पिएचडी होल्डर डा. रोकायाको उम्मेदवारी किन ?

जुम्ला ः साबिक कर्णालीका पहिलो पिएचडी होल्डर ईन्जिनियर डाक्टर कलबहादुर रोकायालाई नेकपा माओवादी केन्द्र जुम्लाले प्रतिनिधि सभाको प्रत्यक्ष उम्मेदवारका लागि सिफारिस गरेको छ । आगामी मंसिर ४ गते सम्पन्न हुने प्रतिनिधि सभा उम्मेदवार सिफारिस गरी प्रदेश कमिटीमा सिफारिस गरेको हो ।
हालै सम्पन्न माओवादी केन्द्रको जिल्ला समन्वय समितिको बैठकले प्रतिनिधि सभाको प्रत्यक्षतर्फ उम्मेदवारमा डा. कलबहादुर रोकाया सहित सांसद नरेश भण्डारी, पूर्वराज्य मन्त्री गोमागौतम र अर्थ मन्त्रीका प्रमुख सल्लाहकार मनऋषि धितालको नाम सिफारिस गरेको हो ।
चन्दननाथ नगरपालिका वडा नं ५ कार्की बाडामा जन्मनु भएका डा. रोकायाको राजनिति यात्रा कर्णालीका बिद्यार्थीहरुको हकहितका लागि संघर्ष गर्ने प्रतिबद्धतासहित २०३६ सालमा अनेरास्ववियू (छैठो) को सदस्यता लिएर सुरु गरेका हुन् ।
२०३६ सालमा अनेरास्ववियू (छैठो) को ठैबमा सम्पन्न सम्मेलनमा प्रतिनिधिको रुपमा भाग लिएको । नेपाल ईन्जीनियरिङ्ग कलेज पुल्चोकको अनेरास्ववियू. (छैठौ) समर्थित ईकाइमा कार्यसमितिको सदस्यको रुपमा सक्रियकार्यरत भएको, सोही सिलसिलामा धेरैचोटी जावलाखेल प्रहरी शिबिरमा थुनछेकमा परेका थिए ।
२०३६ साल देखि कर्णाली अंचलको सदरमुकाम जुम्लामा पहिलो पटक अनेरास्ववियू (छैठौ) को सदस्यता प्रवेश भएको र जुम्ला जिल्ला भरिका स्कुल, जुम्ला बहुमुखि क्याम्पसमा संगठन बिस्तार गर्नमा सक्रिय भुमिका निर्वाह गरिएको डा. रोकाया बताउन्छन् ।
डा. रोकाया २०३७ सालमा ने.क.पा. चौथो महाधिबेशनको पार्टि सदस्यता प्राप्त गरेको र पार्टिको उपनाम “शैली” राखिएको र सदस्यता निरन्तर हुनुका साथै २०४१÷०४२ तिर नेकपा चौथो महाधिबेशनको पार्टी फुट्दा मोहन बिक्रमसिहको नेकपा मशालमा आबद्ध भएका थिए ।
२०३९ सालमा ओभरसियर जागीरको सिलसिलामा तत्कालिन जिल्ला पंचायत समितिमा कार्यरत हुदा हुम्लामा अनेरास्वबियू (छैठौ) र नेकपा चौथौ महाधिबेशनको पार्टी संचालनमा सक्रिय भै हुम्ला जिल्लाका प्रत्येक गाउँ पंचायतमा अनेरास्ववियू (छैठौ) को संगठन बिस्तार पछि २०४२ सालको चुनावमा जनमोर्चाले संसदमा सदस्य जित्न सफल भएको थियो । हुम्लामा कार्यरत हुदा पञ्चहरुलाई विकासको रकम खान नदिदा हुम्लाका जिल्ला सभापतिले अराष्ट्रिय तत्वको आरोप लगाई अंचलाधिश जगदिश खड्का लगायतका अन्य पञ्चहरुले हुम्लामा जागीर खाएको ६ महिना नहुदै डोल्पा सरुवा, डोल्पामा ३ महिना नहुदै पञ्चहरुको राजनैतिक हस्तक्षेप लगायत अंचलाधिश कार्यालयबाट थुनछेकको वारेन्ट आउदा रातारात भागेर काठमाडौँ पुगेको साथै जिल्ला स्तरमा बिभिन्न आरोप तथा मुद्धा खेप्नु परेको थियो ।
२०४१÷२०४२ साल तिर स्थायी ओभरसियर भै स्थानिय मन्त्रालयमा नै बसी काम गर्ने सिलसिलामा पञ्चहरुबाट राजनैतिक हस्तक्षेप चर्को हुदा कि त पञ्चहरुसंँग आत्मसमर्पण भई बिलिन हुने यात देश छोडेर भाग्नु पर्ने अवस्था आयो । त्यो स्थिति आउदा देश छोडेर भाग्ने र स्थायी जागिर तिलाञ्जली दिने भन्ने निर्णय गरियो । यसै सिलसिलामा २०४२ सालको भाद्र तिर सोभियत संघ (रुस, युक्रेन) मा बि.ई.÷एम.ई (इन्जिनियरीङ्ग) अध्ययनका लागि प्रस्थान गरेको थियो । २०४२÷२०५० सालको अध्ययनको सिलसिलामा नेपाल सोभियत विद्यार्थी संघमा सक्रिय भई अनेरास्ववियू. (छैठौ) का साथीहरुलाई बिभिन्न कार्यकारीणी पदमा ल्याउन सफल र हाम्रो बर्चस्व सो अवधिमा सोभियत संघमा कायम राखियो । पढाईको सिलसिलामा नेपाल फर्कदा पार्टीका साथीहरुसंग छलफल र भेटघाट निरन्तर भई रहने गरेको थियो ।
२०५२ सालमा पार्टीको नीति अनुसार जनयूद्धमा जाने तयारी भएको बेला तत्कालिन प्रधानमन्त्री डा.बाबुराम भट्टराई, स्थायी समिति सदस्य पम्फा भुसाल र मेरो बिच छलफल हुदा यूरोपको कार्य गर्ने गरी पार्टीले जिम्मादिने भन्ने छलफल भयो । जिम्मेवारी प्राप्त भयो । तर संचारको समस्याले कार्यान्वयन गर्न गाह्रो भएको थियो । २०५९ सालमा पिएचडी. (ईन्जिनियरीङ्ग) सकेर नेपाल फर्कदा पार्टी जनयूद्धमा गएको वेला केही साथीहरुसंग सम्पर्क भइ रहन्थ्यो जिल्लामा सहयोगीको रुपमा भूमिका निर्वाह गरिन्थ्यो । २०६१÷२०६२ सालको जनआन्दोलनमा काठमाडौँमा सक्रियता पूर्वक आन्दोलन अगाडी बढाउन मेरो भुमिका पनि रहयो उनले भने । २०६२ सालबाट जुम्लामा कार्यरत र २०३७ सालको पार्टी सदस्यता नविकरण गरी नेकपा माओबादीको पार्टी सदस्यता लिएको र जिल्ला कार्य समितिको सल्लाहकारको रुपमा कार्यरत छन् । नेकपा माओबादीबाट २०६३ सालमा ऐ.ने.क.पामाओवादी पार्टी गठन हुँदा भेरी कर्णाली राज्य समितिमा सल्लाहकारको भुमिका निर्बाह गरेको र बिशेष गरेर जुम्ला जिल्लामा संगठन विस्तारको बढी जिम्मेवारी रहेको थियो । ऐ.ने.क.पा.माओबादी पार्टीबाट २०६८÷२०६९ सालतिर पार्टी फुट्दा ऐ.ने.क.पा.माओबादीमा श्रद्धय अध्यक्ष कमरेड प्रचण्डले नेतृत्व गरेको ऐ.ने.क.पा.माओबादीमा जुम्लाबाट केन्द्रिय सल्लाहकारको रुपमा मनोनित भई कार्य गरेको उनले बताए ।
ऐ.ने.क.पा.माओबादीबाट २०७० सालतिर ने.क.पा माओबादी केन्द्र पार्टी गठन हुदा केन्द्रिय सल्लाहकार र आयोजक समितिमा पनि मनोनित गरिएको थियो ।
हाल नेकपा माओबादी केन्द्रको केन्द्रीय सल्लाहकार साथै पार्टीको सहरी बिकास बिभागको उप–प्रमुखको रुपमा जिम्मेवारी बहन गर्दै आएको उनले बताए ।
राजनैतिक नियुक्ति
२०६४÷२०६७ सालमा ऐ.ने.क.पा. माओबादीको प्रतिनिधित्व गर्दै मन्त्रिपरिषद्को निर्णयले राष्ट्रिय योजना आयोगको माथिल्लो निकाय राष्ट्रिय बिकास परिषद्को सदस्यमा मनोनित भएको डा. रोकायाले बताए (३ बर्ष अवधि) । यसै सिलसिलामा २०६४ सालमानाग्मा–सिजा–गमगढी–नाग्चालाग्ना सडकको लागि पहल गरेको र सो सडकको शिलान्यास तत्कालीन रा.यो.आ.कामा.उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेल, मा. सदस्य भिम न्यौपाने र डा. रोकायाले संयुक्त रुपमा गरेको बताए ।
२०६८ साल कार्तिक वाट ऐ.ने.क.पा माओबादीको प्रतिनिधित्व गर्दै गरीबी निवारण कोषको संचालक समितिको सदस्यमा मन्त्रि परिषदको निर्णयले ४ बर्षका लागि मनोनित गरिएको थियो । उनले भने ४ बर्ष कार्यसम्पादन गरेको थिए । २०६९ मंसिर १९ गतेको मन्त्रिपरिषदको निर्णयले ऐ.ने.क.पा.माओबादीको प्रतिनिधित्व गर्दै कर्णाली बिकास आयोगको अध्यक्षमा मनोनित गरिएको थियो ।
सो पदमा रहदा १० वर्षे कर्णाली विकास योजना, दैलेखबाट जुम्लासम्म कर्णाली राजमार्गको सडक पिचलगायत’ कर्णालीसंग सम्बन्धित सरकारी कार्यालयको बजेट व्यवस्थित गर्नका अनलाईन सफटवेयर बिकास लगायत कर्णालीसंग सडक संजालमा छिमेकी मुलुक चिनसंग जोडिएका उतरी नाकासम्म सडक संजाल जोड्न विशेष पहल गरिएको थियो ।
कर्णाली विकास आयोगको अध्यक्षको पदावधि समय ३ वर्षको भएता पनि तत्कालिन प्रधानमन्त्री सुशिल कोईरालाको सरकारले २ बर्ष ३ महिना मात्र काम गर्ने अवसर प्राप्त भयो । तत्कालिन प्रधानमन्त्री सुशिल कोईरालाको सरकारले कर्णाली विकास आयोगलाई राष्ट्रिय योजना आयोगमा २०७२ साल बैशाखमा समाहित गरि राष्ट्रिय योजना आयोगको सदस्य अध्यक्ष हुने गरी कर्णाली बिकास आयोगको अधिकार खोसिएको थियो ।
सामाजिक योगदान
समुदायस्तरको बिकास नभई गरीब, बिपन्न, पिछडीएको बर्गको बिकास र समृद्धि ल्याउन सकिदैन डा. रोकायाले भने । युरोपको सुबिधा सम्पन्न ठाउलाई छोडेर कर्णालीलाई पनि युरोप बनाउन सकिन्छ भन्ने ध्येयका साथ २०६२ साल देखि गैर सरकारी क्षेत्र कास्डा जुम्लामा स्थापना गरिएको हो ।
गरीब जनताको घरदैलोमा पुगी उनीहरुको जीबनस्तर सुधार गर्नका लागि आयआर्जन तर्फ एक घर एक स्वरोजगार कार्यक्रम, पुर्बाधार तर्फ एक घर एक धारा खानेपानी, बत्ति, सिचाई पु¥याएको उनले बताए । उनले भने दलित बस्तिमा सोलार, सुधारीएको चुलो, कृषि उत्पादन, बजारीकरण लगायतका कार्यक्रमहरु संचालन गरी प्रत्यक्ष समुदायको आयमा बृद्धिमा टेवा पुग्ने काम गरियो ।
गरीबी घटाई स्वरोजगार संगसंगै रोजगारी सृजना गराई हजारौ जुम्लाबासी बिशेष गरेर दलित, जनजाती र महिलाहरुलाई टेवा पुगेको डा. रोकायाको भनाई छ । जुम्लाको बिकट बस्ति डोल्पाको सिमाना नजिक चोत्रमा बत्ति बलेको छ । उनले भने २०६९ सालमा गरीबी न्युनिकरण तथा रोजगारी सृजनाको क्षेत्रमा उत्कृष्ट कार्य गरेको वापत २० औ जिल्ला परिषद जुम्लाले सम्मान प्राप्त पनि भयो ।
उम्मेदवारी किन रु
१. संघिय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्नका लागि पहल गर्ने ।
२. जुम्लाको बिकास÷समृद्धिको लागी पहल गर्ने ।
ड्ड सडक यातायात (उत्तर दक्षिण राजमार्ग, अन्तर जिल्ला स्तरीय, जिल्ला भित्र)
ड्ड बिद्युतिकरण÷संचार क्षेत्रलाई ब्यबस्थीत गर्ने
ड्ड औधोगीकरण (साना, मझौला उद्योगलाई प्रोत्साहन दिने)
ड्ड बजारीकरण (स्थानीय, क्षेत्रिय र राष्ट्रिय बजारलाई जोडने)
३. युबाहरुलाई स्वरोजगार र रोजगारी स्थापनामा जोड दिने ।
ड्ड आयआर्जन क्षेत्रमा – ब्याबसायीकरण गर्ने गराउने
ड्ड क्षमता बिकास÷शिपमुलक तालिमको ब्यबस्थापन गर्ने गराउने
४. शहिद परीबार, घाईते, अंपागहरुको ब्यबस्थापनमा जोड दिने
५. बिशेष अधिकार सहितको कर्णाली प्रदेशको स्थापना र सो को केन्द्र स्थल जुम्ला स्थापनाको लागि जोड दिने ।

प्रतिक्रिया दिनुहोस