६० लाखको नमुना खानेपानी आयोजना निर्माणःउत्साहित बारागाउँबासी

जुम्ला ।  तातोपानी गाउँपालिका ७ दुर्गम बारागाउँका ५१ वर्षिय पुनिबल रावतका चार दशक पिउने पानीकै लागि गाउँमा युद्द लडेर बित्यो । एक गाग्री पानीका लागि घण्टौ लाईन बस्नु पर्ने र कसैले भुलेर पनि पालो मिचेपछि आपसमा हुने द्धन्द्धका दुखद क्षणहरु पुनिमल अहिले पनि झलझल्ति सम्झिन्छन् । कति दिन पालो नपाएर रित्तो गाग्री घर फर्किनु परेको उहाँको तितो सत्य अनुभव छ ।

त्यस्तै वर्षैदेखि गाउँमा खानेपानी अभाव हुदाँको पिडा पुनिबल भन्दा बारागाउँकि सन्तली रावतले बढी भोग्नु परेको छ । एक गाग्री पानीका लागि भनाभन हुने,कुटाकुट हुने,समयको बचत नहुने अझ रित्तो गाग्री लिएर घर जाँदा गाली खानु परेको अनुभव सन्तली सुनाउँछन् ।

तर वर्षौपछि नमुना खानेपानी आयोजना निर्माण हुँदा पुनिबल र सन्तली मात्र हैन बारागाउँबासीनै उत्साहित छन् । अब एक गाग्री पानीका लागि युद्द लड्नु पर्ने बाध्यताको अन्त्य हुने आशा पलाएको छ । सन्तलीले भन्नुभयो,“अब सुबिस्ता हुन्छ कि ? गाउँमा ठुलो खानेपानी आयोजना बनेको छ । यसबाट महिलालाई बढि राहत हुने आशा छ । भने सरसफाई,सिचाई देखि शद्द पानि घरमै पाउने छौ ।”

बारागाउँमा झण्डै १ सय ७२ घरधुरि छन् । १७२ घरधुरीका करिब ११ सय जनसंख्या २ वटा मात्रै धाराको भरमा छन् । पुनिबल भन्छन्,“गाउँमा बनेको बारागाउँ बृहत्त बुहउपयोगि खानेपानी आयोजनाले नागरिक तिर्खा मेटाउने छ । भने,“खानेपानीको सुविस्ता हुने छ । आयोजनाको दिगो व्यवस्थापन तथा संरक्षणमा नागरिक जिम्मेवार हुनुपर्छ ।”

पेश नेपाल जुम्लाद्दारा संचालित क्याप्स कर्णाली परियोजना मार्फत बारागाउँमा नमुना बृहत बहुउपयोगी खानेपानी आयोजना बनेको हो । आयोजनाको ९५ प्रतिशत काम सकिएको छ । पेश नेपाल जुम्लाका अध्यक्ष किशोर न्यौपानले भन्नुभयो,“करिब ६० लाख २५ हजार रूपैया लगानीमा २८ हजार लिटरकार दुई वटा ट्यांकि निर्माण गरिएको छ । भने,करिब ६ किलोमिटर टाढा मुहानबाट खानेपानी लाईन ल्याईएको छ । बारागाउँबासीको आबश्यकतालाई मध्यनजर गरि बृहत्त खानेपानी आयोजना बनाएका हौ । शुद्द पानिका पहुँचमा पुग्ने राहत पुग्ने आशा छ ।”

पेश नेपालको ६० लाख बढि लगानी तथा प्राविधिक सहयोग र उपभोक्ताको शून्य श्रमदानमा आयोजनाको ९५ प्रतिशत काम सकिएको छ । त्यसका साथै पेश नेपालले जिल्लाका तातोपानी हिमा, र तिलामा करोड बढिको लागतमा नमुना सामुदायिक सेवा केन्द्रका भवन निर्माण गरेको अध्यक्ष न्यौपानले जानकारी दिनुभयो । साथै तातोपानी गाउँपालिका उद्यम विकास शाखाबाट संचालित ४५ दिने सिलाईकटाईको समेत अनुगमन गरिएको थियो ।

१७२ मा धारा निर्माण हुँदै
बारागाउँ बहुउपयोगी खानेपानी आयोजनाबाट बारागाउँमा १ सय ७२ धारा निर्माण हुने भएका छन् । आयोजनाको ९० प्रतिशत काम पेश नेपालको लगानीमा सकिएपनि धारा निर्माण स्थानीयले स्वयम् गर्ने छन् ।

आयोजना निर्माण समितिका अध्यक्ष देव बहादुर रावत भन्छन,“अबको डेढ हप्तामा घरघरमन पानी छर्किने छ । पेशले पाईपलाईन घरघर सम्मै पुराउने छ । भने धारा बनाउन मिटर,टुटि सबै उपलब्ध गराएको छ । तर स्थानीयले आफ्नो अनुकुलता अनुसार धारा बनाउने छन् । पानीको अधिकतम सदुपयोगमा जोड दिईने छ । खेर जाने पानीलाई सिचाईमा परिणत गर्ने योजना छ ।”

खानेपानीका दुख भोग्दै आएका बारागाउँबासी ठुलो आयोजना बनेपछि थोेरै लगानी गरेर धारा बनाउन तयार भएका छन । ढिलोमा असार अन्तिम सम्म खानेपानी आयोजना स्थानीयलाई हस्तान्तरण गरिने छ । गएको शनिवार खानेपानी आयोजना सुधारिएको घट्ट,ढल निकास लगायत पक्कि सामुदायिक सेवा भवनको तातोपानी गाउँपालिका र पेशको संयुक्त अनुगन गरिएको छ ।

तातोपानी गाउँपालिका अध्यक्ष नन्दप्रसाद चौलागाईले खानेपानी आयोजना प्रशंसा योग्य र नमुना भएको बताउनुभयो । विकास थोरै तर गुणात्मक गर्नुपर्ने कुरा सिकाई भएको छ । उहाँले भन्नुभयो,“सरकार नपुगेको ठाउँमा,गैससको अर्थपुर्ण सहभागिताले विकास अघि बढेको छ । आगामी दिनमा पेश नेपाल संगको सहकार्यलाई थप प्रभावकारी बनाईने छ । भने खानेपानी आयोजना लगायत पूर्वाधारको संरक्षण र प्रयोगमा जोड दिईने छ ।”

तातोपानीका प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापाले नागरिकको आबश्यकतालाई मध्यनजर गरी सेवा प्रवाहदेखी पूर्वाधार विकासमा पेशले उल्लेखीय काम गरेको बताउनुभयो । समाज रुपान्तकरणका लागि गैसस र सरकार बीच प्रभावकारी समन्वय र सहकार्य हुनुपर्ने जोड दिनुभयो ।

प्रतिक्रिया दिनुहोस