कारागारका कैदीवन्दीलाई दसैं मनाउन खसी प्रदान


जुम्ला ः हिमा गाउँपालिका जुम्लाले कारागारका कैदीवन्दीलाई दसै मनाउनका लागि खसी उपहार दिएका छन् । असोज १६ गते विहान फुलपातीका दिन गाउँपालिका अध्यक्ष लक्ष्मण शाहीले दसैं मनाउन खसी उपहार दिएका हुन् ।
विभिन्न कारणले कारागारमा बन्दी जीवन विताई रहेका दाजुभाई दिदिबहिनीहरुलाई नेपालीहरुको महान चाँड दसैं मनाउन सहज होस भन्ने उद्देश्यका साथ खेलकुदका (व्याडमेन्टन) सामग्री र खसी उपलव्ध गरिएको अध्यक्ष शाहीले बताए ।
कारागारका कैदीवन्दीले गाउँपालिका अध्यक्ष शाहीलाई धन्यवाद ज्ञापन गरेका छन् । कारागारमा महिला ८० जना र पुरुष १२० जना गरी दुई सय जना क्षमताको हो । यो कारागारको क्षमता भन्दा कम कैदीवन्दी छन् । ३ जना महिलासहित १०८ जना कैदीवन्दी रहेका छन् ।

 

 

प्रकाशित मिति : २०२६ पुष १७ गते बिहिवार
प्रतिक्रिया दिनुहोस