पीपीएसपी कर्णालीकाे तेस्राे क्याम्प सम्पन्न: सांसदकाे ज्ञान सहायकमा १२ जना यूवा छनोट

जुम्ला, ५ असार। कर्णाली प्रदेश सभा सांसदहरुको ज्ञान सहायक पदका लागि कर्णालीका १२ जना यूवा यूवती छनोट भएका छन् । पुर्व–व्यवसायीक संघसदिय अभ्यास सहयोग कार्यक्रम (पीपीएसपी) कार्यक्रम मार्फत प्रदेश सांसदरुको ज्ञान सहायक पदका लागि कर्णालीका ६ यूवा र ६ युवती गरी १२ जना छनोट भएका हुन् । छनोट भएका १२ जना युवाले अबको ६ महिना सम्म प्रदेश सांसदको ज्ञान सहायका रुपमा काम गर्ने छन् ।

यूएस एम्बेसीको आर्थिक,पोखरा रिसर्च सेन्टरको समन्वय तथा ऋति फाउण्डेशनको आयोजनामा पीपीएसपी कर्णालीको ३ वटा क्याम्प सम्पन्न भएका छन् । पहिलो क्याम्पमा कर्णालीका ५० जना यूवा सहभागी थिए । भने,दोस्रो क्याम्पमा २५ जना छनोट भएका थिए । त्यस्तै अन्तिम पीपीएसपी फेलोपिसका लागि २५ जनाबाट १२ जना छनोट भएका हुन् । छनोट भएका १२ जना युवा युवतीलाई विद्येयकको मास्यौदा निर्माण,सार्वजानिक नीति निर्माण,सांसदको काम कर्तव्य,मन्त्रालयगत समितिका जिम्मेवारी लगायतका विषयमा ३ दिने तेस्रो क्याम्प सुर्खेतमा सम्पन्न भएको छ ।

यूवाले नीति निर्माणमा सघाउने,आबश्यक सल्लाह सुझाब दिने,सूचना उपलब्ध गराउने,ग्रामिण क्षेत्रका गुनासा टिप्ने लगायतका काम गर्ने छन् । पीपीएसपी फेलोसिपका लागि जुम्लाका रेडियो नेपालकर्मी सागर परियार पनि अन्तिम १२ मा छनोट भएका छन् । साथै दैलेखबाट श्रवण कुमार आर्चाय र प्रेमबदा खड्का,रुकुम पश्चिमबाट भावना शर्मा,सन्तोष वली,जाजरकोटबाट प्रेक्क्षा खनाल,सल्यानबाट भुपेन्द्र डिसी र सुर्खेतबाट शुभास सापकोटा,बिनिता बोगटी,एकता देवकोटा,गोबिन्द खड्का र ओजस्पी पौडेल गरी १२ जना छनोट भएको ऋति फाउण्डेसनका कार्यकारी निर्देशक दिनेश गौतमले बताउनुभयो ।

उहाँले भन्नुभयो,“प्रतिष्प्रधात्मक प्रक्रियाबाट जम्मा आवेदन परेको ३ सय जनाबाट ५० जना हुदैँ २५ र अन्तिम १२ जना छनोट गरिएको हो । तीनै चरणका क्याम्पमा नीति निर्माण केन्द्रित रहेर तालिम दिइएको छ । अब एकहप्ताबाट प्रदेशका १२ जना सांसद संग यूवाले प्रत्यक्ष काम गर्ने छन् । भने नीति निर्माणका लागि सघाउने र ज्ञान सहायको जिम्मेवारी दिइएको छ ।” नीति निर्माणमा यूवा सहभागिता सुनिश्चित गर्न नेपालमै पहिलो गडण्की प्रदेशपछि कर्णालीमा पीपीएसपी फलोसिप कार्यक्रम सञ्चालन गरिएको पोखरा रिसर्च सेन्टरका कार्यकारी निर्देशक सुजन रेग्मीले बताउनुभयो । उहाँका अनुसार छनोट भएका १२ जनाले प्रदेश सांसदलाई ग्रामिण क्षेत्रका आर्थिक,सामाजिक र राजनीति विषयका सवाल उठान गर्ने र नीति निर्माण सांसदलाई सघाउने छन् ।

आगामी ६ महिना सांसदका कारबाहि सफल पार्नसम्म १२ जनाले आगामी ५ महिना सम्म सहायक सहायकका रुपमा काम गर्ने छ । राष्ट् संचालनको जिम्मेवारी यूवाकै काँधमा छ भनिन्छ । कर्णाली प्रदेशका सभामुख राज बहादुर शाहीले भन्नुभयो,“ज्ञान र अबसरको कमीले आर्थिक,सामाजिक राजनीतिक विकासमा यूवाको प्रतिनिधित्व हुन सकेको थिएन् । तर पीपीएसपी पलोसिपले कर्णालीका यूवाको क्षमता विकास र नीति निर्माणमा यूवा अग्रसरता बढाएको छ ।”

कानुनमा निर्माणमा युवा सहभागिता सुनिश्चित गर्न युवालाई राजनीतिमा प्रबेश गराउन पीपीएस कार्यक्रम कोढे ढंगा सावित हुने गरको जुम्ला क्षेत्र (२) का सांसद नरेश भण्डारीले बताए । उहाँले भन्नुभयो,“ऐन कानुन निर्माणमा जोड दिनुपर्नेमा जनप्रतिधि योजना बाढ्न बेस्थ देखिन्छन् । जसका कारण विद्येक समितिमा अट्किने र कानुन निर्माणमा ढिलाई भएको छ । तर पीपीएसपी फलोसिपमा छनोट भएका यूवाहरुको सहयोगले नीति निर्माणमा सहजता हुने र यूवासंग सहकार्य बढ्नेमा खुसी छौ ।”

प्रतिक्रिया दिनुहोस