादुर खत्रीकाे उपचारमा सहयाेग गर्नु हुने अपेक्षा लिएका छन् ।

प्रतिक्रिया दिनुहोस