जुम्ला अस्पतालमा दिर्घ रोग उपचारका लागि ‘ब्रोन्कोस्कोपी’ उपचार शुरु

जुम्ला । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा पश्चिम नेपालमै पहिलो दिर्घरोगको उपचारका लागि (ब्रोन्कोस्कोपी) विशषज्ञ सेवा शुरु भएको छ । क्षयरोग,फोक्सोमा क्यान्सर,खकारमा रगत बग्ने(टिभी)रोग,क्यान्सरको शंका लागेको लगायत दिर्घ रोगीको उपचारका लागि जुम्ला अस्पतालमा सोमबारदेखि (ब्रोन्कोस्कोपी) सेवा शुरु भएको हो ।

पश्चिम नेपालकै एक मात्र छाती र आइसियू विशषज्ञ डाक्टर अनुस्मृती पालले (ब्रोन्कोस्कोपी) अर्थात क्षयरोग,फोक्सोमा क्यान्सर,खकारमा रगत बग्ने, लगायत दिर्घ रोगको विशषज्ञ उपचार गर्ने छन् । उनका अनुसार सोमबार पहिलो विरामीका रुपमा खकारमा रगत बग्ने जुम्लाका एक विरामीको सिटि स्क्यान गरी (ब्रोन्कोस्कोपी) उपचार थालिएको छ ।

डाक्टर पालले भनिन,“कर्णालीमा क्षयरोग,फोक्सोमा क्यान्सर,खकारमा रगत बग्ने रोगका विरामी बढ्दै छन् । विगतमा क्यान्सरको शंका लागेका विरामीलाई चितवन र काठमान्डौ पठाउनु पर्ने बाध्यता थियो । अब जुम्लामै सबै उपचार हुन्छ । कर्णालीका नागरिकले दिर्घ रोग पालेर बस्न पर्ने छैन् ।”

(ब्रोन्कोस्कोपी) सेवा नेपालका धेरै ठाउँमा अझै संचालित छैन् । साथै बच्चाले कलम मासुको हड्डी लगायतका केहि वस्तु घाँटी भित्र अड्काएमा पनि अब सहजै निकालिने छ । भने,क्यान्सरको परिक्षण पनि जुम्लामै हुने छ ।

विगतमा सिटि स्क्यान गर्दा क्यान्सरको शंका लागेका विरामीलाई महंगो खर्चमा माँसु जाँचका बाहिरी जिल्ला जान बाध्य थिए । सुदुरपश्चिम सहित कर्णाली प्रदेशका सबै नागरिकले जुम्लामै छाती सम्बन्धी समस्यासंगै क्यान्सर परिक्षण,खकार परिक्षण,क्षयरोगकोको सहजै उपचार पाउने कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा.मंगल रावलले बताए ।

दिर्घरोग निदानका लागि (ब्रोन्कोस्कोपी) सेवा कर्णालीमा कोशेढुंगा बन्ने पनि उपकुलपति रावलको विश्वास छ ।

कर्णाली प्रतिष्ठानका अस्पताल निर्देशक डा.राजिव शाहले सोमबारदेखि जुम्लामा (ब्रोन्कोस्कोपी) सेवा शुरु भएकोले उल्लेखीत रोगको शंका लागेका उपचार गराईरहेका विरामीलाई विशषेज्ञ उपचार गराउन आउन समेत अनुरोध गरे । धुलो धुँवा,खानपिनका कारण कर्णालीमा दिर्घ रोगका विरामी बढ्दै गएका छन् ।

प्रतिक्रिया दिनुहोस