‘दिनहुँ कोरोना सङ्क्रमित मर्न थाले, अब बुस्टर डोजलाई अनिवार्य गरौँ’

काठमाडौं , नेपालमा कोरोना सङ्क्रमण बढेसँगै प्रत्येक दिन जसो मानिसको मृत्यु भइरहेको छ । कोभिड–१९ सङ्क्रमणकै कारण आइतबार थप एक जनाको मृत्यु भएको छ । साउन महिनायता सङ्क्रमणका कारण १५ जनाको मृत्यु भएको स्वास्थ्य जनसङ्ख्या मन्त्रालयले जनाएको छ । गएको एक सातामा ९ गते अर्थात् सोमबार १ जनाको मृत्यु भएको थियो भने १० गते, २ जनाको मृत्यु भएको थियो । क्रमशः बुधबार १, बिहीबार २, शुक्रबार ३ र शनिबार २ जनाको मृत्यु भएको थियो । पछिल्लो गएको २४ घण्टामा ६२० जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने सक्रिय सङ्क्रमितको सङ्ख्या ४ हजार ५६७ पुगेको छ ।

कोरोना सङ्क्रमणका कारण देशका विभिन्न अस्पतालमा ३३ जनाको आई.सी.यूमा उपचार भइरहेको छ । भेन्टिलेटरमा ५ जनाको उपचार भइरहेको छ । यस्तै, होम आइसोलेसनमा रहेका सङ्ख्या ४ हजार ४ सय २४ रहेका छ । जसमध्ये सबैभन्दा धेरै बागमती प्रदेशमा ३ हजार २ सय १२ रहेका छन् भने सबैभन्दा कम कर्णाली प्रदेशमा ३१ जना आइसोलेसनमा रहेका छन् । यस्तै संस्थागत आइसोलेसनमा १४३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस