सुरज पण्डितको अभिनय रहेको रेलको बाटो -२ सिंहदरबार बोलको गित सार्वजानिक (भिडियो सहित)

newsabhiyan

कर्णालीपोष्ट संबाददाता । ।  रेलको बाटो गितको सफलता पछि सुरज पंडितको शब्द संगित र स्वर रहेको रेलको बाटो २ (सिंहदरबार) बोलको गित सार्वजनिक भएको छ ।लक्ष्मण सुनारको निर्देशनमा निर्माण भएको यस गितको भिडियोलाई एक महिना समय लगाएर छायांकन गरिएको हो।
कर्णाली प्रदेशको जिवन शैलीको कथा दु?ख संगै राज्यले गर्ने व्यवहारको समेत चित्रण गरिएको छ।

अस्मिता सुनार जुरेली र सुरज पंडितको मुख्य अभिनय रहेको यस गितको भिडियोमा कुलदिप आचार्य अतिथिको भुमिकामा देखिएका छन् । भिडियोले कर्णालीमा बसोबास गर्ने व्यक्ति लाई राजधानी र राज्यले गर्ने बिभेदका साथै सरकारलाई कथा मार्फत गतिलो झापड समेत हानेको छ।

सार्वजनिक गितको भिडियोलाई निसाल पौडेलले छायांकन,पदम सुबेदीले सम्पादन र मिलन बिश्वकर्माको रंग संयोजन गरेका छन् । गितको भिडियोलाई सुरज पंडितको अफिसियल युटुब च्यानल बाट सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया दिनुहोस