दुर्त गतीमा तातोपानीःअसोजमै योजना सम्झौता र बैशाखमा भुक्तानी सक्ने लक्ष्य


जुम्ला । चैत बैशाखमा योजना सम्झौता गर्ने र जेठ असारमा भ्याइनभ्याइ विकास निर्माणका काम गर्ने नेपालमा तीथिनै बसेको छ । पहिलो र दोस्रो चौमासिकमा सिन्को नभाचेर असारे विकासलाई बढवा दिन प्रदेशदेखी स्थानीय सरकार उद्दत देखिन्छ ।

समयमै योजना सम्झौता, योजना सर्बे,पूर्व अनुमगन तथा मुल्यांकन त परै जावस हचुवाका भरमा योजना निर्माण गर्ने प्रबृत्ति छ । जसका कारण पुजीँगत बजेट फ्रिज जाने,काम गरेर पनि भुक्तानी नपाउने,गुणस्तरीय विकास नहुने समस्या छ ।

तर यहाँको तातोपानी गाउँपालिकाले कर्णालीकै नमुना पालिकाका रुपमा पहिलो चौमासिकमै योजना,सर्वे अनुगमन,मुल्यांकन तथा सम्झौता गरी सक्ने लक्ष्यका साथ रफ्तारमा काम गरिरहेको छ । जस अन्तरर्गत दुर्गम क्षेत्र तातोपानी ७ र ८ का बस्ती बस्तीमा योजना सम्झौताका लागि प्राविधिक टोली खटाइएको छ ।

तातोपानीका प्रमुख प्रशासकिय अधिकृत मिलन बुढ्थापा भन्छन,“उपभोक्ता पालिकामा आएर योजना सम्झौता गर्न लाग्ने खर्च पनि बच्ने,स्थानीयलाइ राहत होस् भनेर भेरीखोला क्षेत्रका गाउँमै पुगेर योजना सम्झौता थालिएको हो । पालिकाका ८ वटै वडाका सबै योजना सम्झौता असोज भित्रै सक्ने गरी काम भईरहेको छ ।”

शनिवारका दिन समेत प्रमुख प्रशासकिय अधिकृत सहित प्राविधिक,योजना फाँटका कर्मचारीरु कार्यालयमा बसेर योजना सम्झौता काम गरिरहेका छन् । शनिवार सम्मको विवरण अनुसार २ नम्बर वडाका ९ योजना ३ नम्बर वडाका ११ योजना,८ नम्बर वडाका १९ योजना र ७ नम्बर वडाका ९ योजना सम्झौता भईसकेका छन् ।

त्यस्तै, १ नम्बर वडाका ९ वटा योजना शनिवारनै सम्झौता भईरहेको प्रमुख प्रशासकिय अधिकृत बुढ्थापाले जानकारी दिए । उनका अनुसार बाँकी वडा नंं.४,५ र ६ का योजना समेत अबको तीन दिनमा सम्झौता सक्ने गरी काम भईरहेको छ । गाउँ गाउँमा पुगेको प्राविधिक टोली र कार्यालयलमा हाकिम सहितका जनशक्तिले दिनरात शनिवार सम्म नभनी योजना सम्झौता गरिरहेका छन् । यदपी, सबै योजनाको सर्वे,मुल्यांकन समेत भईसकेको छ ।

बजेट सुत्रमा इन्ट्री र निकासा लिने पनि तातोपानी पहिलो पालिका बनेको छ । प्रमुख गत आ.व.का म्याद थप भएका योजनाहरुको १ करोड भन्दा बढी भुक्तानी दिईएको छ । दशै लगत्तै दोस्रो चौमासिक काम धमाधम संचालन गरिने छ । भदौ महिनामै तातोपानीका ८ वटै वडामा उपोक्ता समिति गठन भईसकेका छन् ।

कार्यसम्पादन सम्झौताको कार्यान्वयन
कार्यसम्पादन सम्झौता बमोजिम कर्मचारीहरुको सक्रियताले असारे विकास अन्त्य गर्ने ढिलोमा बैशाखमा भुक्तानी दिएर सकाउने लक्ष्यका साथ तातोपानीमा योजना,सर्वे,मुल्यांकन र सम्झौता धमाधम भईरहेको तातोपानीका अध्यक्ष नन्दप्रसाद चौलागाँईले बताए ।

उनले भने,“पहिलो चौमासिकमै सम्झौता सर्वे,मुल्याकंन सकिएपछि ढिलोमा चैत सम्म सबै योजना निर्माण हुने छन् । गुणस्तर मापनका लागि प्रयाप्त समय हुने र पुजीगत खर्च पनि शत प्रतिशत हुने छ । भने समग्रमा असारे विकासको अन्त्य हुने आशा छ । त्यसका खटिने कर्मचारी,व्यवस्थापन र उर्जा थप्ने हाकिम धन्यबादका पात्र हुन् ।”

विकास निर्माण र सेवा प्रवाहमा जिल्लाकै नमुना पालिका बन्ने अटोठका साथ कर्मचारी र जनप्रतिनिधिको सहकार्यमा तातोपानीले पृथक कामहरु ग्रिरहेको छ । जुन कामहरु अन्य पालिकाले अनुसरण गर्न योग्य छन् । तर जुम्लाका अन्य पालिकामा भने अहिले सम्म योजना सम्झौता भन्दा पनि सर्वे,मुल्यांकन उपभोक्ता समिति गठन सम्मको सुरसार भएको छैन् ।

प्रतिक्रिया दिनुहोस