विपद् जोखिम कम गर्न सुसुचित पत्रकारितामा जोड

                                                                              सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले विपद जोखिम न्युनिकरण तथा विपद व्यवस्थापनका लागि सुसुचित पत्रकारिता आबश्यक रहेको बताए । विपदका घटना भईसकेपछि सूचना दिने,त्रासपुर्ण समचार संप्रेषण गर्ने भन्दा विपद पुर्वतयारी तथा नागरिकलाई सचेत,सर्तक बनाउने खालको सुसुचित पत्रकारितामा जोड दिनु पर्ने उल्लेख गरे ।

प्रदेशस्तरीय विपद व्यवस्थापनमा आधारित पत्रकारिता तालिमको उद्घाटन गर्दै मुख्यमन्त्री शाहीले विपद जोखिम न्यनिकरण, पुर्वतयारी र सडक सुरक्षा,राहत उद्दार र पुर्नस्थापनाका लागि कर्णाली प्रदेश सरकार तयार रहेको बताए ।

उनले भने,“तर्साउने खालको पत्रकारिताले समाज त्रसित हुँदै छ । घटना घटिसकेपछि मात्रै समचार लेख्ने संस्कार छ । हामीले पुर्वजानकारी,सूचना दिने सुसुचित पत्रकारिता गरे मात्रै भुईचालो,प्राकृतिक प्रकोपबाट जनधनको क्षति रोक्न सकिन्छ । त्यसतर्फ कर्णालीको पत्रकारिता केन्द्रित हुनुपर्छ ।”

मुख्यमन्त्रि शाहीले थपे,“गाउँमा एक वडाध्यक्को १ वटा डोजर छ । वातावरण प्रभाव मुल्यांकन बिना सडक खनिएको छ । यसले गर्दा बाढि पहिरो आउने, पानीका मुहान सुक्ने लगायतका समस्या छन् । कर्णालीको पत्रकारिता अब त्यस्ता विषयमा सुसुचित गराउन आबश्यक छ ।”

आन्तरिक मामिला तथा कानुन मन्त्री हिम बहादुर शाहीले मनसुन भित्रिए संग सतर्कता अपाउन जरुरी रहेको बताए । उनका अनुसार मानव जीवनमा विपदको प्रतिकार आबश्यक रहेको र भविष्यमा आई पर्ने विपद पूर्वतयारिका लागि जोड दिन जरुरी छ । विपदबाट हुनेजनधनको क्षति न्युनिकरण गर्न विपद पत्रकारितामा विशेष जोड दिनुपर्छ । विपद पुर्वतयारि सतर्कताका लागि पत्रकार जगतको अमुल्य योगदान रहेको उल्लेख गरे ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आयोजना,यूरोपियन यूनियनको आर्थिक सहयोग,यूएनडीपीको प्राविधिक सहयोगमा संचालित शहरी विपद् तथा भुकम्पीय पूर्व तयारी प्रतिकार्य (सुपर) परियोजना तथा सांसद सहयोग कार्यक्रमको समन्वय र पत्रकार महासंघ कर्णाली प्रदेशको सहकार्यमा तालिमको आयोजना गरिएको हो । तालिमा कर्णालीका ३० जना पत्रकारको सहभागिता रहेको छ ।

प्रतिक्रिया दिनुहोस