कारागारका कैदीवन्दीलाई खेलकुद सामग्री

जुम्ला ः जिल्ला खेलकुद विकास समिति जुम्लाका भलिवल प्रशिक्षक तथा नेपाल पत्रकार महासंघ शाखा जुम्लाका पूर्व अध्यक्ष बरमबहादुर महतले कारागारको कैदीवन्दीलाई खेलकुद सामग्री प्रदान गरेका छन् । प्रशिक्षक महतले नेपालीको महान चाड दसैंको शुभ उपलक्ष्यमा व्यक्तिगत रुपमा खेलकुदका सामग्री एक वटा भलिवल, एक सिटि र एक वटा बलमा हावा भर्ने फुटपम प्रदान गरेका हुन् ।
प्रशिक्षक महतले भने जुम्ला कारागारमा रहेका खेलाडी कैदीवन्दी छन् । उनीहरुलाई मैले नै प्रशिक्षण गरेको हुँ । उनीहरु अहिले विभिन्न कारणले कारागारमा छन् । कारागारभित्र रहदा पनि उनीहरुले भलिबल खेल्ने सहज होस भनेर खेलकुदका सामग्री प्रदान गरिएको हो ।
नेपालको प्रचलित कानुन अनुसार विभिन्न मुद्दामा पुर्वपक्ष र सजाय पाएर कैद भुक्तान गरिरहेका सय भन्दा बढी साथीहरू माँझ भेटेर प्रत्यक्ष बिजया दशमी, तिहार, छठ पर्वको उपलक्ष्यमा शुभकामना आदान प्रदान भएको प्रशिक्षक महतले बताए ।
उनले भने कारागार हामी सबैको साझा घर हो । कारागारमा शौचालय समस्या रहेको बुझिन आएको छ । हप्ता हप्ताको शौचालयको सेप्टि ट्यांकी भित्र पसेर सफा गर्नुपर्ने अवस्था छ । बिजुली बत्ती र सोलारका तारहरु यत्रतत्र छरप्रष्ट भएका छन् । विजुली नियमित छैन । धेरै पुराना भएका सोलारले उज्यालो दिने गरेको छैनन् । बेला बेलामा अध्यारोमा बस्न अवस्था रहेको कैदीवन्दीले गुनासो गरेको उनले बताए ।
कारागारका कैदीवन्दीलाई खेलकुद सामग्री प्राप्त भएको जेलर बिष्णुबहादुर महतले बताए । उनले भने यसले कैन्दीवन्दीलाई खेलकुदमा सक्रिय हुन र वन्दी जीवन विताउन पनि सहज भएको छ । कारागारमा शौचालय विजलीका समस्या छन् । यसका लागि सरोकारवाला निकायलाई समस्या समाधानका लागि पहल भएको छ ।

प्रतिक्रिया दिनुहोस