पातारासीकाे बागजाले पाटनमा चट्याङ पर्दा ८० भेडा मरे,३ सय भेडा बेपत्ता 

जुम्ला ।  पातारासी गाउँपालिकाकाे बागजाले पाटनमा चट्यांङ पर्दा ८० भेडा मरेका छन् । चट्याँङ पर्दा पाटनमा राखिएका पाँच जना किसानका ८० भेडा मरेका हुन् । भने झण्डै ३ सय भेडा हराएका छन् । शुक्रबार दिउँसो ३ बजेतिर बागजाले पाटनमा चट्यांङ पर्दा  पातारासी गाउँपालिका-४ लुम गाउँका ५ जना कृषकका ८० भेडा मरेकाे प्रहरी चाैकी डिल्लीचाैरका प्रमुख बद्री साउदले बताए ।
उनका अनुसार बागजाले पाटनमा रहेका जम्मा ३ सय ८० वटा भेडामध्य ८० वटा भेडा मरेकाे र बाँकि ३ सय भेडा बेपत्ता रहेका छन् । जसमा पातारासी ४ लुम निवासी किसान जाेरा राेकाया जम्मा  ६० भेडामध्य १८ भेडा मरेका छन् भने, ४२ भेडा हराईरहेका छन् । त्यस्तै कृर्षक राम ब रेउले जम्मा १ सय ७० भेडामध्य २२ भेडा मरेका छन् । १ सय ४८ भेडा बेपत्ता भएकाे प्रहरी सहायक निरिक्षक साउदले जानकारी दिए ।
साथै,शंकर नेपालीका २० भेडामध्य १० मरेकाे र १० भेडा भेटिएका छैनन् । धर्म रेउलेका ६० भेडामध्य २० मरेकाे र  ४० भेडा हराईरहेका छन् । भने लुमकै कृर्षक मान ब राेकायाका जम्मा ७० भेडामध्य १० भेडा मरेकाे र  ६० वटा भेडा बेपत्ता रहेका छन् । प्रहरीकाे तथ्यांक अनुसार पाँच जना किसानका ३ सय ८० भेडा मध्य ८०भेडा  पाटनमै मरेकाे अबस्थामा भेटिएका छन् । भने ३ सय भेडा हराईरहेका छन् ।
अप्ठ्यारो भीरका कारण हराएका भेडाकाे खोजतलास गर्न कठिनाइ भएको पातारासी गाउँपालिका पशु शाखाका प्राविधिक हरि कामीले बताए । उनका अनुसार किसानले बिमा नगरेका कारण ठुलाे क्षति व्यवहाेरेका छन् । खाेज तलास जारी भएपनि सबै मरिसकेकाे हुन सक्ने किसानकाे अनुमान छ ।
३ सय ८० भेडा मर्दा अनुमाति १० देखि १५ हजारकाे दरले हिसाब गर्दा झण्डै ४ कराेड बढीकाे क्षति  हुन आउँछ । यदपि, घटनाकाे एकिन विवरण सहितकाे मुचुल्का आउन बाँकि छ ।
प्रतिक्रिया दिनुहोस