कालिकोटका दुई स्थानीय तह अख्तियारको फन्दामा


कालिकोट ः स्थानीय तह गठन भएको एक वर्ष नहुँदै कालिकोटका दुई स्थानीय तह अख्तियारको फन्दामा परेका छन् । कालिकोट जिल्लाको नहरिनाथ गाउँपालिका र महावै गाउँपालिकाका कागज पत्र अख्तियारको कार्यलय सुर्खेतले जफत गरेको छ ।

स्थानीय तह गठन गरे यता स्थानीय तहमा विभिन्न विकासे वजेटमा अनियमितता गरेको भन्दै दुवै गाउपालिकाका कागज पत्र लगेर अनुसन्धान थालेको हो । कार्यविधि विपरित र मनोमानि ढंगवाट भएको भन्दै गाउपालिकाको फाईल अख्तियारले लगेको महावै गाउपालिकाका कार्यकारी नन्द्रप्रसाद देवकोटाले बताए ।

यस्तै नरहरीनाथ गाउँपालिकामा पनि कार्यलय व्यवस्थापमा अनियमितता भएको भन्दै अनुसन्धानको लागि अख्तियारको क्षेत्रिय कार्यालय खुर्सेतमा अनुसन्धानको लागि लगेको जनाइएको छ । महावै गाउपालिकाकाले भ्रमणको लागि भनेर ४० लाख वजेट छुटाएको थियो । यो वजेट सिकासे वजेटवाट भ्रमण छुटाइएको लेखापाल तिर्थवहादुर सिंहले बताए ।

तपाईको प्रतिक्रिया