जडिबुटिको दिगो उपयोग र संरक्षणबारे विद्यार्थीलाई सचेतना

जुम्ला । जीविकोपार्जन र मुख्य आम्दानीको स्रोतको रुपमा रहेको जडिबुटिको दिगो उपयोग र संरक्षणबारे नागरिक तहमा अझै चेतनाको कमी देखिन्छ । जसका कारण जडिबुटिको संरक्षण तथा उपयोगमा नागरिकको ध्यान गएको पाईदैन् । नागरिकको चेतनाबृद्धि बिना बहुमुल्य जडिबुटि संरक्षण सम्भव पनि छैन् ।

त्यसैले वनस्पती अनुसन्धान केन्द्र जुम्लाले जडिबुटिको दिगो उपयोग र संरक्षणका लागि सचेतना कार्यक्रममा जोड दिदै आएको छ । वनस्पति विभाग अन्तरर्गत २०५६ सालमा जुम्लामा स्थापना भएको वनस्पती अनुसन्धान केन्द्र जुम्लाले विभिन्न वनस्पतिको पहिचान,संरक्षण,अध्यायन अनुसन्धान र दिगो सदुपयोगका क्षेत्रमा उल्लेखीय काम गर्दै आएको अनुसन्धान केन्द्रका निमित्त कार्यालय प्रमुख तेज बहादुर दर्जी बताउँछन् ।

उनले भने,“जडिबुटिको भण्डार मानिने कर्णालीमा जडिबुटिको संरक्षण र उपयोगबारे सचेतना अभिबृद्धि बढी भन्दा बढी आबश्यक छ । तर यसमा चासो दिएको पाईदैन् । जथाभावी उत्खनन गर्ने प्रबृत्तिले भविष्यमा समस्या हुन सक्छ । त्यसैले जटिबुटिको संरक्षणका लागि विद्यालय स्तरदेखि सचेतना अभिबृद्धिको कार्यक्रम गर्दै आएका छौ ।”
जस अन्तर्गत गएको शुक्रबार असोज ७ गते वनस्पति अनुसन्धान केन्द्र जुम्लाको आयोजनामा चन्दननाथ नगरपालिका ९ स्थित ज्ञानकुन्ज माविमा जडिबुटि उपयोग र संरक्षणबारे सचेतना कार्यक्रम गरिएको छ ।

कार्यक्रममा विद्यार्थीहरुहरुसंग जडिबुटिको उपयोग,संरक्षण,नेपालका पाईने जडिबुटिको परिचय,जडिबुटिमा जलवायु परिवर्तनले पारेको असर, जिल्लामा भएको असल जडिबुटि खेती, भण्डार र अभ्यास र जडिबुटि संरक्षणमा विद्यार्थीको भुमिकाबारे छलफल गरिएको निमित्त प्रमुख दर्जीले जानकारी दिए । उनका अनुसार कार्यक्रममा कक्षा ९ र १० का विद्यार्थी र शिक्षक गरी ३५ जना सहभागि रहेका थिए ।

ज्ञानकुन्ज माविका प्रधानाध्यापक चन्द्र प्रसाद हमालले विद्यालय स्तरमा जडिबुटिबारे शिक्षा प्रदान गरेमा वनस्पति अनुसन्धान केन्द्रलाई धन्यबाद दिए । विद्यालय हुदैँ समुदायमा पनि जडिबुटिको संरक्षणबारे सचेतना दिनु पर्ने उनको भनाई छ ।

प्रतिक्रिया दिनुहोस