विकासका लागि रचनात्मक प्रतिपक्ष र उर्जाशील यूवाको खाँचोः मुख्यमन्त्री शाही

जुम्ला , १९ असार ।  कर्णाली प्रदेश मुख्यमन्त्री जीवन बहादुर शाहीले विकासका लागि रचनात्मक प्रतिपक्षको खाँचो रहेको बताउनुभयो । उर्जाशील यूवा रु रचनात्मक प्रतिपक्ष नभई अपेक्षित विकास नहुने मुख्यमन्त्री शाहीले उल्लेख गर्नुभयो ।

नमुना यूवा प्रदेश सभा अभ्यास कार्यक्रमको समापनमा बोल्दै मुख्यमन्त्री शाहीले भन्नुभयो, “प्रतिपक्षले राम्रो कामको पनि रोष्ट्रम घेरेर,नारा लगाएर विरोध गर्ने र सत्ता पक्षले नराम्रो कामको पनि ताली बजाउदै समर्थन गर्ने गलत संसदीय अभ्यास,प्रणाली र परम्पराका कारण संघ प्रदेशले अपेक्षाकृत विकास गर्न नसकेको हो । त्यसैले अब रचनात्मक प्रतिपक्षको भुमिका निभाउने संसदीय प्रणालीको विकास जरुरी छ ।”

नमुना यूवा प्रदेश सभा अभ्यास कार्यक्रमले भविष्यमा रचनात्मक प्रतिपक्ष आबश्यकतालाई झल्काउने र समग्रमा यूवा शसक्तिकरण,क्षामता विकास,संसदीय प्रणालीको ज्ञान,नीति निर्माणका प्रक्रिया,राजनीतिमा यूवा सहभागिता र विकासमा यूवाको भुमिका लगायतका विषयमा कर्णालीका यूवा पोख्त भएको विश्वास व्यक्त गर्नुभयो ।

उहाँले थप्नुभयो,“हिजो काँग्रेस संघ देखि प्रदेशमा प्रतिपक्ष थियो । त्यतिबेला खुबै विरोध गरियो मैलै पनि गरे । अहिले प्रदेशदेखि संघमा काँग्रेस सत्तामा हुँदा समर्थन गरिरहेका छौ । यो पद्धती गलत रहेछ । सत्तामा हुँदा कालोलाई गोरो गोरोलाई कालो भन्नु जनताको मतको बेवास्ता गर्नु पनि हो । त्यसैले रचनात्मक प्रतिपक्ष सहितको संसदीय प्रणालीको विकासमा यूवा जाग्न जरुरी छ ।”
६ “ब” मा प्रथामिकता
कर्णालीको समृद्धीका लागि ६ वटा “ब”को विकासलाई मुख्य प्रथामिकता दिएको छु । मुख्यमन्त्री शाहीले भन्नुभयो,“बाटो,विजुली,वन,बजार,विचार,व्यवस्थापन” यी ६ वटा “ब” को विकास नभई कर्णाली समृद्ध हुन्न । माथि उल्लेखीत सबै क्षेत्रमा यूवाको अर्थपुर्ण सहभगिता आबश्यक छ । त्यसका लागि यूवा आफै पनि जागरुक हुन जरुरी छ ।”

कार्यक्रममा कर्णालीका १० वटै जिल्लाबाट ४० जना बढी यूवा सहभागी थिए । कार्यक्रमले संसदीय प्रणालीका विषयमा धेरै कुराको ज्ञान प्राप्त हुनुका साथै क्षामता विकासमा समेत टेवा पुगेको सहभागी यूवा सावित्री भट्टराईले बताउनुभयो ।

सामाजिक विकास मन्त्रालयका सचिव कृष्ण प्रसाद काफ्लले यूवाको शक्तिकरण बिना देश बिना नहुने मनसायले कर्णालीको समृद्धीका लागि यस्ता तालिम गरिएको बताउनुभयो । संघिय नमुना यूवा सभा अभ्यासका लागि सहभागीबाट ७ जना छनोट गरिने संघमा पठाईने छ ।

प्रशिक्षक प्रकाश उपाध्यायले कर्णालीका यूवा नेतृत्व र विकासका लागि अग्रसर देखिएकोले प्रदेश सरकारले यूवामैत्री नीति निर्माणमा जोड दिनु पर्ने सुझाब दिनुभयो । पालिकास्तरमा पनि नमुना गाउँ नगरसभा संचालन गरी यूवा शसक्तीकरणमा जोड दिनु पर्ने उहाँको भनाई छ ।

फोटो क्याप्सनः कार्यक्रमपछि सामुहिक फोटो खिच्दै मुख्यमन्त्री । तस्बिर सागर परियार ।

प्रतिक्रिया दिनुहोस