विपद पूर्वतयारीमा जुट्दै जुम्लाका स्थानीयतहःअन्तरपालिका समन्वयमा जोड

जुम्ला । मनसुन भित्रिन थालेपछि जुम्लाका स्थानीयतह विपद पूर्वतयारीमा जुटेका छन् । प्राकृतिक प्रकोप जन्य घटनाबाट हुने क्षति न्युनिकरण तथा छिटो छरितो राहत उद्दार र पुर्नस्थापनका लागि स्थानीयतह विपद पुर्वतयारीमा जुटेका हुन् । जुुम्लाको एक नगरपालिका र सात गाउँपालिकाले आगामी आवको बजेटमा विपद व्यवस्थापनका लागि न्युनतम १५ लाख देखि ५० लाख सम्म बजेट विनियोजन गरेका छन् ।

सोमबार जिल्ला प्रशासनमा आयोजित विपद व्यवस्थापन समितिको बैठकमा जुम्लाका आठै स्थानीयतहका प्रमुख र उपप्रमुखले विपद जोखिम न्युनिकरणका लागि अन्तरपालिका बीच प्रभावकारी समन्वय र सहकार्य गर्ने प्रतिबद्धता गरेका छन् ।

पुर्वसूचना प्राप्त,तत्काल जनशक्ति परिचालन,राहत उद्दार तथा पुर्नस्थापनका लागि अन्तरपालिका बीच हातेमालो हुनु पर्ने जिल्ला समन्वय समितिका प्रमुख गौरीनन्द आर्चायले बताउनुभयो । उहाँले भन्नुभयो,“विगतमा समन्वय नहुँदा जोखिम न्युनिकरण तथा राहत उद्दारमा ढिलाइ भयो । पूर्वतयारी पनि मजबुद देखिएन् । मनसुन भित्रिन थालेकोको छ । योजना सहितको पूर्वतयारीमा सबै स्थानीयत एकजुट हुनु आबश्यक देखिएको छ ।”

चन्दननाथ नगरपालिकाका मेयर राजुसिंह कठायतले विपद पुर्वतयारीसंगै विपद प्रतिकार्य योजना निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । जुगाड खोला सरसफाई देखि बाढी पहिरो लगायतका घटनाबाट प्रभावितको राहत उद्दारमा नगर तयार रहेको उहाँको भनाई छ ।

विपदबाट हुने जनधनको क्षति कम गर्न मजबुद पुर्वतयारी प्रतिकार्य योजना आबश्यक छ । हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले भन्नुभयो,“हिमाले विपद व्यवस्थापनमा ५ लाख विनियोजन गरेको छ । राहत उद्दार र पुर्नस्थापनाको नीतिगत व्यवस्थापन हुन जरुरी छ । हिमामा पालिका स्तरी उद्दार टोली पनि बनाउदै छौ । विपद व्यवस्थापनका बजेट बढाउने सोचमा छौ ।”

यता तातोपानीका अध्यक्ष नन्द प्रसाद चौलागाईले विपद व्यवस्थापनले आफ्नो पालिकाले ४५ लाख छुटाइको बताउनुभयो । आठै पालिका र प्रहरी प्रशासनको सहकार्य बिना विपद जोखिम न्युनिकरण सम्भव नरहेको हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।

नागरिक अगुवा राज बहादुर महतले बाढी पहिरो,सडकअबरुद्ध,खाद्यन्न आपुर्ति, पुर्नस्थापना,उपचार लगायतका राहत उद्दारका कार्य छिटो छरितो गर्नका लागि सडक,खाद्य,स्वास्थ्य,कृषि लगायतका सरोकारवाला निकाय तैनाथ हुनु पर्ने सुझाब दिनुभयो ।

प्रशासनले दियो ५९ लाखको राहत
जिल्ला प्रशासन कार्यालय जुम्लाले चालु आवमा झण्डै ५९ लाख बढी राहत वितरण गरेको छ । बाढी पहिरो,आगलागी जस्ता विपदबाट प्रभावित तथा कोभिड प्रभावितहरुलाई प्रशासनले चालु आवमा करिब ५९ लाख ३० हजार बढी राहत वितरण गरेको हो ।

जुम्लामा चालु आवको हाल सम्म बाढी पहिरो र आगलागीमा परी मृत्यु भएका ११ जनाको मृत्यु भएको छ । मृत्यु भएका ११ जनाको घर परिवारलाई प्रशासनको विपद व्यवस्गापन कोषबाट १९ लाख राहत वितरण गरिएको प्रमुख जिल्ला अधिकारी विजया कुमारी प्रसाईले बताउनुभयो ।

सोमबार विपदको बैठकमा प्रजिअ प्रसाईले अन्य हिउँ पहिरोमा परेका,बाढीमा परेका विपद प्रभावितलाई भने १५ लाख ३० हजार गरि जम्मा ३४ लाख ३० हजार राहत वितरण गरिएको उहाँको भनाई छ ।

त्यस्तै पहिलो र दोस्रो र तेस्रो लहरको कोभिडबाट मृत्यु भएकालाई परिवालाई २५ लाख राहत वितरण गरिएको छ । भने यसरी विपद र कोभिड प्रभावितहरुलाई गरी जम्मा ५९ लाख ३० हजार राहत उपलब्ध गराइएको हो ।

साथै विपद व्यवस्थापनको टोलीले चालु आवको हाल सम्म १३ वटा आगलागीका घटनामा नियन्त्रण,५ वटा विपद उद्दारको सिमुलेसन,हिउँमा फसेको उद्दार,कोभिड रोकथाम नियन्त्रण लगायका काम गरेको छ ।

आगामी दिनमा स्थानीय तहको विपद प्रतिकार्य योजना बनाउनु पर्ने,प्रभावकारी समन्वय गर्नु पर्ने,विपद उद्दार सामाग्रीको व्यवस्थापन,सचेतना अभिबृद्दि,स्थानीयतहमा एम्बुलेन्स र दमकलको व्यवस्थापन,जनशक्ति परिचालन,विपद कोष स्थापना र कार्यान्वयन गर्ने आठै स्थानीयतहले प्रमुखले प्रतिबद्धता गरेका छन् ।

भकारी परियोजनाका विपद सल्लाहकार टिकाराम खड्काले जुम्लामा आठ पालिका मध्य तिला र तातोपानीको मात्रै आपतकालिन विपद व्यवस्थापन कोष संचालन कार्यविधि २०७८ बनेको बताउनुभयो ।

अन्य ६ पालिकाको विपद व्यवस्थापन कोष संचालन कार्यविधि बन्न बाँकी छ । नदी नियन्त्रण रोक्नु पर्ने,डोजरे विकास अन्त्य गर्नुपर्ने,बृक्षा रोपण गर्नु पर्ने र विपदमा पूर्वतयारीको ठोस योजना बनाई सतर्क हुनु पर्नेका जुम्लाका राजनीति दलको सुझाब छ ।

प्रतिक्रिया दिनुहोस