भू-तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाको जनहितमा जारी सन्देश

१. सदा झै यो वर्ष पनि वर्षादको मौषम आइसकेको छ । यो वेला भारी वर्षा हुन सक्ने र बाढी पहिरो तथा भूक्षय जन्य जोखिम तथा विपदहरु आउन सक्ने भएकाले समयमै पूर्व तयारीका कार्यहरुमा जुटौं ।

२. विगतका वर्षहरुका अनुभवले भर्खरै पहाडी तथा हिमालि भूभागका ग्रामिण सडकहरुका आसपासमा बाढी पहिरोका घटनाहरु घटेका छन् । तसर्थ सडकमा सुरक्षित रुपमा भल तर्काउने कुलो तथा नालाहरु छन छैनन¸ भल पानी निकासको उचित व्यवस्था छ छैन¸ समय समयमा अनुगमन गरी समुदायस्तरवाट नै सडक तथा खोला खोल्सीहरुको भल पानी सुरक्षित स्थानवाट निकास हुने प्रवन्ध मिलाऔ ।

३. भर्खरै खनिएको सडक तथा भौतिक संरचनाहरुका कारण थुप्रिएको ढुंगा¸माटो¸ भिरालो जमिन तथा सडकहरुको मुनि र ससाना खोलाखोल्सिहरुमा थुप्रिएको देखिन्छ भने खोला नालाहरुको शिरमा जंगल फडानी एवं आगलागि र विभिन्न पुर्वाधार विकासका कारण कटान गरिएका र ढलेका रुखहरुको उचित व्यवस्थापन नहुदा वर्षायाममा अत्याधिक वर्षादको पानीको वहावका कारण त्यस्ता ढुंगा माटो र रुखहरु ठुलो मात्रा वगाएर ल्याउदा साघुरा खोला खोल्सीहरु थुनिन गइ ठुलो मात्रामा पानीसंगको लेदो सहितको बाढिले तल्लो तटिय क्षेत्रका नदी तथा खोला किनारा¸ खेति योग्य जमीन¸ घर वस्ति समेत वगाउने गरेको सवैमा विधितै छ । तसर्थ स्थानिय जनसमुदायले आफ्नो खोला खोल्सीको शिरमा त्यसरी थुप्रिएको ढुंगा माटो तथा ढलेपडेका रुखहरुको समयमै व्यवस्थापन गरौ । क्षेति हुन सक्ने सम्भावनालाइ ध्यान दिदै खोलाको मध्ये तथा तल्लो भागको खोला किनारा नजिकै वसोवास गर्ने र व्यवस्थापन गर्न नसकिएका स्थानवाट सुरक्षित स्थानमा जानका लागि पुर्व तयारीमा आजै देखि जुटौं ।

४. ठुला उपकरणको प्रयोगवाट भर्खरै खनिएको जमिन र थुप्रिएको माटोमा प्राकृतिक रुपले स्थिर रहने क्षमता कम हुने हुदा त्यस्तो माटो र कमलो भुभागलाइ आड दिनको लागि सुख्खा ढुंगाको पर्खाल तथा सजिलै र छिटो सर्ने वनस्पतिहरु रोपि भल पानी निकासको समेत उचित प्रवन्ध मिलाऔं ।

५. जुम्लाको हिमा¸तिला तथा भेरी खोला आसपास र यसको शिरमा रहेका वहाव क्षेत्रको वगर क्षेत्र तथा किनाराका वस्ति¸ कुला¸ घट्ट लगाएत अव्यवस्थित संरचनाहरु भएका स्थानहरुमा वर्षायाममा ओहोदोहर गर्ने¸वालवालिकाहरुलाइ नदी आसपासमा जान दिने जस्ता कामहरु नगरौर नगाराऔं ।

६. चर्केका¸ भासिएका र अत्याधिक वर्षाको समयमा आकासवाट झरेको पुरै पानी एकै स्थानवाट जमिनमुनी गइ ठुलो भुभागनै वग्न सक्ने वस्तीहरु भएमा स्थानिय स्तरवाटै पहिचान गरी त्यस्तो क्षेत्रका वासिन्दाहरुलाइ सुरक्षित स्थानमा अस्थायी वसोवासको प्रवन्ध मिलाइ तत्काल हुनसक्ने दुर्घटनावाट वच्न स्थानिय तहहरुले विशेष भुमिका निर्वाह गरौ ।

७. जुम्ला¸ कालिकोट¸ मुगु¸ हुम्ला लगाएत जिल्लाका पहिचान भएका सम्वेदनशिल भुभागमा वसोवास गर्ने आम जनसमुदायहरुले वर्षादको समयमा आफु र आफ्नो परिवारको सुरक्षामा विषेश ध्यान दिऔं । बाढि पहिरो र प्राकृतिक प्रकोपा वाट आफु पनि वचौं अरुलाइ पनि वचाऔं ।
जनहितका लागि भू तथा जलाधार व्यवस्थापन कार्यालय जुम्लाद्वारा जनहितमा जारी सन्देश
कार्यालय प्रमुख

प्रतिक्रिया दिनुहोस