पातारासी गाउँपालिकालाई एम्बुलेन्स उपहार


सागर परियार जुम्ला ः भारतीय राजदूतावासले गणतन्त्र दिवसका अवसरमा जुम्लाको पातारासी गाउँपालिकालाई एम्बुलेन्स उपहार सहयोग गरेको छ । दूतावासले गाउँपालिकाका अध्यक्ष लछिमान बोहोरालाई काठमाडौं बोलाएर शुक्रबार एम्बुलेन्स हस्तान्तरण गरेको हो ।  गत असार महिनामा भारतीय दूतावासमा पातारासी गाउँपालिकाका बासिन्दाले स्वास्थ्य क्षेत्रमा भोग्दै आएको समस्या बारेमा निवेदन दिएको जानकारी दिँदै अध्यक्ष बोहोराले भने, ‘एम्बुलेन्स पाउँदा निकै खुशी छु । एम्बुलेन्सले यहाँका विरामीलाई समयमै अस्पताल पुर्याएर मृत्युबाट बचाउने छ ।’

पातारासी गाउँपालिकामा ४ वटा स्वास्थ्यचौकी छन् । विरामीलाई सदरमुकाम खलंगा ल्याउन एउटा स्वास्थ्यचौकीबाट न्युनतम् ३ देखि ६ घण्टा सम्म समय लाग्छ । एम्बुलेन्स पाएपछि अब सहज हुने भएको स्थानीय बासीले बताएका छन् । विरामी सुविधा सम्पन्न अस्पताल पुर्याउन सहज
जिल्ला सदरमुकाम खलंगा देखि पुर्वी भेगमा पर्ने पातारासी गाउँपालिकाका विरामीहरुलाई सुविधा सम्पन्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा पुर्याउन सहज भएको छ ।

पातारासी स्वास्थ्य चौकीका इन्र्चाज कृष्ण बुढाले अव गाउँपालिकामा एम्बुलेन्सको व्यवस्था भयो विरामीलाई सहजै रुपमा सुविधा सम्पन्न अस्पताल पुर्याउन सकिने भयो । उनले भने यहाँ विशेष गरी मातृशिशु मृत्यु दर बढी नै छ । स्थानीय तहमा सुविधा सम्पन्न स्वास्थ्य संस्था छैनन् महिलाहरु असुरक्षित घरमै सुत्केरी हुन्छन् र त्यसले गर्दा मातृशिशु मृत्यु बृद्धि भएको हो ।

एम्बुलेन्स व्यवस्थापनमा चुनौति
सार्वजनिक अर्थात सरकारी सवारी साधनको पछिल्लो समयमा व्यवस्थापन चुनौति देखिएको छ । सरकारी सम्पन्न दुरुपयोग र जथाभाबी संचालन गर्ने भएकोले यसको मर्मत सम्भार नहुने र एक डेढ बर्षमै थन्काउनु पर्ने अवस्था आउने गरेको छ । यस भन्दा पहिला तत्कालिन मालिकाबोता गाविस र नेपाल रेडक्रस सोसाईटी शाखा जुम्लाले २ वटा एम्बुलेन्स संचालन ल्याएका थिए तर मर्मत सम्भारका अभावले थन्काएका छन् ।

बुधबार, १७ माघ २०७४

तपाईको प्रतिक्रिया