विद्यालयका सूचना एकिकृत गर्न ‘आई.इ.एम.आइ.एस’सप्टवयर तालिम


जुम्ला । चिटिक्क भवन,सफा कक्षा कोठा,नियमित शिक्षक विद्यार्थी भएर मात्रै सामुदायिक विद्यालय नमुना बन्दैनन् । विद्यालय नमुना बन्नका लागि विद्यालयका हरेक गतिविधिको एकिकृत सूचना व्यवस्थापन जरुरी हुन्छ । अहिलेको समयमा मान्छे खाना भन्दा सूचना नपाएर मर्छ भन्ने कथन छ । यस अर्थमा पनि हरेक गतिविधिको चुस्त दुरुस्त र व्यवस्थित सूचना प्रणाली जरुरी छ ।

यसै क्रममा पछिल्लो समय प्रविधिको विकास संगै सरकारले सामुदायिक विद्यालयको सूचना प्रणालीलाई एकिकृत तथा व्यवस्थित गर्नका लागि ‘आई.इ.एम.आइ.एस’सप्टवयरको व्यवस्थापनलाई प्रभावकारी बनाउन जोड दिएको छ । उक्त सप्टवयरमा समयमै आबश्यक विवरण नभरेमा,सही तथ्यांक उल्लेख नगरेमा विद्यालयले पाउने विभिन्न अनुदान र सरकारी बजेटबाट समेत बन्चित हुने प्रावधान छ ।

त्यस्तैले ‘आई.इ.एम.आइ.एस’सप्टवयरको प्रभावकारी संचालनका लागि जुम्लामा किर्डाक नेपाल जुम्लाको आयोजनामा शनिवारदेखि दुई दिने तालिम शुरु भएको छ । उक्त तालिममा ‘आई.इ.एम.आइ.एस’सप्टवयरबारे प्रयोगात्मक कुरा बढी सिकाईने छ । जसका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक रामचन्द्र शर्मा सहितका दुई जना प्रशिक्षक जुम्ला आएका छन् ।

यस कार्यक्रम संग सम्बन्धीत किर्डाकको कार्यक्षेत्र सिंजा क्षेत्रका तीन पालिकामा मात्रै भएपनि ‘आई.इ.एम.आइ.एस’सप्टवयरको हालको आबश्यकता र महत्वलाइ मध्यनजर गरी आठै पालिकाको प्रतिनिधित्व हुने गरी तालिममा सहभागिता गराइएको छ ।

तालिमको उद्घाटन शत्रमा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख जनक थकालीले आजको समय सूचना र प्रविधिको समय भएकाले विद्यालयकोे रहेक गतिविधिलाई एकिकृत सूचना प्रणाली समाबेश गरी रहेक तथ्यांक चुस्त दुरुस्त राख्न तालिम फलदायी हुने बताए ।

जुम्लाका सामुदायिक विद्यालयको शैक्षिक स्थिती सुधारका लागि यस्ता तालिम कोशे ढुंगा सावित हुने उनको भनाई छ । कार्यक्रममा सामाजिक विकास कार्यालयका प्रमुख तुलाराज चौलागाई र चन्दननाथका शिक्षा शाखा प्रमुख खडानन्द चौलागाईले ‘आई.इ.एम.आइ.एस’सप्टवयर संचालनबारे धेरैसंग ज्ञान नहुँदा सहि समयमा सहि तथ्यांक सकलन तथा अलपलोठ नगर्दा विभिन्न सेवा सुविबाट विद्यालय बन्चित भईरहेको अबस्था यो तालिमलले विद्यालयको सूचना एकिकृत गर्ने विश्वास व्यक्त गरे ।

किर्डाक नेपाल जुम्लाका जिल्ला संयोजक पंकज बहादुर शाहीले विद्यालयको शैक्षिक,भौतिक तथा प्रशासनिक स्थिती सुधार गर्नुका साथै नीतिगत रुपमा काम गर्नका लागि पनि एकिकृत सूचना प्रणालीका ‘आई.इ.एम.आइ.एस’सप्टवयरको प्रभावकारी प्रयोग आबश्यक रहेको बताए ।

विव्यवस गठन प्रक्रिया देखि शिक्षकको तलब,विद्यालको आयव्यय,विद्यार्थी शिक्षकको संख्या जस्ता सबै तथ्यांकहरु समेत नियमित चेकजाँच रर अपलोड गर्नु पर्छ । विद्यालय सुधारका लागि ‘आई.इ.एम.आइ.एस’सप्टवयर अभिन्न अंगका रुपमा समेत रहेको छ । तालिमलाई व्यवहारमा लागु गरेको खण्डमा विद्यालय सुधारमा टेवा पुग्ने अपेक्षा छ ।

प्रतिक्रिया दिनुहोस