पातारासीको बजेट ४५ करोडःशिक्षा कृषि र सडक प्रथामिकतामा

जुम्ला । शिक्षा,कृषि,सडक र खानेपानी क्षेत्रलाई प्रथामिकता दिदै जुम्लाको पातारासी गाउँपालिकाले बजेट ल्याएको छ । नीति तथा कार्यक्रमा पनि शिक्षा,कृषि,सडक र खानेपानीलाई प्रथामिकता दिएको पातारासीले बजेटमा पनि सोही अनुसार प्रथामिकता दिएको छ ।

असार १० गते पातारासी गाउँपालिकाका उपाध्याक्ष जनमाया रोकायाले आगामी आव २०७९÷८० का लागि अनुमानित ४५ करोड ५८ लाख १९ हजार बराबरको बजेट प्रस्तुत गरेको पातारासीका प्रमुख प्रशासकिय अधिकृत विष्णु प्रसाद धितालले बताए ।

उनले भने,“पातारासीको नवौ गाउँसभा प्रस्तुत ४५ करोढ बढीको बजेटले शिक्षा,कृषि,सडक र खानेपानीलाई प्रथामिकता दिएको छ । भने, अन्य क्षेत्रलाई आबश्यकताको आधारमा गाउँबस्तीबाट माग भई आएका योजनामा बजेट छुटाइएको छ ।” आगामी आवको बजेट र नीतिले पातारासीको विकास निर्माण र सेवा प्रवाहलाई गती दिन ईट्टा थप्ने धितालको विश्वास छ ।

पातारासीको शिक्षा क्षेत्रको अपेक्षित विकास र उपलब्धी हुन नसकेको र अधिकांश बालबालिका जडिबुटि संकलनमा आर्कषित हुने विद्यालय छोड्ने समस्या पातारासीमा अझै विद्यमान छ । विद्यालयमा बालबालिकाको पहुँच बृद्धि गर्न,शैक्षिक गुणस्तर हासिल गर्नका लागि पातारासीले शिक्षा क्षेत्रमा जोड दिएको प्रमुख प्रशासकिय अधिकृत बुढ्थापाले उल्लेख गरे ।

विगतमा निर्माण भएका सडकलाई पुर्णता दिन तथा नयाँ सडक निर्माण गर्न,कृषि क्षेत्रको उत्पादन बृद्धि र किसानको जीविकोपार्जनमा सुधार ल्याउन ठोस नीति संगै बजेटका पनि प्रथामिकता दिएको पातारासी गाउँपालिका अध्यक्ष पुर्णसिंह बोहोराले बताए । उनका अनुसार भरर्खर निर्वाचित भएर आएको हुनाले पनि नागरिकको अपेक्षा अनुसार चाहाना अनुसारको विकास गर्न तर्फ पातारासीका जनप्रतिनिधिको ध्यान केन्द्रित भएको छ ।

बजेटले पातारासीका ७ वटै वडाको शिक्षा,स्वास्थ्य,खानेपानी,कृषि,सिचाई,पर्यटन तथा पूर्वाधार क्षेत्रको समानुपातिक विकासमा जोड दिएको पातारासीकी उपाध्यक्ष जनमाया रोकायाले बताए । महिला शसक्तिकरण,विपद व्यवस्थापन,उत्पादन बृद्धिका क्षेत्रमा पनि जोड दिइएको छ ।

नयाँ जनप्रतिनिधिले वितरणमुखी भन्दा आश्यकतामुखी विकास र बजेट विनियोजनमा जोड दिएर छिटो छरितो सेवा प्रवाह र दिगो विकासमा जोड दिने पातारासीबासीको आशा छ । नवौ गाउँसभामा प्रस्तुत नीति कार्यक्रम तथा बजेट माथि पातारासीले दफाबार छलफल गरीरहेको छ ।

प्रतिक्रिया दिनुहोस