क्रियाशिल पत्रकार सागर परियार पुरुस्कृत

जुम्ला ः नेपाल पत्रकार महासंघ शाखा जुम्लाका सहसचिव तथा जुम्लामा प्रकाशति कर्णाली पोष्ट दैनिक पत्रिकाका कार्यकारी सम्पादक सागर परियार पुरुष्कृत भएका छन् । लामो समयदेखि जुम्ली पत्रकारिता क्षेत्रमा क्रियाशिल पत्रकार परियार स्वर्गिय दिपबहादुर स्मृति पत्रकारिता पुरुस्कारबाट पुरुष्कृत भएका हुन् ।
कारोवार राष्ट्यि दैनिक तथा रेडियो नेपालका रिपोटर परिवारलाई स्व दिपबहादुर स्मृति प्रतिष्ठान जुम्लाले सम्मान पत्रसहित १० हजार रुपियाको चेक हस्तान्तरण गरी सम्मान गरेको हो ।
सम्मानित पत्रकार परियारले यस्ता किसिमका पुरुस्कार तथा सम्मानले पत्रकारितामा थप उर्जा थपिने र क्रियाशिलतामा निखार आएने विश्वास व्यक्ति गरे ।
स्वर्गिय दिपबहादुर स्मृति पत्रकारिता पुरस्कार तथा सम्मानले पत्रकारिता क्षेत्रमा काम गर्ने साथीहरुलाई उर्जा थपेको नेपाल पत्रकार महासंघ शाखा जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बताए । उनले भने महासंघले पनि यस्ता किसिमका काम गर्ने जमर्काे गरेको छ । यसका लागि महासंघमा पुरस्कार कोष खडा गर्ने र साधारणसभा र महासंघको विशेष कार्यक्रममा पत्रकारलाई पुरस्कार वितरण गर्ने छ ।
जिल्ला समन्वय समिति जुम्लाका प्रमुख गौरीनन्द आचार्य, तातोपानी गाउँपालिका प्रमुख नन्दप्रसाद चौलागाई, हिमा गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीलगायत जनप्रतिनिधिहरुले जुम्ली पत्रकारिता फराकिलो हुदै गएकोमा खुशि व्यक्ति गरेका छन् । उनीहरुले सत्य तथ्य समाचार प्रकाशन गरी समाजमा उजागर गर्न जोड दिएका छन् ।
जुम्ला दर्पण कटकमका प्रकाशक बरमराज कामीले हरेक वर्ष स्वर्गिय दिपबहादुर स्मृति पुरस्कार जुम्लाका क्रियाशिल पत्रकारलाई प्रदान गरिने बताए । यसैबीच जुम्ला दर्पण डटकप डिजिटल मिडियो औपचारिक रुपमा सुचारु भएको जनाएका छन् ।

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस