स्याउसँगै तरकारी जन्य उत्पादन निर्यात


जुम्ला ः जुम्लामा उत्पादन हुने स्याउ, ओखर, सिमि, मार्सी धान लगायत कृषि जन्यबस्तु बाह्रय जिल्ला निर्यात हुदै आएको थियो । तर पछिल्लो समय तरकारी जन्य कृषि बस्तु पनि जिल्ला बाह्रय निर्यात हुने गरेको छ । यहाँ उत्पादन भएको आलु, भेडेखुर्सानी, काउली गोवी र टमाटर पनि निर्यात हुने गरेको छ ।
कारितास जर्मन र कारितास नेपालको आर्थिक सहयोगमा र पेस नेपाल जुम्लाको साझेदारिमा सञ्चालित एकीकृत खाद्य सुरक्षा विपद् जोखिम न्युनिकरण जलवायु अनुकुलन परियोजना सञ्चालन गरेको छ । यो परियोजनाको सहयोगमा सञ्चालित रारालिही कृषि संकलन केन्द्रले स्थानीय स्तरमा उत्पादित संकलित कृषि जन्यबस्तु दैलेख, जुम्ला, कालिकोट र मुगु जिल्लासम्म निर्यात गरेको छ ।


कृषि संकलन केन्द्रका व्यवस्थापक मान वहादुर वोहराका अनुसार ७ कुन्टल जुम्ला, १३ कुन्टल मुगु, ९ कुन्टल दैलेख, ७ कुन्टल कालिकोट र ३ कुन्टल स्थानीय रारालिही वजारमा टमाटर विक्रीवितरण गरिएको छ । यस्तै १०५ क्युन्टल स्याउ सुर्खेत र अछाममा विक्री गरी १२ लाख वरावारको कारोवार गरिएको छ ।
आलु खेती उत्पादन घटदो क्रममा रहेकोले स्थानीय आलुको उत्पादन वढाउनका लागि आइपिएम विधि मार्फत आलुवाली कृषक पाठशाला संचालन गरिएको छ । उन्नत प्रविधि र परम्पारगत प्रविधिमा आलु रोप्ने गरिन्छ । दुवै गरी पाँच सय वर्ग मिटरमा आलुखेती गरिएको परियोजना संयोजक हेमराज भट्टले बताए । उनले भने पाठशाला पेस नेपालको सर्मथनमा निर्माण भएको सुधारसिल कृषक समुहमा १६ हप्ता सम्म सञ्चालन गरिएको हो । पाठशालाको सहजिकरण स्थानीय श्रोत व्यक्ति भावना रोकायाले गर्नु भएको हो । पाठशालाको अन्तमा उन्नत प्रविधि वाट ६ कुन्टल र परम्पारगत प्रविधि मार्फत ४ कुन्टल आलु उत्पादन भएको हो । उन्नत प्रविधिबाट आलुको उत्पादनमा बृद्धि भएपछि कृषकले उन्नत प्रविधि तर्फ अग्रसर भएको उनले बताए । यो कृषक पाठशाला कनकासुन्दरी गाउपालिका ७ रोकायावाडामा सञ्चालि भएको छ ।
पाठशालामा रोगकिरावाट कसरी जोगाउने भन्ने वारेमा खेतबारीमै नै सिक्न पाएका छन् । स्थानीय जैविक विषादी निर्माण गर्ने र जैविक विषादीको वारेमा जानकारी प्राप्त गरेका छन् । पाठशालामा २४ जना समुहका सदस्यको सहभागीता रहेको छ ।

प्रतिक्रिया दिनुहोस