शुद्ध खानेपानीले सुडिवासीको जीवनमा परिवर्तन ल्यायो

खानेपानीबाट शिक्षा, स्वाथ्य र सरसफाइमा पहुँच बृद्धि भएको छ ः स्थानीय सरकार
                                                                                                                                                                                                                            भीम कसिँगर
कुनै बेला पानी नपाएर सुख्खा बन्ने जमीन अनि भोकगरीको पीडा, मैलिएका लुगा, फाटेका अनुहारहरु र घण्टौं पानीको धारोमा पर्खिएर खर्चिएको समय अनि पानी अभावका कारणले छट्पटी रहेको स्मण दुइ वर्षयता सुडिबासीको मानसपटलबाट हराउँदै गएको छ । २०७७ सालमा एक घर एक धारोको अवधारणा अनुसार अनुकुलन कोषको आर्थिक सहयोग, नेपाल सरकार, वन तथा वातावरण मन्त्रालय र विश्व खाद्यकार्यक्रमको साझेदारीमा साझेदारी सहयोग केन्द्र पेस नेपालले संचालन गरेको नेपालको कर्णाली क्षेत्रको खाद्य उत्पादन तथा खाद्य सुरक्षामा जलबायु परिवर्तनद्धारा सिर्जित चुनौति अनुकुलन परियोजना (ऋब्ँक्(प्बचलबष्)ि मार्फत ८४, ८५, ५१७ रकमको लागतमा । १०८ धारा बने पछि विगतका पानीको पीडादायिक कथा सकिएको हो ।
अवस्थितिको हिसाबले पृथ्वीको उत्तरी गोलार्दतिर फर्किएर विहानै घामताप्ने भूमि तिला गाउँपालिका वडा नं. ६ मासुडिगाउँ अवस्थित छ । यो वस्ति तिला गाउँपालिकाको मुटु डुण्डेली देखि करिब १६ किलो मिटर दक्षिण पूर्वमापर्दछ । तिला गाउँपालिकाको मुटु डुण्डेली भने कर्णाली राजमार्गमा पर्दछ । विहानै तातोलाग्ने त्यो गाउँमा आजकाल प्राय सबै समयमा हरीयो देखिन्छ ।
गाउँमा पानी ल्याउनु पूर्वको इतिहास भने दर्दानात्मक छ । जुम्ला स्थित एक अनलाइन पेपर (क्याफ्स कर्णालीको स्रोत प्रयोग गरी) लेख्छ २ घण्टा लामो जंगलको बाटो पारगरेर डुठा भन्ने स्थानबाट एक गाग्री पानी ल्याउने तिला गाउँ पालिका वडा नं. ६ कि सुडी निवासी ६७ वर्षिया लडु रावत र उनका बच्चाहरु आजकाल घरको आगनमै पानी भर्न पाए पछि जीवनमा खुशीको रौनक आएको महसुस गरेकाछन् ।“खुशी त त्यतिबेला आउँछ जतिबेला आफै हास्ने र खुशीहुने मन लाग्दछ” उनको हर्षको भनाइ हो यो । उनले पानी ल्याउँन जाँदाको इतिहाँस खोदलिन् “पानी भरेर घर फर्किदा दुइचिलिम तुमख (दुइ घण्टा) खान्जेल पर्खिनु पथ्यो, पानी परेको बेला त कतिका हात, खुट्टा र ढाड नै चोट लागेर उपचार गरेका थिए ।”
त्यो पेपर अगाडी लेख्छ २ वर्ष अगाडी उनको गाउँमा खानेपानीको कुनै पनि सुविधा थिएन । गाउँलेहरु गाउँ देखि टाढा लामो जंगलको बाटो छिचोलेर पानील्याउँदा जंगलीजनावरबाट भयभित हुने गरेका थिए । ठूला मानिसहरुको काम र समय बरवाद हुन्थ्यो अझ त विद्यालयका बालबालिकाहरुले समयमा नै विद्यालय जान नपाएर घरमै बस्थे । कतिले त पानीकै कारणले विद्यालयको मुख नै देख्न पाएनन । “कतिखेर कुन जंगलीजनावरले के गर्नेहो भन्ने थाहाँ नै थिएन” स्थानीय समाजसेवी राम बहादुर रावतले थपे । उनका अनुसार “घर घरमा आएको पानीले बालबालिकाको पढाइमात्र होइन प्रत्येक कुडियाको २० मिनेट बचेको छ र ताजा र सुद्ध खानेपानी खान पाएकाछन् । सरसफाइ गर्न पाएकाछन् ।”
पानी गाउँमा ल्याउनु पर्दछ भन्ने मान्यताका साथ उपभोक्ता समितिको अध्यक्षको रुपमा काम गरेका मुन बहादुर रावत भन्छन् पानीको स्रोत नभए पछि ९ किलो मिटर टाढा वडाबथानबाट पानी ल्याउन पेस नेपाललाई आग्रह गर्यौं । खानेपानीको परीक्षण गरियो । खान योग्य भए पछि हाम्रो आग्रह सुनेर वडाबथान खानेपानी आयोजनाको निर्माण गरियो । आयोजना ८४,८५,५१७ रकमको लागतमा निर्माण भयो । गाउँका प्रत्येक कामदारले ५७ हजार रुपैंया कमाए र पानी पनि आन पाए । तर हामीलाई यतिटाढाबाट पानी ल्याएर खान पाइन्छ जस्तो लागेको थिएन । पेस नेपालको अनुभवी प्राविधिकहरु र लागत दक्षताले नै यो योजनाको निर्माण भएको थियो । अहिले हाम्रा प्रत्येक घरमा पानी खान पाएकाछौं । फोहोरका कारणले लाग्ने रोग, पानीकै कारणले भएको बालबालिकाको विद्यालयमा अनुपस्थिति र शौचालयको अभावबाट मुक्ती पाइएको छ ।
तिला गाउँपालिकामा १७२२ घरधुरी छ त्यो मध्ये ९७ घरधुरी सुुडिमा रहेको छ । जनसंख्याको हिसाबले हेर्दा १००२५ मध्ये ६६४ जना त्यो बस्तिमाबस्तछन् जुन जनसंख्यामा महिलाको ४९११ मधये ३२७ र पुरुषको ५११४ मध्ये ३३७ रहेकोछ । ती मध्ये ३११ जना त १६ वर्ष मुनीका बालबालिका मात्रै छन् । सम्पन्नता स्तरीकरणको विश्लेषण अनुसार क वर्गमा ३२ घरधुरी, ख वर्गमा ५१ घरधुरी र ग वर्गमा १४ घरधुरी रहेकाछन् ।
१०८ धारा प्रत्येक घरघरमा छट्कीए पछि विभिन्न क्षेत्रका जानकारहरुले सुडिवासीको इतिहाँस परिवर्तन भएको बताएकाछन् ।
रुघाखोकी, आउँ, झाडाबान्ताका कारणले आगन भरी विछ्याइएका ओछ्यानहरु र मर्दा तुल र गजिनो समेत हाल्न नपाएका सम्झनाले सताउने गरेको बताउने सुडी स्वास्थ्य चौकीका इन्चार्ज किरण सिह हिजोको २ वर्ष यता रुघाखोकी सामान्य र झाडाबान्ता बन्दभएको बताउछन् । रुघाखोकी र झाडाबान्ताका कारणले मृत्यु भएमा तुल गजिनो सहितको झकिझकाउ लास र लास बोक्ने चौपल (डाणी) लाई सजाउने हो भने काल पल्कीन्छ भन्ने मान्यताले तुल र गजिनो नगरी हेलाको रुपमा लास फाल्ने चलनका कारणले तुल गजिनो नहाल्ने सामाजिक परम्परा रहेको उनी बताउछन् । अनि थप्छन् त्यो परम्परालाई अव सुडीबासीले व्यहोर्नु पर्ने छैन । हिजो झाडाबान्ता, आउँ, दम र रुघाखोकी जस्ता छिटो सर्ने सरुवा रोगको कारणले मानिसहरुमा सक्रमण हुने गर्दथ्यो । घरघरमा चर्पिको व्यवस्था थिएन । महिलिएर गन्धआउने लुगा फाटो पनि पखाल्ने पानी थिएन त्यसैले रोगी हुन्थे र रोगको शिकार हुन्थे । आज ती सबको अन्त भएको छ ।
महिला स्वयम सेविका मुनी रावत को भनाइ पछि उस्तैछ । उनी भन्छन्् धार्मिकअतिवादीको रुपमा रहेको यो गाउँमा महिनावारीलाई अति छोइछिटोको रुपमा लिने गर्दछ् र आज पनि अवशेष छ । महिनावारी भएको बेलामा महिलाहरुले प्याडको प्रयोग गर्दैनथे । त्यसतो व्यवस्था पनि थिएन । सरसफाइ गर्ने गाउँतलको तुरतुरेधारो थियो । त्यहाँ खानेपानी नै पुग्दैनथ्यो र पानी भर्दै दिनजान्थ्यो । कतिखेर त ननुहाएर गोठमै फर्किनु पर्दथ्यो । त्यसको लागि पनि झगडा गर्नु पर्दथ्यो । आँग खस्ने र यौन रोगको समस्याले सताएको थियो । तर आजकाल अरुबेथा भए पनि सरसफाइ जतिखेर पनि राम्ररी गर्न पाईएको छ ।
लामो समय देखि विद्यालयका प्रधानाध्यापक भएर शैक्षिक अवस्था बुझेका झुपे रावत विद्यालयको इतिहाँसलाई खुलेर बताउछन् र भन्छन् पानीकै कारणले धेरै बालबालिका शिक्षाको उज्यालो घामबाट बञ्चित हुनुपर्यो । पानी लिनकै लागि धारोमा रित्ताभाडाहरु भर्न लाइनमा कुर्नु परेको थियो । जसको कारणले उनीहरु विद्यालय जान पाएका थिएनन् । हुन त नजिकै विद्यालय छ तर पढ्न जाने फुर्सद हुन्थेन । सुडिगाउँमा पानी अभावकै कारणले विद्यालयमा बालबालिकाको उपस्थितिमा कमी हुने गरेको थियो । सिकाई अभिबृद्धि दर त सुन्नै नसकिने अवस्थामा कमजोर रहेको थियो । विशेष गरी बालिकाहरु त पानीकै लागि धारोमा नै दिन वितेका सम्झनाहरु आउने गरेका छन् । त्यसै कारणले बालबालिकाको शैक्षिक अवस्था कमजोर भएको थियो । आज विद्यालयमा नियमितता, उपस्थिति र सिकाई अभिबृद्धिदर एकदम उच्चरहेको छ । जसको श्रेय भनेकै घरघरमा पानीको धारा हो । उनिहरुको लुगाफाटो पनि सफा र स्वच्छ रहेको छ । शरीरमा फोहर छैन । ट्वाइलेट सफा छन् र पानीको छताछुल्ल छ ।
यो गाउँमा पानी अभावकै कारणले झाडाबान्ता र हैजाको विगविकीथियो । प्राय मौसम परिवर्तन हुने जेठ असार र असोज कार्तिकको समयमा हैजा र झाडाबान्ता पर्थे । त्यो समय यस गाउँको लागि कालको समय पनि हुन्थ्यो । ८० वर्षिय रामसिँ रावतले विगत बताए । पानीको धारो घरमा छट्कीए पछि उनी भन्छन् हामीले हाम्रो गाउँमा रोगजाला र पानी खाएर स्वस्थ बन्न पाइएला भन्ने कुरा सोच्न पनि सकेका थिएनौ ।
राति आँखा नदेख्नेहरुको पनि संख्या निक्कै थियो । उनीहरु आँखा देख्नकै लागि मार्सिचामलको चौलानी तयार गर्न बजार पुग्नु पर्दथ्यो । राति अंध्यारो भएको बेलामा रतन्धो लागेको मानिसलाई थाहाँ नदिएर आँखामा छर्केपछि आँखा देखिन्छ भन्ने मान्यता थियो । तर त्यसो रहेन छ । आज पानीकै कारणले घरघरमा करेसाबारी र हरियो सागसब्जीको प्रयोगले राति आँखानदेख्नेहरुको संख्या घटेको छ । भिटामिन ए पाए पछि रतन्धो रोगबाट मुक्त भएकाहुन् । अनमि सप्तकन्या उपाध्यायले बताइन् ।
तिला गाउँपालिकाको नजरमा पनि सुडिगाउको आर्थिक, धार्मिक, सामाजिक, शैक्षिक र स्वास्थ्य तथा सरसफाइको गुणस्तर बढेको देखिन्छ । लेख्य तथ्याँकको संकलन भइरहदा पालिकाका प्रमुख प्रशासकीय अधिकृत मीन बहादुर रावलले भने सुडिबासीमा अव खानेपानी, सरसफाइ, शैक्षिक उवन्नती र रोगव्याधीको समस्या देखिदैन अव उनीहरुमा स्थायी आम्दानी, विजुली र सडकको आवश्यकता रहेको छ ।

प्रतिक्रिया दिनुहोस