प्रारम्भिक बालविकास र अभिभावकको भुमिका ?

जुम्ला  । जन्मेदेखि २ वर्षको अवधिमा बालबालिकाको ८० प्रतिशत बौद्धिक विकास हुन्छ । त्यो समयमा बालबालिकाको शारिरिक,मानसिक,भाषिक र सम्बेगात्मक विकास हुनु पर्छ,जसलाइ प्रारम्भिक बाल विकास भनिन्छ । चेतनाको अभाव,शिक्षाको कमी,बालबच्चाको स्याहार सुसार भन्दा कामममा बढी ध्यानदिने बालीले नेपालका दुरदराज गाउँ ठाउँमा प्रारम्भिक बाल विकासको अबस्था दयनिय छ ।

भनिन्छ,“पहिलो शिक्षक बुबा आमा र पहिलो पाठशाला घर” । तर दुरदराजका नागरिकमा चेतना नभएर र सुगमका नागरिक शिक्षित भएर पनि बालबालिकाको प्रारम्भीक विकासमा ध्यान दिएको पाईदैन् । अझ बालबालिको रेखदेखमा बुबाहरुको भुमिका न्युन देखिन्छ । भने, घरभन्दा मेलापात देखि बालबच्चाको स्याहारसुसार गर्ने महिलाको ठेक्का जस्तै छ ।

प्रारम्भीक बालविकासका लागि सरकारले वर्षेनी अर्वौ बजेट खर्चिन्छ । त्यस्तै गैससहरुले पनि बाल संरक्षण,सिकाई बृद्धि,बौद्धिक विकास भाषागत विकासका लागि मोटो रकम लगानी गरेको पाईन्छ । तर स्थानीय सरकारले गैससका राम्रा कामको निरन्तरता नदिनु र अभिभावक शिक्षालाई जोड नदिँदा प्रारम्भीक बालविकासमा उल्लेखीय सुधार हुन सकेको छैन् ।

गाउँका अधिकांश बुबा आमा २ वर्ष सम्मका बच्चालाई घरमा छोडेर दिनभरी काम मात्रै गर्ने,बच्चालाई समय नदिने,रुने बित्तिकै मोबाईल दिने,सधै काम भनेर बच्चा संग समय नबिताउने समस्या छ । जसले गर्दा बालबालिकाहरुको सर्वागिण विकासमा बाधा पुग्छ ।

त्यसैले जन्मेदेखी २ वर्षका बालबालिकाको प्रारम्भीक बाल विकासका लागि अभिभावकलाई बढी जिम्मेवार बनाउन आबश्यक छ । विशेष गरी आमा बुबा, घरका अन्य परिवारले गर्भावस्थादेखि २ वर्षका बालबालिकाको शारिरिक,मानसिक,भाषिक तथा संबेगात्मक विकासका लागि समय दिन जरुरी छ ।

प्लान ईन्टरनेश्नलका प्रारम्भीक बाल विकास विज्ञ कमला राई भन्छिन,“सरकारले २०७७ देखि ०८८ सम्मको एक दशकलाई प्रारम्भीक बालविकास रणनीतिका रुपमा अघि बढाएको छ । उक्त रणनीति अनुसार २ बाल्यवस्थामै चाहाना प्रस्फुटन,निर्णय र नेतृत्व र सिकाई बृद्धिका सबालमा बालबालिकालाई चनाखो बनाउन अभिभावकको भुमिका महत्वपुर्ण हुन्छ ।”

उनका अनुसार प्लानको सहयोगमा सेडा नेपाल जुम्लाद्धारा संचालित ‘बालबालिकाको सपना परियोजना’ मार्फत जुम्ला र कालिकोटका ४ स्थानीय तहका २१ वडामा प्रारम्भीक बाल विकासका क्षेत्रमा काम गर्दै आएको छ ।

हाल सम्म ४ स्थानीयतका २१ वडाका झण्डै ८ हजार बढी २ वर्ष सम्मका बालबालिकाका प्रारम्भीक बालविकासको पहुँचमा पुगेको समेत विज्ञ राईको भनाई छ । प्लान नेपालका दिपा वली र सेडा नेपालका कार्यक्रम संयोजकले प्रेम सिंह ठकुरीले प्रारम्भीक बालविकासका लागि नमुना अभिभावकको कथा लेखन,चेतना विस्तार तथा छलफल पैरबीमा जोड दिनुपर्ने बताए ।

जुम्लामा विहिबार आयोजित प्रारम्भीक बालविकास सम्बन्धी सरोकारवाला संग छलफल कार्यक्रममा पत्रकार महासंघ जुम्लाका उपाध्यक्ष दिलमाया शाहीले दुर्गम गाँउका अभिभावकहरुलाई प्रारम्भीक बालविकासका बारेमा सिकाउनु पर्ने बताईन् ।

उनले भनिन,“जन्मेदेखी २ वर्ष सम्मको महत्वपुर्ण अवधिलाई अभिभावकले गम्भीर रुपमा बुझ्न र बुझाउन जरुरी छ । बच्चा भन्दा कामधन्दामा बढी ध्यान दिने ग्रामिण समुदायमा चेतना विस्तार जोड दिनुपर्छ ।”

प्रतिक्रिया दिनुहोस