एसइइ परीक्षाको तयारी सम्पन्न जुम्लाबाट २७ सय बढी विद्यार्थीले परीक्षा दिदै

 

जुम्ला ः चैत ८ गतेबाट सुरु हुने एसइइ परीक्षा संचालनको तयारी पुरा भएको जिल्ला शिक्षा अधिकारी नारायण कृष्ण श्रेष्ठले बताए । उनले भने जुम्लामा संचालन हुने एसइइ परीक्षामा २ हजार ७ सय ९४ जना परीक्षार्थी सहभागी हुने छन् । १४ वटा परीक्षा केन्द्र तोकिएको जिल्ला शिक्षा कार्यालय जुम्लाले जनाएको छ ।
नियमित तर्फ छात्रा १ हजार १ सय २७ जना र छात्र १ हजार १ सय ९४ जनाले परीक्षा दिने भएका छन् भने एक्जाम्टेट तर्फ ४ सय ६८ जना रहेका छन् ।
आठ ओटा स्थानीय तहमा १४ वटा परिक्षा केन्द्र तोकिएको छ । चन्दननाथ नगरपालिका भित्र कर्णाली मावि अनामनगर, चन्दननाथ मावि खलंगा, जनता मावि महतगाउँ र रत्नचुडेश्वर मावि बोहोरागाउँमा परीक्षा केन्द्र तोकिएको छ ।
त्यसैगरी तातोपानी गाउँपालिकाको दुर्गा मावि लाम्रा, तिला गाउँपालिकाको सिता मावि रारालिहि, सरस्वती मावि कुडारी, हिमा गाउँपालिकाको कालिका मावि तलिकुडु, सिजा गाउँपालिकाको राहदेव मावि मोफ्ला, भैरव मावि नराकोट, कनकासुन्दरी गाउँपालिकाको मालिका मावि धाँपा, कनकासुन्दरी मावि लुड्कु, पातारासी गाउँपाकिाको ऋणिमोक्ष मावि डिल्लीचौर र गुठीचौर गाउँपालिकाको त्रिभुवन मावि झाज्वालामा परीक्षा केन्द्र तोकिएको विद्यालय निरिक्षक खडानन्द चौलागाईले बताए ।
एसइइ परीक्षामा चार सय २३ जनशक्ति परिचालन हुने
एसइइ परीक्षा २०७४ संचालनका लागि चार सय २३ जना जनशक्ति परिचालन हुने भएको जिल्ला शिक्षा कार्यालय जुम्लाले जनाएको छ । एक सय ३० जना परीक्षा निरिक्षक, ६४ जना परीक्षा सहायक, १५ जना सहायक परीक्षा केन्द्राध्यक्ष, १४ जना परीक्षा केन्द्राध्यक्ष र दुई सय १० जना सुरक्षाका लागि प्रहरी जवान खटाएको जनाएको छ ।
सदरमुकाम देखि टाढा रहेका परीक्षा केन्द्रमा परीक्षाका लागि आवश्यक सामाग्री परीक्षा प्रश्न पत्र उत्तर पुस्तिका सहित मंगलबार नै पठाएको विद्यालय निरिक्षक चौलागाईले बताए ।

प्रतिक्रिया दिनुहोस