ठेकेदारको आपसी बिवादले ३ वर्षदेखि ठगिए जुम्लाका ३ सय कामदार,आन्दोलनको तयारी

कनकासुन्दरी ७ रोकायाबाडामा गरिएको छलफलमा सहभागी कामदार,व्यापारी

जुुम्ला ।  ठेकेदारको लेनदेन बिवादले नाग्म–गमगडी सडक निर्माणका कामदारले विगत दुईवर्षदेखि ज्याला पाएका छैनन् । सडक निर्माण भएको तीन वर्ष बितीसक्दा पनि ज्याला नदिएर ठेकेदारले ठगेको कामदार बताउनुहुन्छ ।

नाग्म–गमगडी सडकको सिंजा १ घोडेंगादेखि कनकासुन्दरी ७ रोकायाबाडा सम्मको ६ किमी ७६० मिटर सडक स्तरबृद्धि गर्ने ठेक्का भ्याट सहित ६ करोड ७६ लाख १८ हजार १ सय ८६ रुपैयाँमा (खड्का कृष्ण निर्माण कम्पन्नी)ले ठेक्का पायो । उक्त निर्माण कम्पन्नीका प्रतिनिधि तथा ठेकेदार तातोपानी ८ का दिपक शाही हुन् ।

तर ०७६ चैत ६ गते नेपाली काँग्रेसका सभापति कर्ण बहादुर शाहीले सिंजा १ का रण बहादुर रोकायालाई फोन गरी उक्त ठेक्काको सडक निर्माणको जिम्मा अनुरोध गरे । भने, निर्माण सम्पन्नपछि आएको नाफा मध्य ६५ आफु लिने र ३५ प्रतिशत दिने मौखिक सम्झौता गरे । सोही अनुसार ठेकेदार रण बहादुर र दत्त रोकायाले सडक निर्माणको काम गरे । काम लक्ष्य अनुसार नभएपछि बीचमै विबाद भयो ।

बिवादपछि कर्ण शाही सहित काँग्रेसका नेता गुठिज्युलामा बसेर दत्त रोकायालाई ३ करोड ७० लाखमा सडक निर्माणको पुनःजिम्मा दिने सहमती भयो । उक्त सहमती अनुसार दत्त रोकायाले सडक डबल कटिङ,ग्राबेल,मेसिनरी तथा ग्यामिन पर्खाल निर्माण लगायतको काम गरे । त्यो बीचमा दिएको बिल पनि कुनै भुक्तानी नभएको रण रोकाया बताउँनुहुन्छ ।
मुख्य ठेकेदार दिपक शाही र कर्ण शाहीले काम अनुसारको पैसा नदिने र बिवाद गरेपछि ०७८ जेठपछि आफु बीचमै काम छोडेको दत्त रोकायाको भनाई छ । तर यता मुख्य ठेकेदार दिपक शाही ०७६ चैत देखि ०७८ जेठ सम्म गरेको काम अनुसारको २ करोड ९० लाख ७७ हजार भुक्तानी दिएको दाबी गर्छन् । ३ करोड ७० लाख मध्य पाउन बाँकी ७९ लाख २३ हजार हो । तर आधी काम नगरेकोले भुक्तानी नदिएको उहाँको भनाई छ ।
तर यता दत्त रोकाया अहिले सम्म आफुले २ लाख ५० हजार मात्रै पाएको र र काम अनुसार १ करोड ५१ लाख रकम भुक्तानी पाउनु पर्ने जिकिर गर्नुहून्छ । तर पुनःमुख्य ठेकेदार दिपक ०७८ असारपछि कुनै काम नगरेको ७९ लाख २३ हजार बराबरको काम आफै गरेकोले दत्त रोकाया र रण रोकायाले अब सुक्को रुपैया पनि भुक्तानी पाउन बाँकी नरहेको बताउनुभयो ।

सिंजा गाउँपालिका १ मा गरिएको छलफलमा सहभागी

ठगिए ३ सय कामदार र व्यापारी
निर्माण कम्पन्नीका प्रतिनिधि ठेकेदार दिपक शाही र काम गरेको दाबी गर्ने ठेकेदार दत्त रोकाया तथा रण बहादुर रोकायाबीच पैसा लेनदेनकै विबाद पछि जिल्ला अदालत जुम्लामा मुद्धा परेको छ । सडक डिभिजन जुम्लाका निमित्त प्रमुख विरेन्द्र रावलका अनुसार निर्माण कम्पन्नीले हाल सम्म ५ करोड ८९ लाख ३१ हजार ९ सय ६९ रुपैया ६२ पैसा भुक्तानी लिएको छ । भने अब ८६ लाख ९७ हजार ३१ रुपैया ४१ पैसा भुक्तानी लिन बाँकी छ ।

सडक स्तरबृद्धि गर्दा ठेकेदार दत्त रोकायाले सयौ कामदारलाई काम लगाएका थिए । भने दर्जनौ व्यापारीबाट निर्माण सामाग्री ल्याएका थिए । पछि दिपश शाहीले सयौ कामदार लगाए भने,व्यापारीबाट सामान पनि ल्याए । तर अहिले विबादका कारण झण्डै ३ सय बढी कामदार र दर्जनौ व्यापारीले ३ वर्षदेखि करोडौ भुक्तानी पाएका छैनन् ।
दत्त रोकायाका कामदार सिंजा २ का राजेन्द्र गिरी मेसिनरी वाला निर्माण,ग्यामिन जाली निर्माण गरे बापत साढे ६ लाख रुपैया पाउनु पर्नेमा नपाएको बताउँनुहुन्छ । त्यस्तै सिंजा १ की चन्द्रमाया रोकायाले मेसिनरीवाल निर्माणमा काम गरेको दत्त रोकायाबाट झण्डै ११ लाख पाउनु पर्नेमा तीन वर्ष बित्दा सुक्को नपाएको गुनासो गर्नुभयो । उहाँले भन्नुभभयो,“पैसा माग्दा दत्त रोकायाले कर्ण शाही र दिपक शाहीले पैसा नदिँदा दिन सकेको बताउँछन् । दुईजनाको विवादले श्रमको मुल्य पाएनौ ।”

त्यस्तै सिंजा गाउँपालिका वडा नं.१ का पृथ्थी बहादुर रोकायाले ठेकेदार दिपक शाही मार्फत सडक निर्माणको ५ हजार अहिले सम्म पाएका छैनन् । सिंजा २ का सर्जन तिरुवाले काँग्रेस सभापति कर्ण शाहीबाट १२ सय घनमिटर १६ सयका दरले ठेक्का लिई ६ सयबढी कामदार लगाएर काम सम्पन्न गरेपनि झण्डै १४ लाख भुक्तानी पाएका छैनन् । सोध्दा दिपक शाहीले मुद्धा परेका कारण पैसा होल्ड भएको खाता रोक्का भएकोले पैसा दिन नसकेको बताउने गरेको र्सजन तिरुवाले बताए । यसरी उता दत्त रोकायाले कर्ण शाही र दिपक शाही पैसा नदिएको भन्ने,यता दिपक शाहीले मुद्धा परेर खाता रोक्का छ भनेर दुई ठेकेदारको लेनदेन विवादनमा कामदार र व्यापारीलाई मार परेको छ । व्यापारीहरुले ब्याजे ऋण निकालेर तिर्नु परेको गुनासो गरेका छन् ।

मुख्य ठेकेदबार दिपक शाहीबाट प्रेम प्रसाद आर्चायले झण्डै डेढ लाख,सिंजा २ का बल बहादुर खत्रीले ५ लाख,सिंजा १ का नौलासिंह खत्री लगातय तीन जानले ९ लाख,दिपेन्द्र प्रसाद तिवारीले तेल रासन पानीको साढे ८ लाख,लगायत सयौ कामदारको ५ हजार देखि लाखौ सम्म भुक्तानी लिन बाँकी छ ।

त्यसै ठेकेदार दत्त रोकायाबाट कनकासुन्दरी ४ का हस्त बहादुर बुढाले ४ लाख, कनकासुन्दरी ४ का हाडवयर व्यवसायी मान बहादुर जिसीले १० लाख,व्यापारी हर्क बडुवालले १ लाख ५० हजार, हेन्द्र कार्कीले काम गराए बापतको भण्डै साढे २ लाख, कनकासुन्दरी ४ का हाडवयर व्यापारी लाल बहादुर बुढाले करिब ११ लाख, कनकासुन्दरी ७ की कामदार राजु रोकाया लगायत सय जना बढीले १० हजारका दरले ज्याला पाउन बाँकी छन् । यसरीले दुबै तर्फका ठेकेदारबाट ३ सय बढी कामदार दुई दर्जन बढी व्यापारीले करोडौ भुक्तानी लिन बाँकी छ ।

व्यापारी हस्त बहादुर बुढा भन्छन,“व्यवसाय धरापमा छ । ३ प्रतिशत ब्याज तिर्न बाध्य छौ । कर्ण शाहीले सिधै आँखामा छारो हाल्न खोज्यो । दत्त रोकायाले पुरा काम गरेको हो । अब दुबैको लेनदेन बिवाद होला तर कामदार र व्यापारी ठग्न पाईदैन् । तत्काल पैसा नदिए सडकनै बन्द गर्छौ । सशक्त आन्दोलन गर्छौ ।” अबको एक दुई हप्तामा भुक्तानी नपाएर सडक बन्ददेखि सशक्त आन्दोलन गर्ने व्यापारी तथा कामदारले चेतावनी पदएका छन् ।

साईट इन्चार्ज जनक शाहीले १२ देखि १५ समुहले उक्त क्षेत्रमा सडक ग्रावेल,आरसिसि,पुल निर्माण,ग्यामिन र मेसिन वाल निर्माण,होम पाइप फिटिङ लगायत थुप्रै काम गरेपनि हाल सम्म पैसा नपाएको बताउँछन् । दत्त रोकाउा र दिपक शाही विचको विबादले कामदार र व्यापारी मारमा परेका छन् ।

साईट इन्चार्ज शाहीका अनुसार ३ सय जना कामदार तथा २५ जना नाइकेले एक वर्षदेखि ज्याला पाएका छैनन् । दोस्रो पक्षले बढी पैसा पाउनु पर्छ र पहिलो पक्षले कम पाउने भन्ने विषयमा विबाद भएपछि दत्त रोकाया पक्षले जिल्ला अदालत जुम्लामा मुद्धा समेत दर्ता गरेका छन् । साथै ठेकेदार शाहीले २ वर्ष खाना खाएको ६ लाख ५० हजारको पैसा नभएको खाताको चेक दिएर गठेको पाइएको छ ।

                        रण बहादुर रोकाया

डेढ करोड पाउनु पर्ने दाबी
ठेकेदार रण बहादुर रोकायाले कर्ण शाही र दिपक शाहीबाट आफुले १ करोड ५१ लाख बजेट पाउनु पर्ने दाबी गर्नु भएको छ । बीचमा भुक्तानी माग्दा पनि नदिएको झण्डै ५ करोड २९ लाख समेत भुक्तानी ल्याई सक्दा सूक्को बजेट नदिएपछि बिवाद निम्तीएको हो ।

विश्वासका भरमा बिना कागजात काम गरेपनि अहिले नाफा खानु भन्दा काम गरेकै पैसा समेत दिएनन् । उहाँले भन्नुभयो,“हामीले पाउनु पर्ने १ करोय ५१ लाखको दाबी छ । सो विषयमा विबाद भएपछि मुद्धा पनि हालेका छौ । सयौ कामदारले ज्याला मागिरहेका छन् । सवारी भाडा दिएका छैनौ । मुख्य ठेकेदारलृ पैसा दिन मान्दैनन् । अब अन्तिम फैसला न्यायलयले गर्छ ।”

“कर्ण शाही संग पटक पटक फोन गर्दा पठाउँछु भन्दै पैसा पठाएनन् । पछि अन्तिम हिसाब गर्दा ३२ लाखको तेलको तलमाथि भयो । ७९ लाख २३ हजार बराबरको बाँकी काम गर्ने सकिना बित्तिकै भुक्तानी दिने सहमती भयो । ढिला सम्म पैसा नदिँदा चार वटा पर्खाल बन्न बाँकीनै थियो मैले काम छोडे । अन्ततः अहिले सम्म सुक्को रुपियौ नदिँदा मुद्धा प्रक्रियामा गएका हौ”,रण बहादुर रोकायाले भन्नुभयो ।

मुख्यठेकेदार ःदिपक शाही

भुक्तानी दिन सुक्को बाँकी छैन्
मुख्य ठेकेदार दिपक शाहीले काम अनुसारको २ करोड ९० लाख ७७ हजारबढी विभिन्न ठाउँमा भुक्तानी दिई सकेको बताउँछन् । बाँकी ७९ लाख २३ हजार बराबरको काम दत्तले नभइ आफुले गरेको अब भुक्तानी दिन सुक्को पनि बाँकी नरहेको उहाँको दाबी छ ।

बरु फर्जी मुद्धा हालेर भुक्तानी रोकिएको,खाता रोक्का गरेका कारण सयौ कामदार र व्यापारीको रकम भुक्तानी गर्न बाधा भएको शाहीले बताउनुभयो । उहाँले भन्नुभयो,“फर्जी मुद्धा हालिएको छ । त्यसमा सत्यता छैन् । काँग्रेस सभापति कर्ण शाहीको कुनै संलग्नता नभएपछि जोड्न खोजिएको छ । शुरुमा समन्वय विबाद हुँदा छलफलमा मात्रै सहभागी भएका हुन् । कर्ण शाहीलाई मुछ्न जरुरी छैन् ।”

ठेकेदार आफु भएकोले मुद्धा पनि आफै लड्ने जे गर्नु पर्ने आफै गर्ने तर कर्ण शाही यस विषयमा नजोडिएको ठेकेदार दिपक शाहीले स्पष्ट पार्नुभयो । यदपी यता कामदार व्यापारीहरुले भने सभापति कर्ण शाही र दिपक शाहीलेनै ठगेको आरोप लगाउदै आएका छन् ।

हाल ७५ लाख खड्का कृष्ण निर्माण कम्पन्नीको खातामा छ । अदालतको स्टे अर्डर भएपछि झण्डै १ करोड भुक्तानी लिन बाँकी उहाँको दाबी छ । साहुजी र कामदारलाई गरी करिब जम्मा २५ लाख दिन बाँकी रहेको बताउनुभयो । यसबारे सभापति शाहीको भनाई लिन खोज्दा धेरै पटक फोन गर्दा फोन उठेको छैन् ।

 

प्रतिक्रिया दिनुहोस