देशको नेतृत्व जुम्ला गर्न सक्छ भन्ने देखाउन जुम्लाबाटै चुनाव लड्छु ः शाही

जुम्ला,रापका केन्द्रीय प्रवक्ता ज्ञानेन्द्र शाहीले जुम्लाबाट निर्वाचन लड्ने घोषणा गर्नुभएको छ ।

शाहीले काठमाण्डौमा एक कार्यक्रम आयोजना गरेर आफ्नो उम्मेदवारी प्रतिनिधिसभाका लागि घोषणा गर्नुभएको हो ।

उम्मेदवारी घोषणापछि शाहीले मेरो पहिलो कर्तब्य मेरो जन्मभूमि र जन्मदिने आमा जुम्ला भएकाले जुम्लाबाट उम्मेदवारी दिनेमा जोड दिने बताउनुभयो ।

जुम्लामा न्युन मतदाता भएपनि आफ्नो मातृभुमिमै हार स्वीकारर्न तयार छु । उनले भने, एक पटक जुम्ली आमा बुबा दाजु भाईले आर्शिवाद र सहयोग गरेको खण्डमा देशकै नेतृत्व गरेर देखाउने छु । अहिले सम्मका नेतृत्वले मुलुकको नेतृत्व गर्ने सामाथ्र्य राख्न सकेनन् ।

त्यो क्षामता म राख्छु । बाइसौ चाविसौ राज्यको शक्तिसाली राज्य जुम्लाले अब नेपालकै नेतृत्व गर्ने क्षामता आँट विश्वास मैले गरेको छु । चुनावी मैदानमा हार जित स्वभाविक हो । तर मुलुकको परिवर्तनका लागि अब यूवा राजनीतिमा आउनुपर्छ भन्ने सन्देश दिन पनि मलाई सहयोग गर्नेमा आशाबादी छु ।

उहाँले आज सम्म जुम्लाको आवाज न काठमाण्डौले सुन्यो न जुम्ली जनताले आफ्नो प्रतिनिधिले यो देशको प्रतिनिधि भएको देख्न नपाएकाले आफ्नो उम्मेदवारी बरु चुनाव हारिन्छ, जितिन्छ जुम्लाबाटै उम्मेदवारी हुनेमा जोड दिनुभयो । उहाँले अन्य जिल्लाबाट पनि चुनाव लड्न अफर आएपनि जुम्लाबाटै लड्नेमा प्रष्ट गर्नुभयो ।
शाही जुम्ला सिंजा गाउँपालिका ३ निवासी हुनुहुन्छ । उहाँ सामाजिक क्षेत्रमा काम गर्दै हाल राप्रपाको केन्द्रीय प्रवक्ता हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस