थ्रिएटर निर्माणका लागि ‘प्रकाश’को च्यारीटी शो जुम्लामा हुदैँ

जुम्ला । जुम्ला पातारासी गाउँपालिकामा छायाँकन भएको नेपाली कथानक चलचित्र ‘प्रकाश’को च्यारीटी शो जुम्लामा हुने भएको छ । भदौ १० गतेबाट देशभर प्रर्दशन भईरहेको चलचित्र ‘प्रकाश’को च्यारिटी शो जुम्लामा हुन लागेको हो ।

आगामी भदौ २८ गतेबाट दिनमा तीन वटा शो लाग्ने भएको छ । व्यवस्थापक धनराज सुनारले भने,“भदौ २८ गतेबाट जुम्लामा चलचित्र ‘प्रकाश’को च्यारिटी शो संचालन गर्दै छौ । एक दिनका तीन वटा शो देखाईने छ । टिकट शुल्क ५ सय,३ सय र विद्यार्थीलाई भने २ सय लिईने छ ।” जुम्लामा चलत्रिच प्रदर्शनको सबै व्यवस्थापन जागौ कर्णाली जुम्लाले गर्ने छ ।

चलचित्र प्रर्दशनबाट उठेको रकमको केहि प्रतिशत जुुम्लामा नाटक घर (थ्रिएटर) निर्माणका लागि लगानी गरिने भएको छ । जुम्लामा थ्रिएटर नहुँदा कुनै पनि चलचित्र प्रदर्शन गर्नमा समस्यामा हुने गरेको छ । भने नाटकहरु प्रस्तुतीका समेत कठिनाई आएको छ ।

जुम्लामा नाटकघर निर्माणको मुख्य उदेश्य बोकेर प्रकाश चलचित्र प्रर्दशन गर्न लागिएको हो । प्रकाश चलचित्रका निर्देशक दिनेश राउतले भने,“जुम्लामा थ्रिएटर भएको भए कुनै पनि नयाँ चलचित्र हेर्नका लागि भौतारिनु पर्ने,युटुब कुर्नु पर्ने अबस्था हुदैन थियो । भविष्यमा अधिकांश चलचित्र जुम्लामै छायाँकन हुने निश्चित छ । तर फिल्म हल,थ्रिएटर नहुँदा समस्या छ । जुम्लामै थ्रिएटर निर्माणका लागि पनि जुम्लामा प्रकाश फिल्म प्रर्दशन गर्न लागिएको छ । यसमा सबै दर्शकहरुको उत्साहजनक सहभागिता हुने अपेक्षा छ ।”

झण्डै २ घण्टा समय अवधि रहेको उक्त ‘प्रकाश’ चलचित्र ४५ दिन लगाएरै गत वर्ष चैत र बैशाखको महिनामा जुम्लाको तिर्खु गाउँमा छायाँकन गरिएको थियो । चलचित्र प्रकाश प्रर्दशनमा नआउँदै ७५ प्रतिशत लगानी सुरक्षित भएको चलचित्र निर्माताको दाबी छ ।

जुम्लाको एक यूवाले शिक्षक बन्न गरेको संघर्ष,हुदाँ खाने र हुने खाने बीचको भेदभाव,जुम्ली भाषा साहित्य संस्कृती तथा रहन सहनको संरक्षण प्रर्बद्धनको विषयले चलचित्रले जोड दिएको लेकख विकास सुवेदीले बताए । उनका अनुसार जुम्लाको तिर्खु गाउँमा छायांकन भएको यो चलचित्रको सोही गाउँमा वल्र्ड प्रिमियर गरिएको हो ।

राज्यबाट शिक्षा स्वास्थ्य रोजगार विकास निर्माणबाट ओजेल परेको कर्णाली त्यसमा पनि सम्भावनायुक्त जुम्लालाई पर्दा मार्फत राज्यको मुल प्रवाहमा ल्याउन,बिम्बात्मक रुपमा नेपालको वास्तविकता झल्काउन चलचित्र प्रकाशले प्रयास गरेको छ । चलचित्रमा ६० प्रतिशत जुम्लाका स्थानीय कलाकारले अभिनय गरेका छन् ।

दिनेश राउतको निर्देशन रहेको चलचित्रमा प्रदीप खड्का, दीया मास्के, रेनु योगी, प्रकाश घिमिरेलगायत कलाकार मुख्य भूमिकामा छन् । भने,राजेश श्रेष्ठको छायांकन, जीवन थापाको सम्पादन, सुवास भुषाल, दीपक शर्मा, तारा प्रकाश लिम्बु र एलिस कार्कीको संगीत रहेको चलचित्रमा उत्तम न्यौपानेको साउण्ड डिजाइन र शैलेश श्रेष्ठको पाश्र्व संगीत छ । चलचित्रका निर्माता महेन्द्र अधिकारी हुन् । साथै जुम्लाका स्थानीय कलाकार गोविन्द सुनार,धनराज सुनार,पुर्ण प्रसाद चौलागाई,राजकली महत लगायतले चलचित्रमा अभिनय गरेका छन् ।

 

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस