
जुम्ला । अन्तराष्ट्यि वाताबरण दिवस जुम्लामा विभिन्न कार्यक्रम गरी मनाइएको छ । उहाँका आठ स्थानीय तह र विषयगत कार्यालयहरुले विभिन्न कार्यक्रम गरी दिवस मनाएका हुन् । जस अन्तरर्गत विश्व वातावरण दिवशको अवसरमा जुम्लाको तातोपानी गाउँपालिकाले पर्यटकिय स्थल तातोपानी धाराको सरसफाई गरेको छ ।
गाउँपालिका र किर्डाक नेपालको साझेदारीमा स्वच्छ वातावरण स्वच्छ जीवन भन्ने मुल नाराका साथ पर्यटकिय स्थल तातोपानी धाराको सरसफाई गरिएको हो । जुम्लाकै परिचित पर्यटकिय स्थल तातोपानी धाराको सरसफाई बिना प्रदुषण नियन्त्रण र स्वच्छ वाताबरण सम्भव नभएकोले पालिकाका जनप्रतिनिधि,कर्मचारी,प्रहरी र स्थानीयको सहभागीतामा धारा सरसफाई गरिएको तातोपानी गाउँपालिकाका अध्यक्ष नन्दप्रसाद चौंलागाईले बताउनुभयो ।
पर्यटक आगमनलाई बढाउन र वाताबरण प्रदुषण हुनबाट जोगाउन तातोपानी धारामा सरसफाइ अभियानले निरन्तरता पाउने तातोपानी २ का अध्यक्ष चन्द्रमान बुढाले जानकारी दिनुभयो ।
साथै दिवशका अबसरमा भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाको सहयोगमा कर्णाली कला केन्द्रले वाताबरण संरक्षण सम्बन्धी सडक नाटक प्रदर्शन गरेको छ । सरसफाई व्यवस्थापन,बृक्षारोपण,वन संरक्षण र डोजर विकासको अन्त्य सम्बन्धी जनचेतना मुलक सडक नाटक प्रस्तुत गरिएको भू–संरक्षण तथा जलाधार व्यवस्थापन कार्यालयका प्रमुख शिखर चपाँईले जानकारी दिनुभयो ।
डिभिजन वन कार्यालय जुम्लाका प्रमुख दिनेश जंग खत्रीका अनुसार वाताबरण दिवसका अबसरमा जिल्लाको पुर्वमा पर्ने पातारासी गाउँपालिकामा देउडा गित प्रतियोगिता गरिएको छ । गितबाटै वाताबरण संरक्षणको सन्देश दिदै देउडा प्रतियोगिताको आयोजना गरिएको थियो ।
उता तिला गाउँपालिकाले पनि वृक्षा रोपक्षण लगायतका कार्यक्रम गरी दिवस मनाएको जानकारी दिएको छ । भने,चन्दननाथ नगरपालिका वडा नं. २ र ३ स्थित ढाणथपला यूवाक्लबको आयोजनामा पर्यटकिय स्थल धिमीचौरको सरसफाई गरिएको २ नम्बर वडाध्यक्ष हेम बुढ्थापाले जानकारी दिनुभयो ।
उहाँका अनुसार धिमीचौरमा पछिल्लो समय पर्यटकको चाप बढे संगै फोहार पनि बढेको थियो । त्यसैले यूवाक्लबको सक्रियतामा फोहोर संकलन गरिएको वडाध्यक्ष बुढ्थापाको भनाई छ ।
साथै एस.एन.भी नेपाल र मित्र समाजको साँझेदारीमा दिवसका अबसरमा चन्दननाथ नगरपालिकामा वाताबरण संरक्षण सम्बन्धी सन्देश प्रशारण तथा स्थानीयलाई फूलका विरुवा वितरण गरिएको छ । त्यस्तै पेश नेपाल जुम्लाले पनि दिवसरमा अबसरमा वृक्षारोपण गरेको छ । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्यायरत विद्यार्थीहरुले पनि वाताबरण संरक्षण गरौ,रुख विरुवा जथाभावी नकाटौ भन्दौ बजारमा रयाली प्रर्दशन गरेका थिए ।
वाताकरण संरक्षणका लागि डोजरे विकासको अन्त्य र वाताबरणीय प्रभाव मुल्यांकनको नीति निर्माण र कार्यान्वयनका जोड दिई वाताबरणमैत्री विकासमा गर्न नागरिक अगुवाले स्थानीयहलाई सुझाब दिएका छन् ।