विकास र सेवा प्रवाहमा हिमालाई नमुना पालिका बनाउछौः अध्यक्ष शाही

जुम्ला ।  हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले शिक्षा,स्वास्थ्य,सडक,कृषि पर्यटनको पूर्वाधार विकास र चुस्त छिटो छरितो सेवा प्रवाहमा हिमालाई नमुना गाउँपालिका बनाउने बताए । सबैको साथ सहयोगले विकास र सेवा प्रवाहम हिमालाई जिल्लाकै नमुना पालिका बनाईने उनको भनाई छ ।

बुधबार हिमा गाउँपालिका वडा नं. ७ को नव निर्मित भवनको उद्घाटन गर्दै अध्यक्ष शाहीले भने,“गाउँमा ठडिएका भौतिक सिंहदबारले सेवामा पनि सिंहदरबार झल्काउनु पर्छ । पूर्वाधार विकास र सेवा प्रवाह शैक्षिक गुणस्तरमा जिल्लाकै नमुना पालिका हिमा बनाउने अभियानमा छौ । निशुल्क स्वास्थ्य शिक्षा र आबश्यकता मुखी विकासमालाई अघि बढाउँछौ । सबैको साथको खाँचो छ ।”

नमुना र समृद्ध हिमा बनाउन र आम नागरिकलाई संघियताको महसुशीकरण दिलाउन आफ्ना चुनावी घोषणा पत्रको अक्षरंश पालाना समेत गर्ने प्रतिबद्धता गरे ।
सिंहदरबारको अधिकार गाउँगाउँ,घरघर र टोल टोलमा ल्याउन लागू भएको संघियता कार्यान्वयनले गति लिदै गएकोले यसलाई थप सुदृढीकरण गर्ने अभिभारालाई कुशसलता पुर्वक कुनै पूर्बाग्राहि नराखी काम गर्ने समेत प्रतिबद्धता गरे ।

 

हिमा सरकारले निशुल्क एम्बुलेन्स सेवा र शिक्षामा आमूल परिवर्तन ल्याउन बजेटमा पहिलो प्रथामिकता दिएको समेत बताए । भने आगामी साउनबाट हिमा प्रत्यक नागरिकले निुशल्क स्वास्थ्य बिमाको सेवा लिन पाउने जारकारी दिए ।

संरचनाको दिगो संरक्षण तथा प्रर्बधनमा नागरिकले सहयोग गर्नुपर्नेमा उपाध्यक्ष सुर्पना शाहीले जोड दिईन् । वडामा सेवा पाए नपाएको विषयामा विकासमा अनियमितता नभएको सवालमा पालिकामा सुझाब दिन समेत आग्रह गरिन् ।

वडा नं. ७ को भवन पालिकाको १ करोड ५६ लाख लागतमा (आर एन वि विल्डस्) निर्माण कम्पनीले भवन निर्माण गरेको हिमा गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रण बहादुर बुढाले बताए । उनका अनुसार भवन निर्माण पश्चात ७ नम्बर वडाबासी छिटो सेवा पाउने छन् । भवन बनाउन ४ जना जग्ग धनीले जगा दिएका थिए उनीलाई बुधबार सम्मान गरिएको छ । जसमा जग्गा धनी (जौला शाहि, ऐन बहादुर शाही,गंग बहादुर शाही र सविता शाहि) लाई सम्मान गरिएको हो ।

वडा नं. ७ का वडाध्यक्ष विक्रम बहादुर शाहीले सिंह दरबारको अधिकार गाउँ गाउँ,घरघर र टोल टोलमा पुराउन लागु भएको संघियता कार्यान्वयनले गति लिदै गएको उल्लेख गरे । त्यसको उदाहरण हिमाका गाउँमा गाउँमा ठडिएका सिंहदबार(नुमना भवन)हरु पनि हुन् । अब सेवा प्रवाहमा सिंहदबार झल्काउने बेला आएकोले नागरिकको सेवामा हिमा तैनाथ रहेको उनको भनाई छ ।

तर जुम्लाको हिमा गाउँपालिकाका ७ वटा वडामध्य ४ वटा वडामा सुविधा सम्पन्न भवन निर्माण भएका छन् । दुर्गम गाउँका नागरिकलाई सजह,सरल छिटो र छरितो सेवा प्रवाह गर्न पालिकाले ४ वटा वडामा नयाँ पक्की भवन निर्माण गरी संचालनमा ल्याएको छ । भने, वडा नं.१,५ र ६ का कार्यालय गाविस भवनमा संचालित छन् ।
गाउँपालिकाको प्रशासकिय भवन ढिलोमा पाँच वर्ष र वडा १,५ र ६ को वडा भवन ढिलोमा २ वर्षमा निर्माण गरी सक्ने अध्यक्ष शाहीले दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस