सिंजाको रोकायावाडामा व्यूटाकुलर निवारण अभियान


जुम्ला ः जुम्लालाई अर्गानिक जिल्लामा रुपमा १४ औँ जिल्ला परिषद्बाट घोषणा गरिएको हो । अर्गानिक जिल्लाको रुपमा घोषणा भएपनि धान खेतीमा लुकीछिपी झार नासक विषादी व्यूटाकुलर प्रयोग गर्ने गरेको पाइन्छ । यसै झार नासक व्यूटाकुलरलाई निवारण गर्नका लागि यहाँको कनकासुन्दरी गाउँपालिका – ७ सुधारसिल कृषि समुहले अभियान सुरु गरेको छ ।
कारितास जर्मन र कारितास नेपालको आर्थिक सहयोथ तथा पेस नेपाल जुम्लाको साँझेदारीमा सञ्चालित एकिकृत खाद्य सुरक्षा विपद् जोखिम न्यूनिकरण जलवायू परिवर्तन अनुकुलन कार्यक्रम अन्तर्गतको समुहले यस्तो अभियानको थालनी गरेको हो ।
कनकासुन्दरी गाउपालकिा वडा नम्वर ७ रोकायावाडास्थित डालथोप्रा ज्यूलोमा वडाध्यक्ष, गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत, कृषि शाखा प्रमुख र कृषकको उपस्थितिमा स्थानयी मार्सी धान संरक्षण तथा प्रवद्र्धन अभयिान सुरु गरिएको हो । जसमा स्थानयी रैथाने मार्सी धान प्रवद्र्धन, व्युटाकलर निवारण गर्नका लागि अभियान थालिएको पेस नेपाल जुम्लाका परियोजना संयोजक हेमराज भट्टले बताए ।

प्रतिक्रिया दिनुहोस