जुम्ला पूर्वाधारको ३ वर्षे प्रगतीः ३ बहुवषिर्य योजनाले गती लिदै,१२८ किमी सडक निर्माण,२१ किमी ग्राबेल

जुम्ला । पूर्वाधार विकास कार्यालय जुम्लाले वितेको तीन वर्षमा झण्डै १ सय २८ किलोमिटर नयाँ सडकको ट्रयाक निर्माण गरेको छ । आव २०७६र७७ देखि ०७८÷७९ को सम्मको तीन वर्षेको अवधिमा १ सय २८ किमी सडकको नयाँ ट्रयाक खोलिएको हो ।

जसमा गत आव २०७८÷७९ मा पूर्वाधार विकास कार्यालयले १८ किलोमिटर सडकको नयाँ ट्रयाक खोलिएको छ । भने आव २०७६÷७७ मा ६१ किमी, आव २०७७÷७८ मा ४९ किमी गरी तीन वर्षमा जम्मा १ सय २८ किमी नयाँ सडक ट्रयाक खोलिएको पूर्वाधार कार्यालयका प्रमुख ओलीले जानकारी दिए ।

उहाँका अनुसार तीन वर्षमा २१ किमी सडक ग्राबेल गरिएको छ । जसमा गत आव २०७८÷७९ मा मात्रै १० किमी सडक ग्राबेल भएको हो । भने बाँकी ११ किमी सडक विगतका वर्षमा ग्राबेल भएको थियो ।

साथै गत आवमा पूर्वाधार विकास कार्यालयले २ सय ८० वटा जनता आवासका घर निर्माण गरिएको छ । जसमा आव २०७६÷७७ मा ३० र २०७८÷७९ मा २ सय ५० गरी २सय ८० जनता आवासका घर निर्माण भएका हुन् ।

तीन वर्षमा ५ वटा झुलंगे पुल निर्माण भएका छन् । भने, सडक पक्की अन्तरर्गत तीन वर्षमा ४ वटा पुल सडक निर्माण भएका छन् । गत आवमा निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तरर्गत छनोट ३३ योजना सम्पन्न भई सकेका छन् ।

पूर्वाधार विकास टुक्रे योजना चुनौती
पूर्वाधार विकास कार्यालय जुम्लाले गत आवमा विकास बजेट लक्ष्य अनुसार खर्च सकेको छैन् । संघ सर्शत र प्रदेश समानीकरण बाट पूर्वाधार कार्यालयलाई प्राप्त कुल ५० करोड ३२ लाख ३२ हजार मध्य असार मसान्त सम्म २६ करोड ८ लाख ७० हजार अर्थात ५१.८३ प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

चालु तर्फ विनियोजित १ करोड १६ लाख ६३ हजार मध्य ८० लाख ९० हजार अर्थात ६८.७ प्रतिशत चालु खर्च भएको छ ।
जसमा पुँजीगत तर्फ विनियोजित कुल ४९ करोड १५ लाख ५९ हजार मध्य आवको अन्त्य सम्म जम्मा २५ करोड २८ लाख ६१ हजार अर्थात ५१.४३ प्रतिशत मात्रै विकास बजेट खर्च भएको छ ।

गत आवमा विकास बजेट लक्ष्य अनुसार खर्च नहुनुमा न्युन जनशक्ति,खरिद प्रक्रिया समयमै हुन नसक्नु,स्थानीयतहको निर्वाचन,समयै बजेट निकासा नहुनु,भौगोलिक विकटता,हिउँदमा काम गर्न नसक्नु लगायतका विभिन्न कारण मध्य मुख्य कारण भनेकै टुक्रे योजना हुन् ।

पूर्वाधार विकास कार्यालय कुल विनियोजित बजेट मध्य गत आवमा झण्डै २६ करोड बढी बजेट खर्च नभएर फिर्ता भएको छ । टुक्रे योजना धेरै हुनु,न्युन जनशक्ति स्थानीयतहको निर्वाचन,लगायतका कारणले विनियोजित बजेट मध्य २६ करोड बजेट ८ लाख ७० हजार फिर्ता भएको हो ।

उपभोक्ताले ६० प्रतिशत मात्रै काम गरेर सकियो भन्ने दाबी गर्दै भुक्तानी माग्ने परिपाटीले विकास बजेट लक्ष्य अनुसार खर्च नभएको हो । पूर्वाधार विकास कार्यालय जुम्लाका प्रमुख हरि बहादुर ओलीले भने,“पूर्वाधार विकासको बाधक भनेकै टुक्रे योजना हुन् । हामी बहुवर्षिय योजनामा जोड दिईरहेका छौ । तर निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रममा टुक्रे योजनाले भौतिक प्रगती सन्तोषजन भएन् । परिणामुखी काम गर्नका लागि टुक्रे योजना अन्त्य गर्नै पर्छ ।”

निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रम अन्तर्गत १० देखि १५ लाखकका झण्डै ३३ वटा योजना गत आवमा छुटाइएको थियो । जसको काम उपभोक्ताले लक्ष्य अनुसार गर्न सकेनन् । समयमै काम नगर्ने,बढीमा ६० प्रतिशत काम गरेरै खान खोज्ने प्रबृत्तिले न योजना बने नत लगानीको प्रतिफल देखियो ।

त्यसैले कर्णालीको पूर्वाधार विकासलाई गती दिन टुक्रे योजनाको अन्त्य नगरी पूर्वाधार विकासका समस्या समधान नहुने प्रमुख ओलीको भनाई छ ।
बहुवर्षिय योजना निर्माणमा बढी फोकस भएको पूर्वाधार कार्यालयलाई कृषि,जलविद्युत साना बाटो घाटोका टुक्रे योजनाले समय मात्रै बर्बाद गरेको बुझिएको छ । प्रदेशले लगानी अनुसारको प्रतिफल खोज्न टुक्रे योजना अन्त्य र ठुला लगानीका बृहत्त योजनामा ध्यान दिनुपर्ने उनको भनाई छ ।

३ वटा बहुवर्षिय योजना बन्दै
पूर्वाधार कार्यालय मातहतका तीन वटा बहुवर्षिय आयोजना निर्माण गती लिएका छन् । टुक्रे योजनाले पूर्वाधार विकासमा बाधा पुगेपनि निरन्तरको पहल,संघर्ष र प्रयासले तीन वटा बहुवर्षिय योजना निर्माणले गती लिएको प्रमुख हरि बहादुर ओली बताए ।

उनका अनुसार जुम्ला एयरपोर्ट उर्थु,खाली न्याउरीघाट बुलबुले सडकको ८५.३० प्रतिशत काम सकिएको छ । भने,जुम्ला दाँनसाघु चोत्रा काइगाउँ डोल्पा सडकको ३० प्रतिशत र जलजला गोठीज्युला,जलजला थालाचौर,गोठेलबाडा,बुडु कालाकाँडा,खत्याड जोड्ने बहुवर्षिय सडक निर्माणको भौतिक प्रगती पनि ३० प्रतिशत भएको ओलीले जानकारी दिए । भने भैसेडी पक्की पुलको पनि ठेक्का भई निर्माण भईरहेको छ ।

कनकासुन्दरीको रोकायाबाडामा रहेको २५ किलोवाटको माथिल्लो छाला जलविद्युत आयोजनाको निर्माण गरी विद्युत समेत परिक्षण भईरहेको छ । मुख्य उपलब्धीका रुपमा तीन बहुवर्षिय योजनालाई लिइएको छ ।

बजेट खर्च बढाउने प्रयास
चालु आवमा पुजिँगत बजेट खर्चलाई बढाउने अधिकतम प्रयास गरिने पूर्वाधार कार्यालय प्रमुख हरि बहादुर ओलीको भनाई छ । टुक्रे योजना अन्त्य गर्नुपर्ने बहस भएपनि चालु आवमा केहि टुक्रे योजना परेका छन् । पूर्वाधार विकासमा अपेक्षित उपलब्धी हासिल गर्न, पुजिगत बजेट खर्च बढाउन टुक्रे योजनालाई निरुत्साहित गर्नुको विकल्प छैन् ।
उनले भने,“केहि नयाँ ठुला योजना बनाउँदै छौ । बहुवर्षिय योजनालाई छिटो छरितो सम्पन्न गर्न केन्द्रित हुन्छौ । उपलब्ध जनशक्ति नियमित खटेर पनि विकासमा गुणस्तर र बजेट खर्च बढाउने लक्ष्य छ ।” यदपी, चालु आवमा पनि टुक्रे योजनाको सास्ती खेप्नु पर्ने चिन्ता पूर्वाधार कार्यालयको छ ।

प्रतिक्रिया दिनुहोस